हरेक प्रदेशमा एक स्मार्टसिटी बनाउने प्रधानमन्त्री प्रचण्डको योजना

काठमाडौं, ५ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले योजनावद्ध सहरको विकास गर्नेतर्फ जोड दिएर स्मार्टसिटीहरूको निर्माण गर्नुपर्ने बताएका छन् । आज (बिहीबार) सिंहदरबारमा आयोजित सहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले ब्यवस्थित सहर बनाउनुपर्ने बताएका हुन् । “काठमाडौंभित्र व्यवस्थित नमुना सहर बनाएर जानुपर्छ। मेरो दोस्रो कार्यकालमा स्मार्टसिटीको अवधारणा यही सोचका साथ अगाडि सारिएको थियो। यसले हरेक प्रदेशमा एक स्मार्टसिटी बन्छ भन्ने हाम्रो सोच थियो..

पर्यटनमन्त्री किरातीले राजीनामा दिनुपर्छः कमल थापा

पुस ५, काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको राजीनामा माग गरेका छन् । पर्यटनमन्त्री किरातीले राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा ‘क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन् ’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको बताउँदै उनले तत्काल वर्खास्त माग गरेका हुन् । गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल वर्खास्त गर्नुपर्दछ । नेता थापाले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘प्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’को..

 उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्वपूर्ण छः अर्थमन्त्री महत

४ पुष, काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्वपूर्ण भएको बताएका छन् । उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानीको आज उदयपुरमा निरीक्षण गर्दै उनले यस उद्योगका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए । मन्त्री डा. महतको सचिवालयका अनुसार सो अवसरमा उनले कारखाना निरीक्षणका क्रममा सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको उल्लेख गरे । सरकारले अनुदान दिएर मात्र समस्याको समाधान ननिस्कने मन्त्री डा महतको..

एनसेल भ्रष्टचार प्रकरण ढाकछोप गर्न स्वयम् सरकार संलग्न छः सभापति पोखरेल

४ पुष, काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सरकार आफै एनसेलको सेयर खरिद विक्री, भ्रष्टाचार प्रकरणको ढाकछोप र बचाउ गर्दै जनतामा भ्रम छर्न लागि परेको बताएका छन् । साथै उनले संसद्को सार्वजनिक लेखा समितिले एनसेलबारे गरेको निणर्यलाई कमजोर बनाउन, विषयलाई बङ्ग्याउन कार्यक्षेत्र भन्दा बाहिर गएर समितिहरूमार्फत जनतालाई भ्रम फैलाउने काममा सरकार लागि परेको आरोप समेत लगाएका छन् । बुधवार सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति पोखरेलले सरकारी पक्षको कटाक्ष गरेका..

सर्वोच्चको न्यायाधिसमा प्रस्तावित ६ जनाको नाम अनुमोदन

४ पुष, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । आज  बसेको समितिको बैठकले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो । यसअघि समितिमा उनीहरूको सुनुवाइ भएको थियो । समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

भारतमा एकै साता १४१ सांसद निलम्बनमा

भारतमा विपक्षी दलका सांसदहरूलाई धमाधम निलम्बन गरेपछि तरंग उत्पन्न भएको छ । हिउँदे अधिवेशन चलिरहँदा मंगलबार लोकसभाका विपक्षी दलका थप ४९ सांसदलाई निलम्बन गरेको भारतीय सञ्चारमाध्यम द स्क्रोलले जनाएको छ। संसदको सुरक्षा उल्लंघन गरेको विषयमा छलफल गर्न माग गरेपछि सभामुखले उनीहरूलाई निलम्बन गरेका हुन्। भारतीय कांग्रेस आइका नेता शशी थरूर, समाजवादी पार्टीकी नेता दिम्बल यादव, राष्ट्रवादी कांग्रेस पार्टीकी सुप्रिया सुले र नेशनल कन्फ्रनेसका नेता फारूक अब्दुल्लाह लगायत निलम्बनमा परेका छन्।..

एनसेलको शेयर बिक्री प्रकृया अस्वाभाविक भएको प्रधानमन्त्री प्रचण्डको भनाई

३ पौष, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद बिक्री प्रकृया स्वाभाविक नभएको बताएका छन् । उनले यसमा कहिँ न कहिँ गडबडी भएको आशंका गरेका छन् । राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । आफू जलवायु सम्मेलनको क्रममा दुबईमा भएको बेला ऐनसेलको शेयर खरिदबिक्री भएको भन्नेबारे सुनेको र स्वदेश फर्किनासाथ सञ्चार मन्त्रालय र नियामक निकायलाई निर्देशन जारी गरेको उनले बताए । यसमा कहिँ न..

फागुनदेखि चरणबद्ध आन्दोलन गने राप्रपाको निर्णय

३ पौष, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा आन्दोलनमा जाने भएको छ । केन्द्रीय समिति बैठककै बीच आज मंगलबार बिहान बसेको बैठकले आन्दोलनमा जाने निर्णय गरेको हो । जुन निर्णय केन्द्रीय समितिबाट अनुमोदन गरेर सार्वजनिक गरिनेछ । राप्रपा एक पदाधिकारीका अनुसार आन्दोलनमा जाने निर्णय भएसँगै पार्टी तत्काल प्रदेश र संघीय सरकारमा सहभागी हुने सम्भावना सकिएको छ । यो निर्णयसँगै अब तत्काल दुवै तहको सरकारमा सहभागी हुने च्याप्टर क्लोज भएको ती..

विश्वविद्यालयमा हामी आफै राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौँः प्रधानमन्त्री प्रचण्ड

२ पौष, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राज्ञिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको भूमिका पनि प्राज्ञिक स्तरकै हुनुपर्ने बताएका छन् । सोमबार दिउँसो त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै यस विश्वविद्यालयले नेपालको शैक्षिक जगतमा अतुलनीय योगदान पुर्याएको बताए । उनले भने, ‘भूमण्डलीकृत विश्वको दवाव एकातर्फ छ, जुन तत्कालका निम्ति हाम्रो काबुबाहिर पनि देखिन्छ । तर, विश्वबजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ ? विगतमा विश्वविद्यालयहरूले आर्जन गरेको बलियो..

बलेनलाई प्रचण्डको जवाफः बोलेर हिँडिहाल्नेसँग मलाई पनि इरिटेसन हुन्छ

२ पौष, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको जवाफ फर्काएका छन् । ललितपुर महानगरको स्थापना दिवसको अवशरमा मेयर शाहले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्रीले भने, ‘बालेन्द्रजी गइहाल्नुभयो पहिला बोलेर हिँडिहाल्नेसँग पनि मलाई अलि इरिटेसन हुन्छ । आफूलाई लागेको कुरा भनिहाल्ने अनि त्यसको जवाफ सुन्न चाहिँ नबस्ने, बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’..