पहिचानवादीद्धारा मेची राजमार्ग बन्दको घोषणाः बुलेटको रिहाई र पाथिभरामा केबलकार बनाउने निर्णयको विरोध

१६ पौष, इलाम । कोशी प्रदेश नामाङ्कनविरुद्ध लामो समयदेखि आन्दोलनरत पहिचानवादी समूहले मेची राजमार्ग बन्दको घोषणा गरेको छ । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले बुलेट किराती भनिने अन्जेश राईको रिहाईको माग गर्दै पुस १८ र १९ गते राजमार्ग बन्दको आह्वान गरेको हो । समितिले मंसिर ३० र पुस १ गते आह्वान गरेको आन्दोलनको क्रममा इलामको रोङ गाउँपालिका–४, किटनीस्थित पराल बोकेको गाडीमा आगजनी गरिएको थियो । आगजनी गरेको..

राज्य व्यवस्था समितीको बैठकमा गृहमन्त्री श्रेष्ठको राजिनामा माग

१६ पौष, काठमाण्डौँ । राज्य व्यवस्था समितीको बैठकमा आज गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग गरिएको छ । नेकपा एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन्। छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए । घटनाको छानबिनका लागि समिति पनि बनेको र तलका मान्छेलाई कारबाही पनि गरिसकेकाले अब गृहमन्त्रीले राजिनामा दिदा राम्रो हुने उनले बताए । विदेश गएर काम गरेर खान्छु..

कांग्रेसले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ दलसँग गठबन्धन गर्ने

१५ पुष, काठमाडौँ । नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ दलसँग गठबन्धन गर्ने भएको छ । पुस १२ देखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा साझा उम्मेदवार उठाउने निणर्य गरेको हो । ‘राष्ट्रिय सभाको निर्वाचनका लागि सत्तारूढ गठनबन्धनमा आवद्ध दलहरूको बीचमा हुने सहमतिका आधारमा साझा उम्मेद्वार बनाउने,’- निणर्यमा भनिएको छ । साथै, उम्मेदवार प्रस्तुत गर्दा विधानको धारा ३२(९) बमोजिम प्रदेश कार्यसमितिको सिफारिस भई..

राष्ट्रियसभा सदस्य निर्वाचन र सिट बाँडफाँडबारे छलफल गर्न शीर्ष नेताहरूको बैठक

१५ पुष, काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचन र सिट बाँडफाँडबारे छलफल गर्न बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । केही बेरअघिबाट सुरु भएको बैठकमा राष्ट्रियसभा सदस्यका लागि कुन दलबाट कति उम्मेदवार उठाउने भन्ने बारेमा छलफल हुने नेताहरूले बताएका छन् । साथै समसामयिक राजनीतिक घटनाक्रम बारेमा समेत छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत नेताहरू सहभागी छन् । आगामी पुस..

सङ्घीय ऐन निर्माणका निम्ति गम्भीररूपमा लागिपरेको छुः प्रधानमन्त्री ‘प्रचण्ड’

१४ पुष, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक सङ्घीय कानुन निर्माणका निम्ति आफू गम्भीररूपमा लागिपरेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँगको सामूहिक छलफलका क्रममा प्रधानमन्त्री दाहालले सङ्घीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले आफ्नो ध्यान सङ्घीयताको कार्यान्वयनमा केन्द्रित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईहरू सबै जानकार नै हुनुहुन्छ, मैले नै सङ्घीय गणतन्त्रको परिकल्पना गरी त्यसका निम्ति सङ्घर्ष गरेको थिएँ,..

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जापानका राजदूत युटाकासँग शिष्टाचार भेट

१२ पुष, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि जापानका राजदूत किकुटा युटाकाले शिष्टाचार भेट गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटका क्रममा राष्ट्रपतिले जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताका लागि व्यक्त गरेको निशर्त सम्मानका लागि नेपालीले खुल्ला दिलले प्रशंसा गरेका छन् । त्यस्तै उनले नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्‍याएको सहयोगका लागि धन्यवाद व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रिय राजनीतिमा नेकपा एसको हैसियत र भूमिका नबिर्सन माधव नेपालको चेतावनी

११ पौष, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो नेतृत्वको पार्टीको हैसियत र भूमिका छ भन्ने कुरालाई नबिर्सन अन्य दलहरूलाई चेतावनी दिएका छन् । आज सुरु भएको नेकपा एसको सातौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको राजनीतिको कोर्स चेन्ज गर्ने भूमिका खेलेको र आज मात्रै बसेको समाजवादी मोर्चाको बैठकमा समेत एकीकृत समाजवादीबारे चर्चा भएको बताएका हुन् । उनले सबै कुरासँग सहमत हुन नसक्ने भन्दै..

कम्युनिस्टहरू मिल्न नसके ०८४ को चुनावमा धुलोपिठो बनाउँछन्ः झलनाथ खनाल

११ पुष, काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले कम्युनिस्टहरू मिल्न नसके ०८४ को चुनावमा धुलोपिठो हुने सम्भावना औंल्याएका छन् । पार्टीको आज बुधवार बाट सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले ०८४ को चुनाव कम्युनिष्टहरुका लागि राम्रो नहुने संकेत गरेका छन् । ‘कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउन सकेनौँ भने ०८४ को चुनावमा वामपन्थीहरुलाई एक्लै बनाएर धुल्याउने योजना छ’, उनले भने, ‘कुन बाटोबाट हुन्छ,..

ज्येष्ठ नागरिकको ज्ञानले राष्ट्रको दीर्घकालीन विकासमा मार्गदर्शन प्रदान गरेको प्रधानमन्त्रीको भनाई

११ पुष, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्येष्ठ नागरिकका ज्ञान, अनुभव, सीप तथा नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्नुपर्ने बताएका छन् । तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा जारी शुभकामना सन्देशमा उनले उक्त कुरा बताएका हुन् । ज्येष्ठ नागरिकका महत्त्वपूर्ण ज्ञान, सीप, अनुभव, आदर्श तथा नैतिक दर्शनले राष्ट्रको दीर्घकालीन हित र विकासको लागि मार्गदर्शन प्रदान गरेको प्रधानमन्त्रीको भनाई छ । ज्येष्ठ नागरिकहरूको सम्मानित, आरोग्यपूर्ण  र..

समाजवादी मोर्चाका नेताहरू छलफलमा

११ पुष, काठमाडौँ । समाजवादी मोर्चाका नेताहरू छलफलमा जुटेका छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताबिच छलफल जारी छ । छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरू सहभागी छन् । सरकारको एक वर्ष पुगेका अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेको दोस्रो दिन..