राजनीति
अनावश्यक आरोप र भ्रमलाई पार्टीका सबै नेताकार्यकर्ताले चिर्नु आवश्यक छः सुहाङ नेम्वाङ
२२ चैत, इलाम । इलाम २ का एमाले उम्मेद्धवार सुहाङ नेम्वाङ्ले सिंगो पार्टी एक भएर मात्र आउदो उपनिर्वाचनमा जित निकाल्न सकिने बताएका छन् । नेकपा एमाले चुलाचुली पालिका कमिटीको बैठकलाई सम्बोधन गर्दे उनले अनावश्यक आरोप र भ्रमहरुलाई पार्टीका सबै नेता कार्यकर्ताहरुले चिर्न सक्नुपर्ने बताए । इलाममा केही विकाश भएन भन्ने भ्रम धेरै जनतामा छाएको भन्दै एमाले कार्यकर्ताले जनतासामु प्रस्ट्याउनु पर्ने दिन आएको उनले बताए । चुलाचुलीको भुगोलमा हिजो बाटो नभएको..
एमाले झापाको अध्यक्षमा प्रेम गिरी सर्वसम्मत चयन
२२ चैत । नेपाल कम्युनिस्ट पार्टी (एमाले) झापाको अध्यक्षमा प्रेम गिरी सर्वसम्मत चयन भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा गिरी सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक टंक दंगालले बिहीबार घोषणा गरेका हुन् । पार्टीको जिल्ला उपाध्यक्षमा शिवकुमार ढुंगेल, सचिवमा तुलसी कार्की, उपसचिवमा असारु राजवंशी, महिला उपसचिवमा अनिता कन्दङ्वा सर्वसम्मत चयन भएको संयोजक दंगालले जानकारी दिए । उनका अनुसार, जिल्लामा अधिवेशनबाट १४९ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ ।..
लुम्बिनी प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री चौधरीले राजीनामा दिँदै
२२ चैत । लुम्बिनी प्रदेशसभा बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सम्बोधन गर्दैछन् । चौधरीले प्रदेशसभामा सम्बोधनसँगै राजीनामा दिने तयारी गरेका छन्।
सङ्घीय संसद्का महासचिव र सचिवहरूलाई पेन्सन दिन प्रस्ताव
२२ चैत । सङ्घीय संसद्का महासचिव र सचिवहरूलाई पेन्सन दिन प्रस्ताव गरिएको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सङ्घीय संसद् सचिवालय सम्बन्धी ऐन, २०६४ मा पनि संशोधन हालिएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सो संशोधन उपर छलफलका क्रममा बोल्दै सङ्घीय संसद् सचिवालयका सचिवालय सचिव रोजनाथ पाण्डेले यस्तो प्रस्ताव गरेका हुन् । उनले संसद् सचिवालयको तर्फबाट प्रस्तुति दिँदै सङ्घीय संसद् सचिवालयका महासचिव र सचिवहरूलाई..
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन एमालेद्वरा ह्वीप जारी
२२ चैत, धनगढी । नेकपा एमालेले पनि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । भर्खरै सम्पन्न प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मत सम्बन्धि प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिए । मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए तर प्रदेश सभाको बैठक दुई घण्टा सारिएको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
२२ चैत । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।
इलाम–२ उपनिर्वाचनमा जसपाले डकेन्द्रसिंह थेगिमलाई सघाउने
२२ चैत, इलाम । इलाम–२ मा हुन गइरहेको उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालले डकेन्द्रसिंह थेगिमलाई सघाउने निर्णय गरेको छ । जसपाको आज बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा थेगिमले उम्मेदवारी दिने घोषणा गरेका छन् । पहिचानवादीका तर्फबाट उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । थेगिम कोशी प्रदेशको पुनः नामाङ्कन गर्नका लागि दबाब दिन गठन भएको संयुक्त सङ्घर्ष..
विदेशी लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिइरहेको छः प्रधानमन्त्री प्रचण्ड
२२ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता अनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् । लगानी बोर्डको ५७औं बैठकलाई सम्बोधन गर्दै बिहीबार प्रधानमन्त्री प्रचण्डले पूर्वाधार तथा सेवा क्षेत्रमा विदेशी लगानी ल्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका हुन् । ‘लगानीकर्ताले थाहा पाउनेगरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह हुनुपर्छ,’ प्रचण्डले भने, ‘यो बेलामा हाम्रा संयन्त्रहरूले नेपालमा लगानीको अनुकूल अवस्था रहेको सन्देश दिन आवश्यक छ ।’ प्रधानमन्त्री..
माओवादीले इलाम–२ को उपनिर्वाचनमा सुहाङलाई सघाउने
२२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ। माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएर एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो । माओवादीबाट उम्मेदवार घोषणा गरेका शर्माले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको जानकारी दिए । ‘दुई अध्यक्ष विच हिजो सहमति भएको रहेछ । केन्द्रबाट निर्देशन आएको छ । अब गठबन्धनका उम्मेदवार जिताउन लाग्छौं, माओवादीका केन्द्रीय..
पुरानो सडक मर्मतमा खर्च बढाउन अमरेशकुमार सिंहको आग्रह
२१ चैत । प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको सडक सम्बन्धि बजेट पुरानो सडकको मर्मतमा खर्च गर्न सरकारसँग माग गरेका छन् । नेपालको सडकको अवस्था दयनीय रहेको भन्दै उनले यस्तो माग गरेका हुन् । सडक खराब भएकै कारण दुर्घटनाका घटना बढेको उनको भनाइ छ । नयाँ सडक नभइ पुरानो सडकलाई व्यवस्थित बनाउने काममा सरकारले ध्यान दिनुपर्ने सांसद सिंहको भनाइ छ । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नक्कली सवारीचालक..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७