‘जसपा’ले पार्टीनिकट युवालाई प्रशिक्षण दिँदै

५ फागुन, धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालले युवालाई प्रशिक्षण दिने भएको छ । जनकपुरस्थित रमण टावरमा शनिबारदेखि तीन दिवसीय प्रशिक्षणको आयोजना गरी पार्टीनिकट युवालाई प्रशिक्षण दिन लागेको हो । जसपाले पार्टीको प्रदेशस्तरिय प्रशिक्षण सम्पन्न गरी भ्रातृसङ्गठनको प्रशिक्षण गर्न लागेको हो । समाजवादी युवा सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा हुन लागेको प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू प्रशिक्षकको रूपमा रहने छन् । सङ्गठनका केन्द्र, प्रदेश र जिल्ला तहका..

कोशीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

२६ माघ, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शुक्रबार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । मुख्यमन्त्री केदार कार्कीले ४ जना मन्त्री तथा दुईजना राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरेका थिए । मुख्यमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयमा प्रदीपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयमा नारायण बुर्जा मगर, सामाजिक विकास..

कोशी सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति

२६ माघ, विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । आज शुक्रबार भएको वार्तामा प्रदेशको नाम पहिचानको आधारमा पुनः नामांकन गर्न पहल गर्ने लगायतका पाँच बुँदे सहमति भएको हो । पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले पहिचानको आधारमा पुनः नामांकन गर्न पहल गर्ने, आन्दोलनका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने लगायतका ५ बुँदे सहमति भएको जानकारी दिए । सहमतिका बुँदा यस्ता छनः १. पहिचानका आधारमा..

कोशी प्रदेशमा थप ४ मन्त्री र दुई राज्यमन्त्री नियुक्त

२६ माघ, विराटनगर । कोशी प्रदेशमा थप ४ मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त भएका छन् । यसअघि ४ मन्त्री र १ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी थियो । अन्तिम समयमा १ जना राज्यमन्त्री थपिएको हो । कोशीमा कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री मन्त्री नियुक्त भएका छन् । सुनुवारलाई स्वास्थ्य र खत्रीलाई उद्योग कृषि, तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै कांग्रेसकी इन्दिरा थापालाई आर्थिक मामिला..

रौतहट पुगेर प्रभु शाह विरुद्ध खनिए ओली

२५ माघ, रौतहट । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रभु साहको कडा आलोचना गरेका छन् । चुनावको बेलामा प्रभु साहले एमालेलाई गम्भीर धोका दिएको उनको टिप्पणी छ । उनले भने,‘प्रभु साहको पछि लागेर कुन वैतरणी पार होला ? मौलापुर ? अर्काेपल्ट जमानत जोगिए धन्यवाद छ, जोगिँदैन जमानत !’ आज (बिहीबार) रौतहट एमालेको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले माधव नेपाल र प्रभु साहले धोका दिएको भन्दै..

संघीयता कार्यान्वयनबारे शीर्ष नेता र मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल

२५ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटामा बिहीबार संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे प्रधानमन्त्री दाहालले गठबन्धनका नेता र मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन् । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानन्त्री पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र)..

प्रधानमन्त्री प्रचण्ड र रेशम चौधरीबिच ‘वान टु वान’ भेटवार्ता

२५ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिषचन्द्र लाल आयोगको प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीबिच भएको ‘वान टु वान’ भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका हुन् । भेटवार्तापछि प्रतिक्रिया दिर्दै चौधरीले भने, ‘गठबन्धन घटक दलहरुसँग सल्लाह गरेर सार्वजनिक गर्न सकिन्छ । किन सकिँदैन र ? भन्नुभयो ।’ नाउपा अध्यक्ष चौधरीले अगाडि भने, “सार्वजनिक नहुनको कारण के हो..

एमाले धादिङको अधिवेशनमा कुटाकुट, एक जनाको हात नै भाचियो

२१ माघ, धादिङ । नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा झडप भएको छ । झडपपछि अधिवेशन नै स्थगित भएको छ । माघ १९ गते सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत गर्ने नामहरूका बारेमा विवाद भएपछि शनिबारको बन्दसत्रमा कुटाकुट भएको हो । कुटाकुट र भिडन्तमा एक एमाले कार्यकर्ताको हात नै भाँच्चिएको छ । बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अर्काे सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको जनाएका छन्..

कमल थापाको आरोपः ‘लघुबित्त सम्बन्धि समस्या समाधान गर्न सरकार उदासिन बन्यो’

२० पौष, काठमाण्डौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी र लघुबित्त सम्बन्धि समस्याको समाधान गर्न सरकार उदासिन भएको बताएका छन् । यसका लागि सरकारले तत्काल समस्या समाधानको लागि ध्यान नदिए परिस्थिति विष्फोटक हुने उनले चेतावनी दिएका छन् । समस्याको समयमै यथोचित ढङ्गले सम्बोधन गर्न नसके अर्थतन्त्र धराशायी हुने तथा समग्र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पर्ने भन्दै थापाले ३ खम्बे नीति अनुसार काम गर्ने भन्ने सरकारले एउटा खम्बा सहकारी क्षेत्र..

काठमाडौँमा एमालेको युवा महोत्सव

२० पौष, काठमाण्डौँ । नेकपा एमालेले काठमाडौँमा युवा महोत्सव २०८० को आयोजना गरेको छ । आज शनिबार एमाले काठमाडौँ जिल्ला कमिटीले राजधानीको टुँडिखेलमा युवा महोत्सवको आयोजना गरेको हो । महोत्सवमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुको उपस्थिति रहेको छ ।