राजनीति

बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न एमालेद्वारा सरकारको ध्यानाकर्षण
१३ फागुन, काठमाडौं । नेकपा एमालेले बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गरेको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा सुरुमै आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । ‘हामी कहिले पनि संसद अवरोध होस् भन्ने चाहँदैनौं । तर, प्रतिपक्षले उठाएका विषय नसुन्ने गर्न खोज्दा संसद अवरोध विगतमा भएका छन्,’ उनले भनेका छन्, ‘विवादित मन्त्रीहरुबारे छिटोभन्दा छिटो प्रधानमन्त्रीले जवाफ..

इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन आगामी वैशाख तेस्रो साता
१३ फागुन, काठमाडौं । प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन आगामी वैशाख तेस्रो साता हुने भएको छ । त्यसबारे निर्णय गर्न आज निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दै छ । बैठकले वैशाख १४ गते पछाडि र २० गते अगाडिको मिति तोक्ने तयारी गरेको छ । इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएकाले सो पद रिक्त छ ।..

मधेशको विकासबिना देशको विकास सम्भव छैनः प्रधानमन्त्री प्रचण्ड’
१२ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयलाई गम्भीर रुपमा लिएको बताएका छन् । धनुषाको सबैला नगरपालिका पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिका–५ चिकना जोड्ने पक्की पुलको शिलान्यास गर्दै तराईमा सिँचाइ, मलबीउको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढावा दिने प्रतिबद्धता जनाए । देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न बृहत आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउँदै प्रधानमन्त्रीले बूढीगण्डकी एवं कर्णाली चिसापानीजस्ता ‘गेम चेन्जर’ आयोजना..

सामाजिक सञ्जालले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरासँग आफू सहमत छैन्ः उपाध्यक्ष पौडेल
१२ फागुन, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जालले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरासँग आफू सहमत नरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालबाट गलत सूचना संप्रेषण गरेर समाजलाई गलत कुरा बुझाउने प्रयास भने भइरहेको बताए । ‘मलाई के लाग्छ भने यो सोसल मिडियाले मिस कम्युनिकेसनको कुरा गरेको छ । गलत सूचना संप्रेषण भइरहेको छ र समाजलाई गलत..

सरकारले थालेको सुशासनको अभियान रोकिन्दैन्ः उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ
१२ फागुन, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियान नरोकिने दाबी गरेका छन् । सप्तरीमा आयोजिक एक कार्यक्रममा बोल्दै ललिता निवास, भुटानी शरणार्थीदेखि बासबारी जग्गा हिनामिनाको ठूला फाइल खोलेको बताए । उनले भने, ‘सरकारले भ्रष्टाचार र जालसाझी, किर्ते र ठगी गरेर राज्य लुट्ने प्रक्रियालाई बन्द गराएर दोषी र अपराधीलाई कानूनको कठघरामा ल्याइछाड्छौं । र, नेपालमा ठूल्ठूला पहुँच भएका धनाड्यहरु र ठूला कर्मचारीहरु मिलेर लुटे भन्ने स्थितिको..

समाजवादी मोर्चाले नेकपा एमालेसहित वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने
१२ फागुन, काठमाडौं । समाजवादी मोर्चाले नेकपा एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुने पत्राचार गर्ने निर्णय गरेको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोर्चालाई विस्तार गर्ने निर्णय गरेको हो । विप्लव नेतृत्वको नेकपा नेता अनिल शर्माको अनुसार अब मोर्चाको निर्णपछि मोर्चाका संयोजक नेत्र विक्रम चन्द मोर्चामा आबद्ध हुनको लागि पत्राचार गर्नेछन् । उनले भने, ‘एमालेसहित नेकपा मशाल, मोहन वैद्य किरण, आहुती, ऋणी कट्टलेलगायत सबैले नेतृत्व..

एकमत भएर गए काँग्रेसलाई कसैले हराउन सक्दैन्ः काँग्रेस नेता डा. शशांक कोइराला
१२ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले आउँदो निर्वाचनमा एकमत भएर गए काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । कोइरालाले नेपाली काँग्रेसलाई अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टीको रूपमा अघि बढाउन आवश्यक रहेको बताए । उनले आउँदो निर्वाचनमा पार्टी उत्साह र उमङ्गका साथ अघि बढ्ने दाबी गरे । उनले भने, ‘नेपाली काँग्रेस सर्वश्रेष्ठ पार्टीको..

बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैनः प्रधानमन्त्री ‘प्रचण्ड’
१२ फागुन, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताए । प्रधानमन्त्रीले भने, ‘बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र..

लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन् : प्रधानमन्त्री दाहाल
९ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताउनुभएको छ। लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै उहाँले चाँडै लघुवित्त र सहकारी समस्या समाधान गरिने विश्वास दिलाउनुभयो। प्रधानमन्त्री दाहालले भन्नुभयो, “विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा यो क्षेत्रले राम्रो काम गर्दै आएको हो तर पछिल्लो समय यो ठूलो समस्यामा फस्दै गएको छ। यसमा कतिपय..

कांग्रेसको महासमिति बैठकमा कोसी प्रदेशका १४ जिल्ला सभापतिहरुले राखे १६ बुँदामा साझा धारणा
९ फागुन, ललितपुर । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा कोसी प्रदेशका १४ जिल्ला सभापतिहरुले १६ बुँदामा साझा धारणा राखेका छन् । सम्मेलन केन्द्रको मुख्य हलमा जारी छलफलमा उनीहरुले पार्टीको विधान संशोधन, मर्यादाक्रम, पार्टीको सांगठनिक परिचालनलगायत विषयमा साझा धारणा प्रस्तुत गरेका हुन् । जिल्ला सभापतिहरुले नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरुको हकमा स्वतः महाधिवेशन प्रतिनिधि महासमिति सदस्य हुने व्यवस्था परिवर्तन गरी क्षेत्रीय प्रतिनिधि मात्र कायम गर्नुपर्ने, पार्टीको आन्तरिक..