प्रदेश
झापाको हल्दिबारीमा सामुदायिक कुकुरहरूको बन्धयाकरण शिविर सुरू
८ पौष, झापा । झापाको हल्दिबारी गाउँपालिकामा सामुदायिक कुकुरहरूको बन्धयाकरण शिविर आजबाट सुरू भएको छ । शिविर पुष ८ र ९ गते २ दिन सम्म संचालन हुनेछ । गाउँपालिकाको कुल ४ लाख लागतमा संचालित शिविरमा १४४ कुकुरहरूको बन्ध्याकरण गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जानकारी दिनुभयो । शिविरमा सबै वडाबाट कुकुर संकलन गरीदैछ । गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसारनै सामुदायिक कुकुरको बन्ध्याकरण शिविरको आयोजना गरिएको हो । कुकुरको..
दुई दलीय सहकार्य जारी राख्नुपर्ने प्रर्वमुख्यमन्त्री थापाको भनाई
३ पौष, झापा । कोशी प्रदेशका प्रर्वमुख्यमन्त्री समेत रहनुभएका नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्वव थापाले २०८४ सम्म सत्ता साझेदार दुई दलीय सहकार्य जारी राख्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा सम्पन्न पदाधिकारी, क्षेत्रीय सभापति, गाउँ–नगर समितिका सभापतिहरुको जिल्ला पार्टी कार्यालयमा आयोजित संयुक्त बैठकलाई सम्बोधन गर्दै नेता थापाले वर्तमान सरकार असफल भए देशका ठूला दल असफल हुने बताउँदै दुई दलीय स्पीड अनुसार नै कार्य गर्नुपर्ने बताउनुभएको हो ।..
मानवअधिकारको विषयमा गम्भीर बन्न भुटानी शरणार्थीहरुको गुहार
२७ मंसिर, झापा । देशभर मानवअधिकार दिवस मनाइरहँदा पूर्वी नेपालमा रहेका भुटानी शरणार्थीहरुले आफूहरुको मानवअधिकारको विषयमा गम्भीर बन्न अन्तर्राष्ट्रिय सुमदायसँग गुहार मागिरहेका छन् । ३३ वर्षदेखि झापा र मोरङमा रहेका दुई वटा शरणार्थी शिविरका शरणार्थीहरु स्वदेश फिर्तीको प्रतीक्षामा छन् । मानव अधिकारको सदस्य रहेको नेपाल, भुटान र भारतले चाहेमा स्वदेश फर्कन चाहने शरणार्थीहरुलाई स्वदेश फिर्ता गराउन सक्ने भए पनि आफूहरुको विषयमा चासो नदिइएको शरणार्थीहरुको गुनासो छ । मानवअधिकारवादीहरुले पनि शरणार्थी..
कोशी प्रदेशको नवनियुक्त आन्तरिक मामिला मन्त्री रेवतीरमण भण्डारीले लिए शपथ
विराटनगर । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री नियुक्त भएका नेकपा एमालेका रेवतीरमण भण्डारीले शपथ लिएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमा नियुक्त गरेसँगै उनलाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । सुनसरी निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भण्डारी यस अघि संविधान सभा सदस्य समेत थिए । नेकपा एमालेको भागमा परेको आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीमा रहेका लीलावल्लभ अधिकारी जापान..
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
काठमाडौँ । जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गरेको छ । सोमबार प्रहरीले अधिकारीलाई श्रीमतीको जिम्मा लगाएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णय अनुसार अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । जापानमा आयोजित इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा अधिकारीसहित चार जना कात्तिक ११ गते जापान गएका थिए ।..
दशैं-तिहारमा दुर्घटना; कोशी प्रदेशमा ३७ जनाको मृत्यु
२० कात्तिक, विराटनगर । दशैं-तिहारको अवधिमा मात्रै सवारी दुर्घटनामा परी कोशी प्रदेशमा ३७ जनाको मृत्यु भएको छ । १७ असोज घटस्थापनादेखि १९ कात्तिकसम्म भएका सवारी दुर्घटनामा ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दशैंको घटस्थापनादेखि तिहारको भाइटीकासम्म कोशी प्रदेशमा ५८२ वटा दुर्घटना भएका छन् । उक्त अवधिमा एक बालकसहित २९ पुरुष, २ बालिका र ८ महिलाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले..
कोशीको स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री राईलाई
८ कात्तिक, विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूसँग भएको स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईलाई दिएका छन् । बिहीबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका राईलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् । कोशीमा ८ मन्त्री र २ राज्यमन्त्री गरी १० सदस्यीय मन्त्रिपरिषद छ ।
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र पूर्वमुख्यमन्त्री केदार कार्कीबिच शीतयुद्ध
२० भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र पूर्वमुख्यमन्त्री केदार कार्कीबिच शीतयुद्ध चर्किएको छ । एकले अर्को पक्षलाई आरोप लगाउने र खण्डन गर्ने कुरामा दुई नेताको सचिवालय केही दिनदेखि सक्रिय छ । पूर्वमुख्यमन्त्री केदार कार्कीले आफ्नो पालामा आएको बजेटमा उल्लेख भएको निःशुल्क बालबालिकाको उपचार अहिले बन्द गरेको, स्वयंसेविकाहरूलाई दिइँदै आएको प्रोत्साहन रकम काटेको, विराटनगरमा उद्घाटन गरिएको शैलजा आचार्य हृदयरोग अस्पतालमा बजेट नदिएको, कडा रोग लागेकाहरूको सहुलियत रकम भुक्तानी..
सुरेन्द्रलाई जोगाएका मनाङे र फणिन्द्र जोगिए
१७ भदौ, कास्की । नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) को मन्त्री पद कायमै रहने भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धनपछि बनेको सरकारमा पनि उनीहरूले निरन्तरता पाउने भएका छन् । एमालेले गण्डकीमा सरकारमा जाँदा फणीन्द्र र मनाङेलाई हटाउनुपर्ने अडान राखेको थियो । तर, कांग्रेसले हटाउन नचाहेपछि उनीहरूको पद जोगिएको हो । ती दुईले जेठ २८ गते विश्वासको मत दिँदा सुरेन्द्रराज पाण्डे..
कोशीमा तेस्रो पटक माओवादी केन्द्र प्रतिपक्षमा
१५ भदौ, विराटनगर । कोशीमा प्रदेश सरकार बनेको सात वर्षमा तेस्रो पटक नेकपा माओवादी केन्द्र प्रतिपक्षमा पुगेको छ । प्रदेश सरकार बनेको सात वर्ष बित्दा माओवादी अधिकांश समय सत्ताको वरिपरि रहँदै आएको छ । एमाले नेता भीम आचार्यको नेतृत्वमा प्रदेश सरकार बन्दा पहिलो पटक माओवादी सत्ता भन्दा बाहिर परेको थियो । मुख्यमन्त्रीको रूपमा आचार्यले ६८ दिन प्रदेश सरकारको नेतृत्व गरे । आचार्य २०७८ साल भदौ २ गते मुख्यमन्त्री नियुक्ति भएका..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७