राजनीति

प्रधानमन्त्री प्रचण्ड’ले भोली राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौं, ९ पुस । प्रधानमन्त्री प्रचण्ड’ले भोली (मङ्गलबार) अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेको अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन तथा..

शीर्ष दलका नेताहरुबीच आज पनि छलफल
९ पुष, काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धित विधेयकलाई टुंगोमा पुर्याउने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरु आजपनि छलफलमा जुट्ने भएका छन् । सोमबार साँझ प्रधानमन्त्री प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचमा छलफल हुन लागेको हो । तीन दलका शीर्ष नेताहरुबीच आइतबार पनि छलफल भएको थियो । बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको..

शीर्ष नेताहरुबिच सामूहिक छलफल
८ पुष, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सामूहिक छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित रहेको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ । शीर्ष तीन नेताहरूबिचको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि उपस्थित थिए ।

माओवादीले राम्रो काम गर्यो, जस अरूले लियोः प्रधानमन्त्री ‘प्रचण्ड’
७ पुष, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी रूपान्तरण र गतिशील बनाउन नसके मुलुकको परिवर्तनको रक्षा हुन नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा पार्टीको बूढानीलकण्ठ नगर सम्मेलनको उद्घाटन गर्दै उनले माओवादीको नेतृत्वमा नै मुलुकमा परिवर्तन स्थापित भएको जिकिर गरे । पार्टी रूपान्तरण र गतिशील बनाउन नसके माओवादीको भविष्यका साथै परिवर्तनको रक्षा हुन नसक्ने उनको भनाइ थियो । माओवादीलाई बलियो बनाए मात्र मुलुकको परिवर्तनको रक्षा..

मेरो तागतले भ्याएसम्म र म रहेसम्म गणतन्त्रमाथि कुनै आँच आउन दिन्नः राष्ट्रपति पौडेल
७ पुष, विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले आफु रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु । मेरो तागतले भ्याएसम्म र म रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन ।’ उनले आफूलाई संविधानले दिएको जिम्मेवारी निष्ठापूर्वक पालना गर्ने समेत बताए..

फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने कांग्रेस महामन्त्री शर्माको दावी
७ पुष, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । शनिवार बागमती प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका मागहरू पूरा गर्न आग्रह गरेका छन् । उनले काँग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानुन आएन भने महासमितिको बैठकबाट निणर्य गरेर काँग्रेसले सिंहदरबार घेर्ने..

हालको ब्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना छैनः देउवा
७ पुष, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको ब्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेको बताएका छन् । वर्तमान व्यवस्थाले समावेशी र समानुपातिक रुपमा सबैलाई समेटेको उनको भनाई छ । उक्त कार्य एकदमै राम्रो रमहत्वपूर्ण रहेको उनले बताए । आज (शनिबार) कांग्रेसको बागमती प्रदेश सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेको बताउँदै मिलेर अगाडि बढ्नुपर्ने बताए..

देश जोगाउने हो भने एमाले रोज्नुपर्दछः महासचिव शंकर पोखरेल
७ पुष, ललितपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको बताएका छन् । शनिवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको वागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले सो दाबी गरेका हुन् । महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको यात्रालाई वर्तमान सरकारले अवरुद्ध पारेकाले पनि त्यसलाई सुचारु गराउन एमालेलाई रोज्न सबैलाई आह्वान गरे । ‘अब स्वार्थहरुको गठबन्धन होइन, नीतिगत..

भोट माग्न आउँदा कन्ट्रक्ट पेपर रेडी गरेर राख्नुस्ः रवि लामीछाने
७ पुष, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामीछानेले घरघरमा भोट माग्न आउँदा कन्ट्राक्ट पेपर रेडी गरेर राख्न आग्रह गरेका छन् । पोखरामा जिरोकिलोमा बनेको पार्टीको घण्टीघर उद्घाटन गर्दै सभापति लामीछानेले भोट माग्न आउँदा कन्ट्याक्ट् पेपर रेडी गरेर राख्न आग्रह गरेका हुन् । ‘हामी कन्ट्रक्ट गरेर जान सक्छौ । हामी लक्ष्य यहाँसम्म पुर्याउछौ भनेर कन्ट्रक्ट गरेर जान तयार छौं । मैले गत चुनावमा पनि भनेको थिए । मेरो..

कांग्रेस मधेश सम्मेलनः शेखर कोइराला र उनका पक्षधर नेताहरुद्वारा बहिष्कार
५ पुष, जनकपुधाम । नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनमा आसनग्रहणको मर्यादाक्रमबारे विवाद देखिएको छ । जनकपुरधामको तिरहुतिया गाछीमा आज कांग्रेस मधेश प्रदेश सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका हुन् । तर सभापति देउवा सहभागी पार्टीको प्रदेश सम्मेलनमै किचलो देखिएको छ । प्रदेश सम्मेलन उद्घाटन समारोह आसनग्रहणकै मर्यादाक्रम नलिएको भन्दै नेता शेखर कोइराला र उनका पक्षधर नेताहरुले बहिष्कार गरे । सम्मेलनमा पुगेका नेता बिमलेन्द्र निधिले भने आसन ग्रहण गर्न मानेनन्..