एमाले झापाको अध्यक्षमा गिरी र उपाध्यक्ष ढुङगेल सर्वसम्मत

१८ चैत, बिर्तामोड । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्ष र उपाध्यक्ष पदमा सर्वसम्मत भएको छ । अध्यक्षमा प्रेम बहादुर गिरी र उपाध्यक्षमा शिव ढुङगेल सर्वसम्मत भएका हुन् । शनिवार भएको उम्मेदवारी दर्तामा अध्यक्ष र उपाध्यक्ष पदमा दुई जनाको मात्रै उम्मेदवारी परेको थियो । अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुङगेलको मात्र उम्मेदवारी परेपछि दुई पदमा सर्वसम्मत भएको हो । चैत १५ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा शुक्रवारबाट बन्दसत्र सुरु..

सत्ता गठबन्धनको बैठक जारी

१८ चैत । सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरूबीच बालुवाटारमा बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको स्रोतले जानकारी दियो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।  “अनौपचारिक छलफल हो । पाँच दलका प्रमुखहरू हुनुहुन्छ,” स्रोतले भन्यो । आजै बिहान बालुवाटारमा संवैधानिक परिषद्को बैठक..

अर्थमन्त्री पुनको प्रमुख आर्थिक सल्लाहकारमा सूर्यबहादुर थापा नियुक्त

१८ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । उनी त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका अर्थशास्त्रका प्राध्यापक हुन् ।

आगामी उपनिर्वाचन एमालेले जित्ने पार्टी अध्यक्ष आलीको दावी

१७ चैत । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताएका हुन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेविरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने..

आफूँ स्थानीय उम्मेदवार भएकोले आफूँले जित्ने मिलन लिम्बुको दाबी

१७ चैत, इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम क्षेत्र नम्बर २ मा उम्मेदवारी घोषणा गरेका मिलन लिम्बुले आफू स्थानीय उम्मेदवार रहेकोले निर्वाचित हुने दाबी गरेका छन् । शनिबार इलामको चोक बजार लाँकुरी चौतारामा रास्वपाले गरेको उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उनले इलामको माटोमा जन्मिएको बताउँदै इलामको माटोको टिका लगाएर संसद् भवन छिर्ने बताए । लिम्बुले आफू इलामको अकबरे, अदुवा र अग्र्यानिक अर्थाेडक्स चियाको उम्मेदवार रहेको उल्लेख गरे । उनले भने– ‘इलामको..

सुवास नेम्वाङको विरासत बोक्न इलाम आएका हौँः रवि

१७ चैत, इलाम । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्वर्गीय नेता सुवास नेम्वाङको विरासत बोक्न इलामको माटोमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको बताएका छन् । शनिवार इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उनले मिलन लिम्बुलाई आफ्नो दलले उम्मेदवार बनाएको बताउँदै इलामले घण्टी बजाएरै छोड्ने दाबी गरे । उनले सुवास नेम्वाङलाई श्रद्धाञ्जली व्यक्त गर्दै उनको सम्मानका लागि इलाममा उम्मेदवारी उठाएको भन्दै नेम्वाङको विरासत रास्वपाले धान्ने उल्लेख गरे..

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

१५ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । उनले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी छन् । सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको थियो । सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् । अब राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्काे कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन् । सत्ता गठबन्धनका नेकपा एमाले, माओवादी..

ढुंगागिट्टी–बालुवा सम्बन्धी विधेयक टुंगिने

१५ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढुंगागिट्टी–बालुवा सम्बन्धी विधेयक छिटो टुंगिने बताएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकलाई सम्बोधन गर्दै उनले यो विधेयकलाई छिटो टुंग्याइने बताए । यो विधेयकले टुंगो पाएसँगै स्थानीय तहदेखि प्रदेशले समेत उठाएका निर्माणसँग सम्बन्धित समस्या समाधान हुने उनको भनाइ छ । उनले काम गर्न नसक्ने हो भने पद ओगटेर बसिराख्नु आवश्यक नरहेको बताए । संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरकार..

मन्त्री भगवती चौधरी र फिनल्याण्डका राजदूतबिच शिष्टाचार भेट

१५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबिच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आयोजित भेटमा दुई देशबिचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका विषयमा आपसी सहकार्यका बारेमा दुई पक्षबिच कुराकानी भएको छ । भेटमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबिचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको..

नेकपा एसले इलाममा जीतबहादुर राईलाई दियो टिकट

१५ चैत । नेकपा (एकीकृत समाजवादी)ले उपनिर्वाचनका उमेदवार टुंग्याएको छ । एकीकृत समाजवादीले इलाम क्षेत्र नम्बर–२ मा जीतबहादुर राई र बझाङ–१ ‘क’मा दिलबहादुर सिंहलाई उमेदवार बनाउने निर्णय गरेको हो । राई इलामकै माईजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष हुन् । पार्टीका सचिव तथा कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार, उमेदवारहरूलाई टिकट दिइसकिएको छ । “उहाँहरूलाई टिकट दिएर क्षेत्रमा पठाइसकेका छौँ,” श्रेष्ठले भने । इलाम–२ र बझाङ–१ ‘क’मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ..