बागमती प्रदेश

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलद्धारा दुःख व्यक्त
२८ भाद्र, रुपन्देही । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो पटक सिन्धुपाल्चोकमा गएको पहिरोको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आज एक सन्देश जारी गर्दै उहाँले प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकलाई फेरि पीडा दिएको जनाउँदै उद्धार र राहतमा जुट्न सम्पूर्णलाई अनुरोध गर्नुभएको छ । उहाँले सन्देशमा बाह्रबिसे–७, घुम्थाङ नागपुजेमा गए राति गएकोपहिरोमा परी तीन जनाको मृत्यु र २० जनाभन्दा बढी बेपत्ता भएकोे दुःखद खबरले स्तब्ध र दुःखित बनाएको उल्लेख गर्नुभएको छ ।..

राजनीतिक परिवर्तनका लागि नेपाली पत्रकारिताको भूमिका उल्लेख्य छः वाग्मती प्रदेश मुख्यमन्त्री पौडेल
२१ वैशाख, हेटौडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशको राजनीतिक परिवर्तन तथा आमनागरिकको चेतनास्तर वृद्धिका लागि नेपाली पत्रकारिताले खेलेको भूमिका उल्लेख्य र अविस्मरणीय रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज एक सन्देश जारी गर्नुहुँदैँ मुख्यमन्त्री पौडेलले प्रेस स्वतन्त्रताप्रति वाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । ‘भय र पक्षपातरहित पत्रकारिता’ भन्ने मूल नारासहित आज संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । नेपालको संविधानमा नै पूर्ण..

काठमाडाै महानगरले बिदेशबाट आएका नागरिकहरुको र्यापिड टेष्ट सुरु गर्दै
काठमाडौं, ७ बैशाख । काठमाडौं महानगरपालिकाले विदेशबाट आएका नागरिकहरुको र्यापिड डाइग्नेाष्टिक टेष्ट थालेको छ । काेराेना संक्रमणकाे जाेखिम बढेपछि विभिन्न मुलुकबाट आएर महानगरपालिकाभित्र बसोबास गरिरहेका नागरिकहरुको र्यापिड टेष्ट थालिएको हो । आइतबार कालिमाटीमा वडा नम्बर १२, १३ र १४ मा बसोबास गरिरहेका नागरिकहरुको परीक्षण गरिएको हाे छ । विदेशबाट आएका व्यक्ति भन्ने बित्तिकै त्रास फैलिरहेकाेले परीक्षण गर्ने सुरु गरिएको महानगरप्रमुख विद्यासुन्दर शाक्यले बताए । उनले भने, ‘विदेशबाट आएका नागरिक भन्ने..

अनेरास्ववियूद्वारा विद्यार्थीहरूलाई खाद्यान्न वितरण
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले समस्या परेका विद्यार्थीलाई खाद्यान्न वितरण जारी राखेको छ । काेराेना भाइरस कोभिड–१९ को राेकथाम तथा नियन्त्रणका लागि जोखिम हुन नदिन लकडाउनले गर्दा समस्यमा परेका विद्यार्थीहरूलाइ खाद्यान्न वितरण गरेकाे हाे । विद्यार्थीलाई १५ किलो चामल, दुई किलो दाल र एक लिटर खानेतेल वितरण गरिरहेको अनेरास्ववियुका संयोजक ऐन महरले जानकारी दिए । उनले लकडाउनका कारण घर जान नपाएका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई अहिले खानाका..

चिकित्सक कुटपिट घटना सार्वजनिक, महाराजगञ्जका डीएसपी उमेशराज लम्साल छानबिनमा
४ वैशाख, काठमाडौं । लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले चिकित्सकलाई कुटपिटको घटना सार्वजनिक भएपछि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेशराज लम्साललाई जिम्मेवारीबाट हटाइएको छ । त्यहाँबाट लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका तानिएको हो । रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले लम्साललाई छानबिनका लागि रानीपोखरी बोलाइएको बताएका छन् । बुधबार साँझ भएको घटनाबारे छानबिनका लागि बिहीबार बिहान एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटी सदस्य रहेको समिति गठन..

लकडाउन अवधिभर निःशुल्क एम्वुलेन्स सेवा
२ वैशाख, काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिभर एम्बुलेन्स सेवालाई निशुल्क बनाएको छ । हृदयाघात, मुटुरोगी, मिर्गाैलारोगी लगायतका बिरामीलाई अस्पताल आउजाउ गर्न निःशुल्क एम्वुलेन्स सेवा दिईने निर्णय भएको जनाईएको छ । लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै घण्टा सेवा उपलब्ध गराईने छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार लकडाउनको अवधिमा महानगरमा बसोबास गर्ने सम्भावित बिरामीलाई सार्वजनिक यातायातका सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन यो सम्झौतापछि निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गर्न..

प्रधानमन्त्री ओली उपचारपछि शुक्रबार साँझ बालुवाटार फर्किए
काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि शुक्रबार साँझ सरकारी निवास बालुवाटार फर्किएका छन् । बिहीबार अचानक मुटुको समस्या देखिएपछि अस्पताल भर्ना गरिएकाे थियाे । मुटुको धड्कन बढ्ने समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बिहीबार राति ११ः३० बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । ओली २० घण्टाको अस्पताल बसाइपछि बालुवाटार फकिएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ । प्रधानमन्त्री ओलीको २४ दिन अघि शिक्षण अस्पतालमा दोस्रो पटक मृगौला..