पाथीभरामा साढे १६ लाखभन्दा बढी भेटी संकलन

पाथीभरामा साढे १६ लाखभन्दा बढी भेटी संकलन

२ असार । पाथीभरा मन्दिरमा जेठमा साढे १६ लाखभन्दा बढी भेटी संकलन भएको छ ।

पाथीभरामा भक्तजनले जेठमा १६ लाख ६५ हजार नौ सय ५६ रुपैयाँ चढाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाम्बाङले बताए ।

संकलित भेटी बैंकमा जम्मा गरिएको समितिले जनाएको छ । समितिले प्रत्येक महिना मन्दिरमा भेटी संकलन भएको रकम सार्वजनिक गर्दै आएको छ ।

चालू आर्थिक वर्षको जेठ महिनासम्म दुई लाख २८ हजार आठ सय ९६ जनाले पाथीभरा मन्दिरमा पूजा गरेको कार्यकारी निर्देशक हाम्बाङले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर