सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले गरे दुई मन्त्रीलाई बर्खास्त

२२ फागुन, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । केन्द्रमा बनेको नयाँ गठबन्धन पछि प्रदेशका माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई मुख्यमन्त्री शाहले हटाएका हुन् । मुख्यमन्त्री शाह नेपाली कांग्रेसका हुन् । माओवादीका सामाजिक विकासमन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र राज्यमन्त्री गीता माललाई मुख्यमन्त्री शाहले हटाएका हुन् । शाहले रिक्त दुई मन्त्रालय आफैँसँग राखेका छन् । यसअघि गण्डकी..

लोसपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री तयार

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको निमन्त्रणमा अध्यक्ष ठाकुर र नेता शरतसिंह भण्डारी उनलाई भेट्न मंगलबार बिहान बालुवाटार पुगेका थिए । भण्डारी अघिल्लो सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री थिए । मन्त्रीकै हैसियतमा विदेशमा रहेका बेला उनलाई प्रधानमन्त्रीले पदबाट हटाएका थिए । भेटमा प्रधानमन्त्रीले सत्ता गठबन्धन र सरकारमा सामेल हुन आग्रह गरेको लोसपाका महामन्त्री डा. सुरेन्द्र..

शक्ति बाँडफाँट गर्न ओली, रवि र उपेन्द्र बालुवाटारमा

२१ फागुन, काठमाडौँ । नयाँ गठबन्धनको दोस्रो बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शक्ति बाँडफाँटमा सहमति जुटाउन नेताहरुको बैठक सुरु भएको हो । छलफलका लागि एमाले अध्यक्ष केपी शर्माओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन् । यसअघि मन्त्री बाँडफाँट लगायतका मुख्य शक्ति भागबन्डाका लागि चारवटै दलका नेताहरू सम्मिलित कार्यदलले भागबन्डाको खाका तयार पार्न जिम्मा दिएको थियो । जसमा एमालेका उपाध्यक्ष..

‘म नर्मदासम्म देशमा उथलपुथल भइराख्छ’- प्रधानमन्त्री प्रचण्ड

२१ फागुन, काठमाडौं । गठबन्धन परिर्वतन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तरतामा क्रम भंगता भएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सोमबार नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् । सोमबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसलाई नयाँ उथलपुथल भएको बताए । उनले भने, ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो ।’ माओवादी निरन्तरतामा रमाएर बस्न नसक्ने भएकाले..

राजनीतिमा जेजस्तो फेरबदल आए पनि मिसन ८४ नछाड्ने ओलीको दाबी

२१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा जेजस्तो फेरबदल आए पनि मिसन ८४ नछाड्ने बताएका छन् । पार्टी निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । आज देशको परिस्थिति अलि छिटो छिटो हिँड्न खोजेको बताउँदै ओलीले भने, ‘जे जति परिवर्तन भए पनि हामी मिसन ८४ छाड्दैनौं । एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्ने उद्देश्यको साथ मिसन चौरासी भनेको..

कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिए । ‘प्रधानमन्त्रीले नै बाटो फेरेपछि उहाँले नयाँ मन्त्रिपरिषद गठन गर्नुहुन्छ, हामीले राजीनामा किन दिने’, गुरुङले भने । कांग्रेस अब प्रतिपक्षमा बस्ने र संसदको दह्रोसँग उपयोग गर्ने गुरुङले बताए । प्रचण्ड नेतृत्वको वर्तमान मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट ९ जना..

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने

२१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन् । सोमबार उनले मन्त्री पदको शपथ लिने रास्वपाका एक नेताले जानकारी दिए । नयाँ सत्ता समीकरणमा रास्वपाबाट सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहेका थिए । गृह मन्त्री बन्न चाहेका उनलाई नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा  माओवादी केन्द्रले गृह मन्त्रालय दिन चाहेनन् । त्यसैले उपसभापति अर्याल सरकारमा सहभागी भएका एक नेताले..

नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने पक्का

२१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने पक्का भएको छ । आज माओवादी केन्द्रबाट तामाङ मात्र मन्त्री बन्ने तयारी छ । माओवादी स्रोतले भन्यो, ‘आज हितबहादुर जीले शपथ ग्रहण गर्नुहुन्छ ।’

भत्त्कियो सत्ता गठबन्धन, एमालेसहितको नयाँ सरकार बन्दै

२१ फागुन, काठमाडौँ । सत्ता समीकरण परिवर्तन हुने निश्चित भएपछि नयाँ समीकरण निर्माणका लागि प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेता सहभागी छन् । बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल सहभागी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने..

प्रधानमन्त्री ‘प्रचण्ड’, ओली र लामिछानेबीच छलफल जारी

२१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेबीच छलफल जारी छ । अहिले बालुवाटरमा छलफल भइरहेको छ । छलफलमा एमालेका महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, गृहमन्त्री एंव माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, माओवादीका उपमहासचिव वर्षमान पुन सहभागी छन् । वर्तमान सत्ता गठबन्धन परिवर्तन गरी एमाले, माओवादी, रास्वपा, जसपासहितको नयाँ गठबन्धन..