प्रदेश
बर्षाको कारण पुलमा क्षेती
२ असार । शनिबार राती देखी परेको अबिरल बर्षाको कारण झापाको भद्रपुर नगरपालीका वडा नं. स्थित १ लाहुरे चौक नजिक रहेको राजपैनी खोलामा रहेको कल्वर्ड पुलमा क्षती पुगेको छ । पानीले क्षती पुर्याएपछि अहिले पुल नै जोखिम अवस्थामा रहेको छ । मेची राजमार्ग सडक खण्डमा भद्रपुरदेखी बनियानी केचना आवतजावत गर्ने सवारी साधनहरु अवरुद्ध भएका छन् । प्रहरीले डाईभर्टसन गराई बैकल्पिक मार्गद्धारा यातायात सुचारु गराएको जानकारी दिएको छ ।
पाथीभरामा साढे १६ लाखभन्दा बढी भेटी संकलन
२ असार । पाथीभरा मन्दिरमा जेठमा साढे १६ लाखभन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा भक्तजनले जेठमा १६ लाख ६५ हजार नौ सय ५६ रुपैयाँ चढाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाम्बाङले बताए । संकलित भेटी बैंकमा जम्मा गरिएको समितिले जनाएको छ । समितिले प्रत्येक महिना मन्दिरमा भेटी संकलन भएको रकम सार्वजनिक गर्दै आएको छ । चालू आर्थिक वर्षको जेठ महिनासम्म दुई लाख २८ हजार आठ सय ९६ जनाले पाथीभरा मन्दिरमा पूजा..
बागमती प्रदेशको बजेटका विषयमा मुख्यमन्त्री जम्मरकट्टेलद्वरा असन्तुष्टि व्यक्त
२ असार । शनिबार सार्वजनिक बागमती प्रदेशको बजेटका विषयमा मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले नै असन्तुष्टि व्यक्त गरेका छन्। प्रदेश मन्त्रिपरिषद्ले पारित गरेर संसदमा पेश गरेको बजेटमा मुख्यमन्त्री जम्मरकट्टेलले असन्तुष्टि जनाएका हुन् । बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी केन्द्रका जम्मरकट्टेल छन् भने अर्थमन्त्री एमालेका जगन्नाथ थपलिया छन् । अर्थमन्त्री जगन्नाथ थपलियाले पारित बजेट सिलिङभन्दा १ अर्ब ६४ करोड रुपैयाँ थपेको तथा कार्यक्रम नै फेरबदल गरेको मुख्यमन्त्री जमरकट्टेलको आरोप छ । ‘उहाँले पारित बजेटको..
पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउन वडाध्यक्षहरुलाई बालेनको चेतावनी
२ असार, काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले नेपाली कांग्रेस र नेकपा एमालेका वडाध्यक्षहरुलाई पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउन चेतावनी दिएका छन्। आज तय भएको नगरसभा कांग्रेस र एमालेका वडाध्यक्षहरुले बहिस्कारका कारण स्थगित भएपछि मेयर बालेनले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका हुन् । ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको उनले लेखेका छन् । ‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६०..
६ लाख बराबरको चोरीको सामानसहित युवक पक्राउ
२ असार । चोरीमा संलग्न आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको ओमबहाल घर भएर चन्द्रागिरी नगरपालिका–२ बस्ने ३६ वर्षीय सुनिल महर्जन छन् । उनले जेठ १८ मा डल्लु स्थित विष्णु मग्रातिको डेरा र जेठ ३१ मा नागढुंगा स्थित बसन्डोलमा चोरी गरेको आरोप छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले महर्जनको डेराबाट ६ लाख १८ हजार बराबरको चोरीको सामान बरामद गरेको छ । आरोपीले चोरी..
पहिरोमा परी एकै घरका ४ जनाको मृत्यु
१ असार । बिहीबार राति गएको पहिरोमा परी फक्ताङलुङ गाउापालिका–२ खेजेनिममा एकै घरका ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार फक्ताङलुङ गाउापालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो । रातको समयमा गएको पहिरोले एउटा घर बगाएको र निद्रामा भएकाले उनीहरूले भाग्न नपाएको आशंका प्रहरीको छ । सिंवा प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगिसकेको र तथ्यांक संकलनको..
जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका दम्पतीको मृत्यु
१ असार। ललितपुरका जावलाखेलमा अर्धचेत अवस्थामा फेला परेका दम्पतीको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भई हाल जावलाखेल अल्का अस्पताल पछाडि डेरा गरि बस्ने २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती २५ वर्षीया रेणु सेन्चुरीको उपचारको क्रममा मृत्यु भएको हो । उनीहरु शुक्रवार राती साढे ८ बजे अर्धबेहोश अवस्थामा फेला परेका थिए । अर्धबेहोश अवस्थामा फेला परेका दुवैजनालाई प्रहरीले उपचारको लागि पाटन अस्पताल लगेको थियो । उपचारको क्रममा उनीहरुको साढे ९..
सुनकोशी नदीमा एक जना पुरुष बेपत्ता
१ असार । सुनकोशी नदीमा एक जना पुरुष बेपत्ता भएका छन् । सिन्धुलीको गोलोन्जर गाउँपालिका–७ सुर्काेट बजारबाट रामेछाप जोड्ने सुनकोशीको पुलबाट हाम फालेर ती व्यक्ति बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय खुर्काेटका अनुसार काठमाडौंको बौद्धका ५६ वर्षीय विष्णुप्रसाद संग्रौलाले शुक्रबार राति १० बजे पुलबाट हाम फालेका हुन् । प्रहरीले उनका आफन्तलाई खबर गरेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
शिवसताक्षीमा एकै परिवारका तीन जना मृत फेला
१ असार। झापाको शिवसताक्षी नगरपालिका–३, भोटेपुल टोलमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्ण चन्दका अनुसार, सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, छोराहरु ८ वर्षीय विशाल बेस्रा र २ वर्षीय आयुश बेस्रा मृत अवस्थामा फेला परेका हुन् । स्थानीयका अनुसार, शुक्रबार छिमेकी घरका एक जना बच्चा खेल्न जाँदा बत्ती बलिरहेको र कोही झुण्डिएको जस्तो देखेपछि अरुलाई खबर गरेका थिए । त्यसक्रममा..
पश्चिम सुर्खेतमा खानेपानीको हाहाकार भएपछि आन्दोलनमा उत्रिए महिला
३१ जेठ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ रेक्चाका महिलाले खानेपानीको हाहाकार भएपछि आन्दोलनमा उत्रिएका छन् । बिहीबार रेक्चाका नागरिकले खाली गाग्री बोकेर नारा जुलुस सहित नगरपालिका घेराउ गरेका हुन् । रेक्चामा विगत लामो समय देखी खानेपानीको समस्या भोग्दै आएको आन्दोलनमा उत्रिएका एक जनाले बताएका छन् । खानेपानीको चरम संकट चुलिएपछि स्थानीयबासीहरू रेक्चा खानेपानी संघर्ष समिति नै गठन गरेर विरोधमा उत्रिन बाध्य भएका छन् । रेक्चावासीले खाने पानीको कुवा खडेरीले सुकेपछि त्यहाँका..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७