विश्वासको मत प्राप्त नभए मध्यावधि निर्वाचन हुन सक्ने मुख्यमन्त्री गुरुङको संकेत

२७ जेष्ठ, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा उहाँले विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्ने चेतावनी दिनुभएको छ । संघीय सरकारले झैं गण्डकी प्रदेश सरकारले पनि मध्यावधि निर्वाचनको घोषणा गर्ने त होइन भन्ने आशंका बढिरहेको समयमा मुख्यमन्त्री गुरुङले विश्वासको मत हासिल हुन नसके प्रदेशसभा विघटन हुन सक्ने संकेत गर्नुभएको हो । उहाँले प्रदेशसभामा विपक्षी गठबन्धनको..

गण्डकी प्रदेशसभा सदस्यबाट थापालाई सांसद्बाट नहटाउन अन्तरिम आदेश

२३ जेष्ठ, काठमाण्डौँ । सर्वाेच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट कारवाही गरिएका कृष्ण थापालाई प्रदेशसभा सदस्यकै रुपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । आज सर्वाेच्च अदालतका न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो । इजलासले विपक्षीहरूलाई १५ दिनभित्र थापामाथिको कारवाहीबारे लिखित जवाफ दिन पनि आदेश दिएको छ । गत वैशाख २९ गते हुने भनिएको सरकार गठनसम्बन्धी दावीमा प्रदेशसभा सदस्य..

दीपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीमा नियुक्त

१६ वैशाख, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)लाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । उहाँले आज नै पद तथा गोपनीयताको सपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराउनुभएको हो । मन्त्रीमा नवनियुक्त मनाङ्गे मनाङबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित हुनुभएको थियो । मनाङ्गेलाई मन्त्री बनाएसँगै..

गण्डकी प्रदेश सदस्य शाही बेहोश भएपछि अस्पताल भर्ना भएको स्पष्टोक्ति

१६ वैशाख, कास्की । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीले आफु बेहोश भएपछि अस्पताल भर्ना भएको स्पष्ट पार्नुभएको छ । उहाँले पार्टी निर्णयप्रति प्रतिवद्ध भएको उल्लेख गर्दै पार्टीको निर्णय बमोजिम संसद बैठकमा सहभागी हुने बताउनुभएको छ । आज एक विज्ञप्तिमार्फत शाहीले पार्टीको निर्णयप्रति प्रतिवद्ध भएको स्पष्ट पार्नुभएको हो । उहाँले आफूविरुद्ध भ्रामक खबरहरु आइरहेकोमा समेत आपत्ती जनाउनुभएको छ ।

नेकपा एमालेको पक्षमा खुले दीपक मनाङे

१५ वैशाख, काठमाण्डौँ । गण्डकी प्रदेशका सांसद राजिव गुरुङ (दीपक मनाङे) अन्ततः नेकपा एमालेको पक्षमा खुलेका छन् । आज प्रदेशसभा बैठकमा अनुपस्थित भएका सांसद मनाङेले एमालेको पक्षमा खुल्ने निर्णय लिएका हुन् । उहाँले मंगलबारको प्रदेशसभा बैठकमा आफू स्वतन्त्र सांसद भएको भन्दै संसदमा छुट्टै कुर्सीको माग गर्नुभएको थियो । उहाँले आज सामाजिक संञ्जालमा मार्फत एमालेको पक्षमा उभिने निर्णय गरेको बताउनुभएको हो । उहाँले फेसबुकमा लेख्नुभएको छ–‘मनाङ्ग जिल्लाको नेकपा एमाले संगठनले भने..

जनमोर्चाका सांसद सम्पर्कविहिन भएपछि गण्डकी प्रदेशसभा स्थगित

१५ वैशाख, कास्की । मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनुअघि भएको बैठकमा दुईजना सांसदहरु अनुपस्थित भएपछि गण्डकी प्रदेशको प्रदेशसभा स्थगित भएको छ । प्रदेशसभाको बैठक चलिरहँदा जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित हुनुहुन्थ्यो । त्यसैगरी अर्का सांसद दीपक मनाङ्गे (राजीव गुरुङ) पनि बैठकमा देखा पर्नुभएन । शाहीले बिरामी भएको जनाउ दिएको र मोबाइल समेत अफ गरेको स्रोतले बताएको छ । गण्डकी प्रदेशसभामा सभामुखसहित कुल ६० सांसद छन् ।..

गण्डकी प्रदेशसभामा जनमोर्चाका सांसद हराएपछि खैलाबैला

१५ वैशाख, काठमाण्डौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा आज गण्डकी प्रदेशसभामा मतदान हुँदैछ । अपराह्न साढे ४ बजेबाट सुरु हुने भनिएको बैठकमा मतदान गर्ने कार्यसूची रहेको भनिएपनि अहिलेसम्म प्रदेशसभा सुरु भएको छैन । तर प्रदेशसभाको बहुमतमा निर्णायक बनेको राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य अनुपस्थित भएपछि प्रदेशसभामा खैलाबैला भएको छ । प्रदेशसभा सदस्य खिमबिक्रम शाही प्रदेशसभा परिसरमा देखिएका छैनन् । त्यसअघि बुधबार नै बसेको पहिलो बैठकमा..

प्रदेश सरकार आफ्नो हैसियत देखाउन समक्ष भयोः मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

४ माघ, काठमाण्डौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार आफ्नो हैसियत देखाउन समक्ष भएको बताउनुभएको छ । विभिन्न समस्याका बाबजुद पनि पहिलो ३ वर्षमा जति काम भएको छ, त्यो अभूतपूर्व भएको उहाँको दाबी छ । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमा मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘अपर्याप्त होला, कतिपय स्थानीय तह र प्रदेशलाई मन नपर्ने कानुन पनि बने होलान, तर ३ वर्षमा त धेरै कानुन बन्यो ।..

गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाको समर्थन

१३ पौष, कास्की । गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाको समर्थन यथावत रहने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी दुई टुक्रा भएपछि संकटमा पर्ने भनिएको प्रदेश सरकारलाई जनमोर्चाले समर्थन यथावत राख्ने जनाएको हो । जनमोर्चाको यो समर्थन संगै गण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेतृत्व गरेको सरकार नढल्ने भएको छ । नेकपा विभाजन भएर गण्डकी सरकारमा पनि अविश्वासको प्रस्ताव आएमा वा अर्काे समूहले साथ छाडेमा मुख्यमन्त्रीलाई..

विकास पहुँचको आधारमा होईन, आवश्यक्ताको आधारमा हुन्छः अन्त्री अर्याल

६ मंसिर, स्याङ्जा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लोकतन्त्रमा विकास पहुँचको आधारमा नहुँने भन्दै आवश्यकताका आधारमा विकास गरिएको बताउँनुभएको छ । आज स्याङ्जाको कालीगण्डकी–१ स्थित जनहित माध्यमिक विद्यालयको भवन शिलान्यास गर्दै विगतका शासनसत्तामा पहुँचको आधारमा विकास भएको तर अब लोकतन्त्रमा त्यसो नहुने बताउनुभयो । “विगतमा पहुँचका आधारमा मुकाम केन्द्रित विकास भए अब त्यस्ता प्रवृत्तिको अन्त्य हुनेछ, विकास दुरदराजमा पुगेका छन् ।” उहाँले भन्नुभयो । हरेक जनताको..