प्रदेश
बिर्तामोडमा हात्ती गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु
४ असार । झापाको बिर्तामोडमा हात्ती गाडीले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । ठक्करबाट मोरङको रतुवामाई नगरपालिका ८ बस्ने ७० वर्षीय टङ्कमाया सुवेदीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी सुवेदीलाई उपचारको लागि बिएण्डसी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
माइखोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबाली नष्ट
४ असार, झापा । अविरल वर्षाका कारण झापाको माइखोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबालीलाई नष्ट भएको छ। बाढीले झापा गाउँपालिका–२ सुगाबथान टोल नजिकै करिब ५० बिघामा लगाएको मकैखेतीलाई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । त्यस्तै, गएराति झापा–३ गौरीगाउँस्थित धनप्रसाद पौडेलको दुई बिघा खेतको परालमा वर्षासँगै परेको चट्याङ लागेर आगलागी भएको छ। उक्त आगलागी शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाको बारुणयन्त्र..
चुलाचुलीमोडमा टिप्पर र बस जुध्दा २० जना घाइते
४ असार । झापाको कमल गाउँपालिका चुलाचुलीमोडस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान सडक दुर्घटना हुँदा २० जना घाइते भएका छन्। आज बिहान ०७ः१५ बजे राजमार्गका टिप्पर र यात्रुबहाक बस आपसमा ठोक्किँदा बसमा रहेका २० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा. ३ ख २१६६ नम्बरको टिप्पर र पूर्वतर्फ जाँदै गरेको को. १ ख ५०८७ नम्बरको बस एकआपसमा ठोक्किएका थिए । बस चालक उदयपुर..
चट्याङले अचेत भएका इलामका युवाको मृत्यु
३ असार । इलामममा सोमबार बिहान परेको चट्याङले बेहोस भएका एक युवाको मृत्यु भएको छ । चट्याङ पर्दा बेहोस भएर ढलेका इलाम नगरपालिका-९ भञ्झ्याङका ३६ वर्षीय सुनिल गोलेको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । बेहोस भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको उपरीक्षक ढकालले बताए ।
नदी धमिलिने बित्तिकै मेलम्ची बन्द
३ असार, काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो । समितिले गत जेठ ३१ गते आयोजना बन्द गर्ने तयारी गरेको थियो । बागमती प्रदेशमा मनसुन सक्रिय हुन समय लाग्ने भएपछि खानेपानी वितरणलाई निरन्तरता दिइएको थियो । जल..
मेयर बालेन ब्राजिल प्रस्थान
३ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन्। असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २ः१५ बजेको उडानबाट उहाँ ब्राजिल प्रस्थान गरेका हुन् । बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्किने कार्यक्रममा छन् । मेयरका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन् ।..
शिबसताक्षी–१ धरमपुरस्थित मिनी पार्क निर्माण गर्न स्थानीयवासी जुटे
३ असार । शिबसताक्षी–१ धरमपुरस्थित हाइवे (लोकमार्ग) उत्तरतर्फ धरमपुर सार्वजनिक सौचालयको क्षेत्रलाई मिनी पार्क बनाउन स्थानीयवासीहरु सक्रियता देखाएका छन्। बैदेशिक रोजगारीमा रहेका धरमपुरका युवाहरुले बिदेशबाटै आर्थिक सहयोग जुटाएपछि धरमपुरमा सार्वजनिक सौचालय निर्माण भएको हो । धरमपुर घर भएर रोजगारको शिलशिलामा विभिन्न मुलुकहरुमा कार्यरत युवाहरुले सहयोग संङ्कलन गरेर निर्माणकार्य सम्पन्न भएको सौचालय हाल सञ्चालनमा आइसकेको छ । महिला तथा पुरुषहरुसहित अपाङ्गमैत्री सो सौचालयसहित भलिबल कोर्टसहित पार्क निर्माणमा यहाँका जनप्रतिनिधिहरु, स्थानीयवासीहरु, बजारका..
ताप्लेजुङमा बाढी पहिरोबाट दर्जनौँ परिवार विस्थापित
२ असार । निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् । गत बुधबार यता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् । गएराति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताए । प्रहरीका अनुसार शनिबार पहिरो जाँदा मिक्वाखोला–५ पापुङमा तीन परिवार विस्थापित भएका छन् ।..
कोशी प्रदेशको बजेट ३५ अर्ब २७ करोड
२ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा आज उक्त बजेट प्रस्तुत गरेका हुन् । जसमा चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख र पूँजीगत तर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापनबाट २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ५८ करोड ५० लाख विनियोजन..
कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने
२ असार । झापाको कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने भएको छ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ का ल्याएको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि २ करोड बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले जानकारी दिएका छन् । कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीय स्तरबाट माग उठ्दै आएको थियो । २०६७ सालमा स्थापना भएको सो घाटमा हालसम्ममा पाँचवटा..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७