रौतहट पुगेर प्रभु शाह विरुद्ध खनिए ओली

रौतहट पुगेर प्रभु शाह विरुद्ध खनिए ओली


२५ माघ, रौतहट । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रभु साहको कडा आलोचना गरेका छन् । चुनावको बेलामा प्रभु साहले एमालेलाई गम्भीर धोका दिएको उनको टिप्पणी छ । उनले भने,‘प्रभु साहको पछि लागेर कुन वैतरणी पार होला ? मौलापुर ? अर्काेपल्ट जमानत जोगिए धन्यवाद छ, जोगिँदैन जमानत !’

आज (बिहीबार) रौतहट एमालेको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले माधव नेपाल र प्रभु साहले धोका दिएको भन्दै आलोचना गरेका हुन् । सो क्रममा उनले नेपाल र प्रभु साहसँग भ्रमवश गएकाहरूलाई फिर्ता आउन अपिलसमेत गरे । उनले माधव नेपाल प्रतिक्रियावादीको पछि लागेर हिँडेको र अहिले भड्खालोमा परेको आरोप लगाए ।

सम्बोधनको क्रममा उनले भने,‘अहिलेको सरकारले देशलाई सर्वत्र अस्तव्यस्त बनाएको छ। जनतालाई कुनै पनि राम्रो, नयाँ काम गरेको छैन। हामीले थालेका विकास–निर्माण र आयोजना अलपत्र बनाएको छ। माधवकुमार नेपाल यतातिर आएर के भन्छन्, हिजोका दिन मैले यसो अनलाइन हेरेको, केपी ओलीसँग बोलचाल बन्द, माधवकुमार नेपालसँग बोलाचाल नहुँदा हाम्रो के बिग्रिन्छ र हँ ? माधव नेपाललाई म सुझाव दिन्छु, रौतहटका जनतासँग पनि बोली बोलाचाल बन्द गरे हुन्छ। अनि के म बोलचाल गरिपाऊँ भनेर निवदेन हाल्न गएको छु ? उहाँका बारेमा केही टिप्पणी गर्नुछैन। कहिलेकाहीँ बढ्ता जान्ने भएर, अहंकारले उफ्रिँदा भड्खालामा जाकिन्छ, कसरी जाकिन्छ भने माधवकुमार नेपाललाई हेरे पुग्छ !’

प्रतिक्रिया:

सम्बन्धित खवर