राजनीति
कोशी सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति
२६ माघ, विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । आज शुक्रबार भएको वार्तामा प्रदेशको नाम पहिचानको आधारमा पुनः नामांकन गर्न पहल गर्ने लगायतका पाँच बुँदे सहमति भएको हो । पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले पहिचानको आधारमा पुनः नामांकन गर्न पहल गर्ने, आन्दोलनका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने लगायतका ५ बुँदे सहमति भएको जानकारी दिए । सहमतिका बुँदा यस्ता छनः १. पहिचानका आधारमा..
कोशी प्रदेशमा थप ४ मन्त्री र दुई राज्यमन्त्री नियुक्त
२६ माघ, विराटनगर । कोशी प्रदेशमा थप ४ मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त भएका छन् । यसअघि ४ मन्त्री र १ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी थियो । अन्तिम समयमा १ जना राज्यमन्त्री थपिएको हो । कोशीमा कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री मन्त्री नियुक्त भएका छन् । सुनुवारलाई स्वास्थ्य र खत्रीलाई उद्योग कृषि, तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै कांग्रेसकी इन्दिरा थापालाई आर्थिक मामिला..
रौतहट पुगेर प्रभु शाह विरुद्ध खनिए ओली
२५ माघ, रौतहट । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रभु साहको कडा आलोचना गरेका छन् । चुनावको बेलामा प्रभु साहले एमालेलाई गम्भीर धोका दिएको उनको टिप्पणी छ । उनले भने,‘प्रभु साहको पछि लागेर कुन वैतरणी पार होला ? मौलापुर ? अर्काेपल्ट जमानत जोगिए धन्यवाद छ, जोगिँदैन जमानत !’ आज (बिहीबार) रौतहट एमालेको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले माधव नेपाल र प्रभु साहले धोका दिएको भन्दै..
संघीयता कार्यान्वयनबारे शीर्ष नेता र मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल
२५ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटामा बिहीबार संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे प्रधानमन्त्री दाहालले गठबन्धनका नेता र मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन् । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानन्त्री पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र)..
प्रधानमन्त्री प्रचण्ड र रेशम चौधरीबिच ‘वान टु वान’ भेटवार्ता
२५ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिषचन्द्र लाल आयोगको प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीबिच भएको ‘वान टु वान’ भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका हुन् । भेटवार्तापछि प्रतिक्रिया दिर्दै चौधरीले भने, ‘गठबन्धन घटक दलहरुसँग सल्लाह गरेर सार्वजनिक गर्न सकिन्छ । किन सकिँदैन र ? भन्नुभयो ।’ नाउपा अध्यक्ष चौधरीले अगाडि भने, “सार्वजनिक नहुनको कारण के हो..
एमाले धादिङको अधिवेशनमा कुटाकुट, एक जनाको हात नै भाचियो
२१ माघ, धादिङ । नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा झडप भएको छ । झडपपछि अधिवेशन नै स्थगित भएको छ । माघ १९ गते सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत गर्ने नामहरूका बारेमा विवाद भएपछि शनिबारको बन्दसत्रमा कुटाकुट भएको हो । कुटाकुट र भिडन्तमा एक एमाले कार्यकर्ताको हात नै भाँच्चिएको छ । बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अर्काे सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको जनाएका छन्..
कमल थापाको आरोपः ‘लघुबित्त सम्बन्धि समस्या समाधान गर्न सरकार उदासिन बन्यो’
२० पौष, काठमाण्डौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी र लघुबित्त सम्बन्धि समस्याको समाधान गर्न सरकार उदासिन भएको बताएका छन् । यसका लागि सरकारले तत्काल समस्या समाधानको लागि ध्यान नदिए परिस्थिति विष्फोटक हुने उनले चेतावनी दिएका छन् । समस्याको समयमै यथोचित ढङ्गले सम्बोधन गर्न नसके अर्थतन्त्र धराशायी हुने तथा समग्र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पर्ने भन्दै थापाले ३ खम्बे नीति अनुसार काम गर्ने भन्ने सरकारले एउटा खम्बा सहकारी क्षेत्र..
काठमाडौँमा एमालेको युवा महोत्सव
२० पौष, काठमाण्डौँ । नेकपा एमालेले काठमाडौँमा युवा महोत्सव २०८० को आयोजना गरेको छ । आज शनिबार एमाले काठमाडौँ जिल्ला कमिटीले राजधानीको टुँडिखेलमा युवा महोत्सवको आयोजना गरेको हो । महोत्सवमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुको उपस्थिति रहेको छ ।
उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग
१८ माघ, काठमाण्डौँ । निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा जुटेको छ । आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी आयोगले सरकारसँग प्रारम्भिक छलफल सुरु गरेको हो । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी सरकारसँग निर्वाचनको मिति घोषणाबारे परामर्श गर्न लागेको उनले जानकारी दिए ।..
दरबार हत्याकाण्डबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति माधव नेपालको असन्तुष्टि
१८ माघ, जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । जनकपुरमा बिहीबार समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले राजदरबार हत्याकाण्डबारे अनुसन्धान गर्ने कुरा प्रधानमन्त्रीले विचार नपुर्याई गरेको बताए । उनले गम्भीर कुराहरूमा बोल्नुअघि गठबन्धनमा सहभागी दलहरू र आफूलाई सोधेको भए उचित हुने बताए । उनले तत्कालीन हत्याकाण्डका समयमा..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७