राजनीति

प्रभु साहकी श्रीमती मेयर रिना कुमारी साहको आक्रोश ‘वडाध्यक्षलाई नगरपालिका प्रवेशमा निषेध गर्छौ’
४ मंसिर, रौतहट । रौतहटको मौलापुर नगरपालिका ८ स्थित छठ घाटमा मेयर रिना कुमारी साहलाई निषेध गरेपछि वडाध्यक्षलाई नगरपालिकामा निषेध गरिएको छ । अस्ताउँदो सूर्यलाई अघ्र्य चढाउने बेला वडा नम्बर ८ स्थित एउटा छठ घाटमा स्थानीयले मेयर साह र उपमेयर नागेन्द्र प्रसाद यादवलाई निषेध गरेको थियो । घाटमा निषेध गर्न लगाएको भन्दै त्यस वडाका वडाध्यक्ष शिवप्रसन यादवलाई नगरपालिका प्रवेशमा रोक लगाएको हो । छठको मुख्यदिन सम्बन्धित वडाको घाटमा पुगेर ब्रतालुहरु..

एमालेका दुई जना संघीय सांसद कोशी प्रदेश कमिटीको विभागीय प्रमुख बने
४ मंसिर, विराटनगर । नेकपा एमालेका दुई जना संघीय सांसद प्रदेश कमिटीको विभागीय प्रमुख बनेका छन् । झापा क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बु कोशी प्रदेश कमिटीको कोष तथा वित्त विभागको प्रमुख भएका छन् । कोशी प्रदेश अधिवेशनबाट सर्वाधिक मतसहित विजयी भएका साँवालाई पहिलो बैठकले कोष व्यवस्थापनको जिम्मा दिएको हो । उनी एमालेनिकट राष्ट्रिय उद्योग व्यवसायी महासंघको अध्यक्ष समेत हुन् । त्यस्तै राष्ट्रिय सभा सदस्य सोनाम..

भूकम्प प्रभावितहरूको पुननिर्माणमा सहयोग गर्न एमालेको स्वयंसेवक टोली कर्णालीतर्फ
३ मंसिर, काठमाण्डौँ । भूकम्प प्रभावितहरूको पुनःस्थापना र पुननिर्माणमा सहयोग गर्न नेकपा एमालेको स्वयंसेवक टोली काठमाडौंबाट कर्णालीतर्फ लागेको छ । कात्तिक १७ को जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा घरबारविहीन नागरिकको पुनःस्थापना र पुननिर्माणमा सहयोग गर्न आइतबार पार्टीको स्वयंसेवक दस्ता त्यसतर्फ प्रस्थान गरेको हो । केन्द्रीय सदस्य किरण पौडेल संयोजक रहेको टोलीलाई शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले निर्माण सामग्री हस्तान्तरण गरी बिदाई गरेका थिए..

महेश बस्नेतको चेतावनीः युवा संघ र अखिल के हो ? ७ गते देखाईदिन्छौँ
३ मंसिर, काठमाण्डौँ । नेकपा एमालेका नेता महेश बस्नेतले व्यवस्थाविरुद्ध प्रहार गर्न खोज्नेलाई मंसिर ७ गते युवा संघ र एमाले देखाइदिने चेतावनी दिएका छन् । भक्तपुर जिल्ला कमिटीको विस्तारित भेलालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुँदा सबैभन्दा धेरै एमालेलाई दुखेको उनको भनाइ छ । अहिलेको व्यवस्थामाथि प्रहार हुँदा एमाले मौन बस्न नसक्ने बताए । ‘हामी व्यक्तिको चरित्र हत्या र हिंसा गर्नेतिर जाँदैनौं । हामी शान्तिपूर्ण संघर्षको माध्यमबाट समाज रुपान्तरणको..

अस्थिरता पैदा गर्ने शक्ति विरुद्ध प्रतिवाद गर्न तयार हुनुपर्छः माधव नेपाल
२ मंसिर, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएकाले त्यसको प्रतिवाद गर्न परिवर्तनकारी शक्ति तयार हुनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय लेखा परीक्षण आयोगद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित लेखा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष नेपालले आफू नेतृत्वको पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान २०७२ तथा विभिन्न जनआन्दोलनबाट हासिल सम्पूर्ण उपलब्धिको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए..

दुर्गा प्रसाईंको प्रदर्शनले काठमाडौं फोहोर मात्र हुन्छः एमाले अध्यक्ष ओली
२ मंसिर, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते हुन लागेको प्रदर्शनले काठमाडौं फोहोर मात्र पार्ने बताए । शनिबार पार्टीको जनसंगठन समन्वय संयन्त्रको कार्यक्रममा उनले दुर्गा प्रसाईंको नाम नलिई कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरु देशभरबाट मान्छे उतार्न लागेको बताए । नेकपा एमालेका युवा विद्यार्थीले पनि त्यस दिन काठमाडौंमा प्रदर्शन कार्यक्रम राखेको छ । आफूहरुले सरकारले ठीक ढंगले काम गर्न सकेन भनेर सांकेतिक विरोध..

जनताको मुख थुनेर सत्ता टिक्दैनः नेत्रविक्रम चन्द
२ मंसिर, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको मुख थुनेर सत्ता नटिक्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका हुन् । उनले सामाजिक सञ्जालको प्रतिबन्ध निरंकुश व्यवस्थाको चरित्र भएको बताए । महासचिव चन्दले देश बचाउने जिम्मा अरूले नलिने भए नेपाल कम्युनिस्ट पार्टीले देश बचाउने जिम्मा लिने दाबी गरे । उनले..

लोकतन्त्रका विरुद्ध औँला उठाउनेलाई तल झारिदिने ओलीको चेतावनी
२ मंसिर, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ७ गते युवा विद्यार्थीले गर्ने प्रदर्शनमा पार्टीको साथ समर्थन रहेको बताएका छन् । शनिवार काठमाडौँमा पार्टीको एक कार्यक्रममा बोल्दै ओलीले ७ गते शान्तिपूर्ण रूपमा सरकारलाई शक्ति देखाउने बताए । उनले सो दिन सरकार र दक्षिणपन्थी शक्तिहरूलाई थोरै सङ्केत मात्र गर्ने बताउँदै शान्तिपूर्ण राजनीतिको रूपमा राजनीतिक प्रदर्शन गर्ने बताए । उनले लोकतन्त्रका विरुद्ध औँला उठाउनेलाई शान्तिपूर्ण रूपमा औँलो तल झारिदिने..

मैले खोलो तरेर लौरो बिर्सिएको छैनः मुख्यमन्त्री कार्की
२३ कार्तिक, विराटनगरका । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेसँगको सहकार्य नछाडेको बताएका छन् । एमाले आफैं सत्ता पक्षको कुर्सि छाडेर प्रतिपक्षको कुर्सिमा गएर बसेको भन्दै उनले पुनः सत्तामा आउन आह्वान गरे । कोशी प्रदेश सभा बैठकमा आज प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै कार्कीले भने, ‘एमालेले अहिले पनि सरकारलाई समर्थन गरिरहेको छ । सरकारले एमालेलाई छाडेको छैन । एमाले आफैं सत्ता पक्षको कुर्सि छाडेर प्रतिपक्षको कुर्सिमा गएर..

कोशीमा मन्त्री बन्न कांग्रेस संस्थापन पक्षका सांसहरु दौडमा
२३ कार्तिक, काठमाण्डौँ । नेपाली कांग्रेसको विद्रोही ८ सांसद र संस्थापन २१ सांसदको फरकफरक चाहनाका कारण कोशी प्रदेश सरकार विस्तारमा सकस देखिएको छ । मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दलहरुबिच मन्त्रालयको भागबण्डा छिटो टुङ्ग्याएर मन्त्री नियुक्ति गर्ने चाहना राखे पनि सांसदहरुको आकांक्षा व्यवस्थापन गर्न नसक्दा छठ पर्व अगाडि सरकार विस्तार हुने सम्भावना कम रहेको गठबन्धन दलकै नेताहरु बताउँछन् । नेकपा एमालेका ३९ सांसद र कांग्रेसबाट विद्रोह गरेका ८ जना सांसदको समर्थनमा..