प्रदेश
विपद् न्यूनीकरण प्राधिकरण भन्छः ताप्लेजुङका २५ घर उच्च जोखिममा, २५ पूर्ण क्षति
१२ असार, ताप्लेजुङ । मनसुनको सुरुआतमै आएको बाढीपहिरोमा परी ठूलो क्षति व्यहोरेको ताप्लेजुङको विपद् असरबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रिपोर्ट सार्वजनिक गरेको छ । प्राधिकरणले असार १० गते तयार पारेको उक्त रिपोर्ट अनुसार ताप्लेजुङमा अझै पनि २५ घर उच्च जोखिममा र ७१ घर जोखिममा छन् । रिपोर्टका अनुसार ताप्लेजुङले जेठ २२ गतेबाटै विभिन्न वर्षाजन्य विपद् व्यहोर्न सुरु गरेको थियो । मनसुनको सुरुआतमै ताप्लेजुङमा बाढीपहिरोबाट ५ जनाले ज्यान..
विराटनगर जलमग्नः ६ सय भन्दा धेरै घर डुवानमा
१२ असार, विराटनगर । लगातारको वर्षाका कारण विराटनगर जलमग्न भएको छ । मङ्गलवार बिहानदेखि विराटनगरमा पानी परिरहेको छ । मंगलबार दिउँसो विराटनगरमा पानी रहे पनि रातीबाट लगातार पानी परिरहेको छ । पानीका कारण विराटनगरका विभिन्न टोल डुबेको छ । पानीको निकास थुनिएका कारण धरान विराटनगर सडक खण्डको ढाटमा सडकबाटै पानी बगेको छ । आयल निगम क्षेत्र डुबानमा छ । विराटनगरको रानी क्षेत्रमा पनि घरहरू डुबेका छन् । जिल्ला प्रहरी कार्यालयका..
कोशी प्रदेश सरकार विरुद्धको केदार कार्कीको रिट खारेज
११ असार, काठमाण्डौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरेको छ । मङ्गलवार सर्वाेच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित तीन सदस्यीय पूर्ण इजलासले निवर्तमान कार्कीले दायर गरेको रिट खारेज गरेको हो । रिट खारेज गरेसँगै हिक्मत कार्की नेतृत्वको सरकारले निरनरता पाएको छ । संविधानको धारा १६८ उपधारा ५ बमोजिम नै यसअघि मुख्यमन्त्री बनेका केदार..
गण्डकी सरकारले ल्याएको बजेट नसच्याए आगो लगाईदिने एमाले सांसदको चेतावनी
११ असार, कास्की । गण्डकी प्रदेश सभाका नेकपा एमालेका सांसद कृष्ण पाठकले प्रदेश सरकारले ल्याएको बजेट नसच्याए आगो लगाईदिने चेतावनी दिएका छन् । आज बसेको प्रदेश सभाको बैठकमा बोल्दै उनले प्रदेश सरकारले बजेट नसच्याए बजेट पुस्तिा च्यात्नेमात्र नभई आगो लगाईदिने धम्की दिएका छन् । ‘वार्षिक विकास कार्यक्रम सुधारिएन भने मन्त्रालयगत छलफलमा वार्षिक विकास कार्यक्रम च्यात्नेमात्र होइन, धुजा धुजा पार्ने हो । धुजा धुजामात्र पार्ने होइन, त्यसमा आगो लगाउने हो’, पाठकले..
मेलम्ची नदीमा आएको बाढीले अस्थायी पुल बगायो
file photo. १० असार, मेलम्ची । गए रातिको वर्षापछि मेलम्ची नदीमा आएको बाढीले अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११, फट्टेस्थित अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । ०७८ को बाढीले पुल बगाएपछि उक्त स्थानमा ह्युमपाइप राखिएको थियो । अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाका वडा नम्बर–७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर–१ र २ र हेलम्बुको केही वडालाई उक्त..
इलाममा मात्र खानेपानी योजनामा प्रदेश सरकारको ११ करोड लगानी
१० असार, इलाम । इलामको माङसेबुङ गाउँपालिका–६ की कमलकुमारी राईले एक ग्रागी पानी भर्न घण्टौँ कुर्नु पथ्र्याे । उनले मात्रै होइन, माङसेबुङ गाउँपालिका–६ का बासिन्दाले वर्षाैदेखि खानेपानीको समस्या भोग्दै आएका थिए । अहिले भने खानेपानीको समस्या छैन । प्रदेश सरकारको लगानीमा माङसेबुङ बृहत खानेपानी आयोजना निर्माण भएपछि आफूहरु उत्साहित भएको कमलकुमारी राईले बताइन् । फाकफोकथुम गाउँपालिका–७ एकतप्पाका सुमन दियाली वर्षायाममा बाढी आउँदा धमिलो पानी पिउन बाध्य हुनुपरेको तीतो विगत सम्झन..
कोशी प्रदेश सरकार विरुद्धको मुद्धा हेर्दाहेर्दैमा
९ असार, काठमाण्डौँ । कोशी प्रदेश सरकारविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट हेर्दाहेर्दैमा राखिएको छ । जेठ ३१ मा सर्वाेच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दामा राखेर आइतबार सुनुवाइ भएको थियो । बहस नसकिएपछि पूर्ण इजलासले आइतबार पनि हेर्दाहेर्दैमा राखेको हो । अब अर्काे सुनुवाइ सोमबार नै छ । आइतबारको बहसमा निवेदक केदार कार्कीको तर्फबाट एक जनाले बहस गरेका थिए..
जनता समाजवादी पार्टीले फिर्ता लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन
९ असार , काठमाण्डौँ । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लुम्बिनी प्रदेश सरकारमा तीन जना सांसद रहेको जसपाभित्र दुई जना अशोक राईतिर र समानुपातिक सांसद अम्बिका काफ्ले यादवतिर गएका छन् । जसपा, नेपालले लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता दलको प्रमुख सचेतक रहेकी काफ्लेले लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा सरकारलाई दिएको समर्थन फिर्ता लिएकी हुन् । जेठ ५ गते पार्टीको लुम्बिनी प्रदेशको..
उच्च मूल्यबाट घट्यो डलर, यस्तो छ बिदेशी मुद्राको भाउ l
९ असार, । शुक्रबार हालसम्मकै उच्च मूल्य बनाएको अमेरिकी डलर घटेको छ । शुक्रबारको तुलनामा एक अमेरिकी डलरको मूल्य १९ पैसा घटेको हो । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ९६ पैसा तोकेको छ । यसअघि शुक्रबार यो मूल्य हालसम्मकै उच्च १३४ रुपैयाँ १५ पैसा थियो । त्यस्तै खरिददर मूल्य १३३ रुपैयाँ ३६ पैसा तोकिएको छ । आइतबार कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ..
झापा कचनकवलमा आँपको विषयमा कुटाकुट हुँदा सात घाइते।
झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवल गाउँपालिकामा ऐलानी जग्गामा रहेको आँपको रुखको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट भएको छ । शनिबार बेलुका कचनकवल गाउँपालिका–४खुट्टामुनी जंगलटोलका मुस्ताक मियाले ऐलानी जग्गाको आँपको रुख सम्बन्धी विषयलाई लिएर सोही स्थानका महेदिन मियासँग झगडा र कुटपिट गर्दा दुई पक्षका सातजना घाइते भएका छन् कुटाकुटबाट एउटा पक्षको कचनकवल–४ का ४१ वर्षीय मुस्ताक मिया, २५ वर्षीय समसेर मिया र अर्को पक्षको सोही स्थानका २२ वर्षीय मोहम्मद सेर, ३०..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७