राजनीति
एमाले केन्द्रीय समिति बैठक आजदेखि
८ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको सातौं पूर्ण बैठक आजदेखि काठमाडौंमा बस्दैछ। बैठकका लागि गत २७ माघमा बसेको बैठकले एजेण्डा तय गरेको थियो। विहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने बैठकमा राष्ट्रिय हित र जनसरोकारका विषय, जनपरिचालन र दबाब दिने विषयमा कार्ययोजना तयार गर्ने नेताहरूले जनाएका छन्। बैठकमा संगठनात्मक प्रतिवेदन प्रस्तुत हुँदैछ भने मिसन ग्रासरूट अभियानपछि पार्टीको ११ बुँदे वार्षिक कार्ययोजना तर्जुमा गरेको केन्द्रीय..
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र: प्रधानमन्त्री प्रचण्ड
८ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन्। सोमबार प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिए। सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कुल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको जिम्मेवारी रहेको बताए। उनले भने,‘परम्परागत..
‘रास्वपा’ले गर्यो कर्णाली प्रदेशका सबै कमिटी विघटन
७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशका सबै कमिटी विघटन गरेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गर्ने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए । साथै कर्णाली प्रदेशमा ३ महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । यो अभियानमा संसदमा कर्णालीका मुद्दाहरुलाई विशेष प्राथमिकतासाथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरुलाई व्यापक..
देउवाले दिए गठबन्धन नगर्ने प्रतिवेदन सच्चाउन गगन थापालाई दबाब
७ फागुन, काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनलाई अन्तिम रूप दिन ‘सकस’ परेको छ । महामन्त्री थापाले महासमितिमा लैजाने प्रतिवेदन यसअघि सुझावका लागि केन्द्रीय समिति बैठकमा पेस गरेका थिए । जसमा आगामी चुनावअघि गठबन्धन गर्न नहुने उल्लेख छ । तर उक्त विषयप्रति सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । गठबन्धनबारे महामन्त्री थापाको उक्त प्रतिवेदन सच्चाउन सभापति देउवाले दबाब दिइरहेका छन् । तर महामन्त्री..
कोशी प्रदेशको नामाकरणको विषयलाई प्रमुख एजेण्डा बनाउन १४ जिल्ला सभापतिहरुले गरे माग
६ फागुन, काठमाडौँ । भोलिबाट सुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशको नामाकरणको विषयलाई प्रमुख एजेण्डाको रुपमा समावेश गर्न १४ जिल्ला सभापतिहरुले माग गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै कोशी प्रदेशका १४ जिल्ला सभापतिले महासमितिमा नामाकरणको मुद्दालाई प्रमुख एजेण्डा बनाउन माग गरेका हुन् । विज्ञप्तिमा विष्णु कुमार राई (सभापती, खोटाङ) हिमाल कार्की (सभापती, उदयपुर) देउ कुमार थेवे (सभापती, झापा) नामगेल जाङबु शेर्पा, डिग बहादुर लिम्बु (सभापती, मोरङ)..
एमालेले मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने
६ फागुन, काठमाडौँ । नेकपा एमालेले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गरेको छ । एमाले मधेश प्रदेश संसदीय दलको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र विश्वासको मत पनि नदिने निर्णय गरेको हो । जसपा नेतृत्वको सरकारमा सुरुवातमा सहभागी रहेको एमालेले आफ्नो मन्त्री फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायम राखेको थियो। सरकारबाट जनमत पार्टीले समर्थन फिर्ता लिएपछि आइतबार मुख्यमन्त्री तेस्रो पटक मधेस..
इलाम २ मा उपनिर्वाचनको चहलपहल, रणनीति बनाउँदै दलहरु
६ फागुन, इलाम । निर्वाचन आयोग रिक्त रहेका २३ तहको उपनिर्वाचनको मिति तय गर्ने अन्तिम तयारीमा छ। मिति तय गर्नेबारे राजनीतिक दल र सरकारसँग आन्तरिक परामर्शमा छ। संभवत बैशाखको पहिलो वा दोस्रो हप्ताभित्र उपनिर्वाचन सकिसक्ने आयोगको तयारी छ। राष्ट्रिय सभा निर्वाचन समापनसँगै आयोग उपनिर्वाचनमा जुटेको हो। उपनिर्वाचन हुने तहहरुमध्ये प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ धेरैको चासोको क्षेत्र बनेको छ। ठूला दलहरुले यस क्षेत्रलाई आफ्नो प्रतिष्ठा र अस्तित्वसँग जोडेर..
प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका दोषीलाई कारबाही गर्ने
६ फागुन, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने बताएका छन् । घटनाबारे छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले दिएको प्रतिवदन आफूले अध्ययन गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्रीले प्राप्त हुनासाथ अध्ययन गरेर सम्बन्धितलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । सांसदहरुले सो घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गरेपछि प्रधानमन्त्रीले आजै प्रतिवेदन बुझेर अध्ययन गरेपछि आवश्यक कारबाही हुने संसदलाई सम्बोधन गर्दै बताएका हुन् ।..
जिल्ला अधिवेशनको उद्घाटनका लागि ओली आज कैलाली जाँदै
६ फागुन, कैलाली । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कैलाली जाँदैछन । एमालेको जिल्ला अधिवेशनको उद्घाटनका लागि ओली आज कैलाली जान लागेका हुन । एमाले कैलालीको जिल्ला अधिवेशन आजबाट कैलालीको सुखडमा सुरु हुँदै छ । एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बर्दगोरिया गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन पछि एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशन उद्घाटन गर्ने छन । एमाले कैलालीको आइत र..
आलोपालोे फर्मुला अनुसार विप्लवलाई संयोजक
६ फागुन, काठमाडौँ । सत्तारुढ चार दलको समाजवादी मोर्चा संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । आज बिहान बसेको मोर्चाको बैठकले पूर्वसहमति अनुसार आलोपालो नेतृत्वको फर्मुला अनुसार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालपछि विप्लवलाई संयोजक दिइएको हो । बालुवाटारमा बसेको मोर्चाको बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले मोर्चाको संयोजक परिवर्तन गरेर विप्लव बनेको जानकारी दिए । उनले अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन भएको र..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७