राजनीति
एमाले उम्मेदवार सुहाङ नेम्वाङले मनोनयन दर्ता गराए
२४ चैत, इलाम । इलाम २ मा नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । एमालेका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका हुन् । १५ वैशाखमा हुने उपनिर्वाचनका लागि इलाम २ मा सुहाङसहित ७ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । एमालेले उपनिर्वाचनका लागि चुनावी कमाण्डर बनाएकी पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया तुम्वाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज..
प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरियाको भ्रमण गर्ने
२४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरियाको भ्रमण गर्ने बताएका छन् । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरणसहित बिदाइ गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रसंघको अधिवेशनको समयमा कोरियाका राष्ट्रपति योन सुक योलसँगको भेटमा दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने र सहयोगको क्षेत्रलाई अझ बिस्तार गर्नेकुरामा छलफल भएको पनि बताए । सोही समयमा दक्षिण..
पहिचानवादी थेगिमले उम्मेदवारी दर्ता गराए
२४ चैत, इलाम । १५ वैशाखमा इलाममा हुने उपनिर्वाचनका लागि हालसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु थेगिमले पनि मनोनयन दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा उनले पाचौं नम्बरमा मनोनयन दर्ता गराएका हुन् । उनको मनोनयन दर्ताका क्रममा ठूलो समूह बाजा गाजा, ढोल झ्याम्टा बजाउँदै र आआफ्नो साँस्कृतिक पहिरचसहित आएका थिए ।..
एमालेद्वरा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान
२४ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए । उनका अनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ । बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन् । परिषद् बैठकको तयारी गर्न शनिबार केन्द्रीय कार्यालयमा बैठक..
उपनिर्वाचनका लागि उम्मेदवारहरुकोे मनोनयन पत्र दर्ता आज
२४ चैत । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ । आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ । यस्तै उम्मेदवारको विरोधमा उजुरी दिनका लागि भोलि बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ..
माओवादी र एमालेद्वरा संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सुहाङलाई मतदान गर्न अपिल
२४ चैत । इलाम–२ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने औपचारिक निर्णय गरेको छ । माओवादीका जिल्ला संयोजक विजय खम्बु र एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सुहाङलाई मतदान गर्न अपिल गरेका छन् । इलामका सन्दर्भमा प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच केन्द्रमै सुहाङलाई सघाउने समझदारी भएको विज्ञप्तिमा उल्लेख..
नेपाल समाजवादी पार्टीले इलाम–२ मा डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने
२३ चैत । नेपाल समाजवादी पार्टी (नेसपा)ले इलाम–२ मा डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले उपनिर्वाचनमा थेगिमलाई समर्थन गर्ने जनाएको छ । पार्टी प्रवक्ता कृष्ण शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै थेगिमलाई विजयी गराउन आह्वान गरेका छन् । थेगिम पहिचानवादी स्वतन्त्र उमेदवार हुन् । त्यस क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त
२३ चैत । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार माओवादी संसदीय दलका नेता महरालाई संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालका अनुसार उनलाई ४८ सांसदले समर्थन गरेका थिए । यसअघिका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार राजीनामा बुझाएका थिए । सात सदस्यीय प्रदेशसभाको बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । महरालाई मुख्यमन्त्री बनाउन चार सदस्यले..
उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहने
२३ चैत । उपनिर्वाचनका लागि प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्तिमार्फत मतदानस्थल र केन्द्र स्वीकृत गरिएको जानकारी दिए । त्यस्तै, प्रदेशसभातर्फ बझाङ–१ ‘क’ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहने गरी आयोगले स्वीकृति दिएको छ । देशभर कुल १० हजार ८९२ मतदानस्थल स्वीकृत गरिएको शर्माले जानकारी दिए । आगामी वैशाख १५..
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महराको दाबी
२३ चैत । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)को संसदीय दलका नेता जोखबहादुर महराले दाबी प्रस्तुत गरेका छन् । सत्ता साझेदार दलहरूको बैठकले बिहीबार नै महरालाई मुख्यमन्त्रीमा दाबी पेसका लागि अघि बढाउने निर्णय गरेको थियो । शुक्रबार ४४ सांसदको हस्ताक्षरसहित महराले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन् । मुख्यमन्त्री नियुक्तिको लागि महराले एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा र स्वतन्त्रसहित ४४ सांसदको समर्थन पेस गरेका हुन् । लुम्बिनीमा चार..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७