राजनीति
कांग्रेस महामन्त्री गगन थापाले आजदेखि पुनः सुरु गरे ‘संवाद यात्रा’
१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ आजदेखि पुनः सुरु गरेका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा नवलपरासीको सूर्यपुरास्थित प्रतापपुर गुठीबाट सुरु गरेका हुन् । १३ माघबाट झापाबाट सुरु भएको उनको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । बुढाथोकीको २२ माघमा मृत्यु भएपछि संवाद यात्रा नवलपरासीको गोपीगञ्जबाट रोकिएको थियो । स्थगित हुनु अघि १३ जिल्लामा महामन्त्री..
महाधिवेशनको तयारीमा जसपा
१४ चैत । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पहिलो महाधिवेशनको तयारी तीव्र पारेको छ । जसपाको महाधिवेशन जेठ २८ गतेदेखि मधेस प्रदेशको राजधानी जनकपुरमा हुनेछ । अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा रहेको कार्यदलले राजनीतिक प्रतिवेदन र वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ नेतृत्वको कार्यदलले पार्टीको नीति तथा कार्यक्रमको प्रतिवेदन अन्तिम चरणमा पुगेको जसपाले जनाएको छ । जसअनुसार श्रेष्ठले तयार पारेको प्रतिवेदनको मस्यौदाले पार्टीको पाँच वटा मुख्य कार्यभार तय गरेको छ । जसअनुसार पार्टी..
सहकारी प्रकरणमा मेरो नाम बाहेक केही छैन- गृहमन्त्री लामिछाने
१४ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेका थिए । जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम बाहेक केही नभएको बताए । ‘सहकारीमा जहाँ मेरो नाम छ भनिएको छ,..
राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री लामिछाने, प्रश्नको जवाफ दिने
१४ चैत, काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रवि लामिछाने उपस्थित भएका छन् । कांग्रेस नेता रामहरि खतिवडा सभापति रहेको यो समितिको कार्यक्षेत्रभित्र गृह मन्त्रालय पर्छ । बैठकमा सम्बन्धित मन्त्रालयको काम कारबाही र समसामयिक विषयमा मन्त्री समेतको उपस्थितिमा छलफल भइरहेको छ । बैठकमा सदस्यहरूले उठाएको प्रश्नको मन्त्री लामिछानेले जवाफसमेत दिनेछन् ।
नेपाली राजनीतिमा छट्टुहरू हाबी हुन थालेको कांग्रेस महामन्त्री गगन थापाको टिप्पणी
१३ चैत । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी हुन थालेको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रियामा बोल्दै उनले मुलुकमा छट्टुहरू राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम सुरू गरेको टिप्पणी गरेका हुन् । उनले भने, ‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले । छट्टुहरू त आउँछ, लटरपटर पार्छ । झुक्याउँछ । यसो रङरोगन गर्छ, जान्छ । हामीलाई छट्टुहरु..
अहिलेको सहकार्य मिसन ०८४ लाई सहयोग पुर्याउने गरी गरेका छौँ : शंकर पोखरेल
१३ चैत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन ०८४ लाई सहयोग पुर्याउने गरी पाँच दलबीच सहकार्य गरिएको बताएका छन् । वाग्मती प्रदेश कमिटीको कार्यक्रममा मंगलबार उनले अहिले वामपन्थीहरूबीच सहकार्य नगरिएको पनि बताए । “हामीले अहिले गरेको सहकार्य मिसन ०८४ लाई सहयोग पुर्याउने गरी गरेका छौँ । अहिलेको पाँच दलको सहकार्य वामपन्थी सहकार्य होइन,” उनले भने, “यद्यपि त्यहाँ वामपन्थी दलको सहभागिता बढी छ ।” पोखरेलले न्यूनतम प्राथमिकता र साझा कार्यक्रमअनुसार..
इलाम २ को उपचुनावमा मिलन लिम्बूलाई उठाउने ‘रास्वपा’को तयारी
१३ चैत । रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ को उपचुनावमा मिलन लिम्बूलाई उठाउने तयारी गरेको छ। स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारमा खटिइसकेका मिलनलाई रास्वपाले आफ्नो दलमा ल्याउने भएको हो। माओवादी त्यागेर गत चैत ४ गते मिलनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए। संविधान सभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि रिक्त सो क्षेत्रमा रास्वपाले पनि पहिचान पक्षधर भनेर चिनिएका मिलनलाई अघि सार्ने..
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ विदेशीमन्त्री वाङ यीसँग भेटवार्ता गर्दै
१३ चैत । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार चिनियाँ विदेशीमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। विदेशमन्त्री वाङ यीको निम्तोमा एक साता लामो भ्रमणका सोमबार बिहान बेइजिङ पुगेका श्रेष्ठले आज चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्न लागेका हुन् । विदेशमन्त्री वाङ यीसँगको भेटमा यसअघि नेपालसँग भएका सम्झौता कार्यान्वयनको समीक्षा र चीनको विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ(बीआरआई) परियोजना कार्यान्वयनको विषयमा छलफल हुने बताइएको छ ।..
एमाले उपाध्यक्ष विष्णु पौडेल हिँडे चीन भ्रमणमा
१३ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् । बोआओ फोरममा सहभागी हुन पौडेल आज चीन प्रस्थान गरेको नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म आयोजना हुँदैछ । यसमा नेपाल सरकारको तर्फबाट चीनका लागि नेपाली राजदूत सहभागी हुने कार्यक्रम छ । हाल उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीनको बेइजिङ भ्रमणमा छन् ।
कांग्रेस महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः सुरु गर्ने
१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा बिहीबार (१५ चैत) बाट सुरु गर्न लागिएको हो । १३ माघबाट इलामबाट सुरु भएको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । १३ माघ देखि २६ माघसम्म हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी यात्रा तय भएको थियो । बुढाथोकीको..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७