सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगियो

२६ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री प्रचण्ड सहित बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि विना निष्कर्ष टुंगिएको हो । कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछाने माथि छानविनको माग गर्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ । कांग्रेसले उठाएको विषयमा छलफलमा कांग्रेसको सकरात्मक जवाफ नआएको नेकपा एमालेका प्रमुख सचेतक महेश वर्ताैलाले जानकारी..

कोशी प्रदेश माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिने

२६ चैत । कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । केहीबेरमा उनीहरुले मुख्यमन्त्रीलाई राजीनामा बुझाउने तयारी गरेका हुन् । कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती रहेका छन् । सोमबार बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले आजै पार्टीका मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको..

गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको अडान कायमै

२६ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउने अडानबाट पछि नहट्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आफूहरूले उठाएको मागबाट पछि नहट्ने निर्णय गरेको हो । संसदीय छानबिन समितिको मागसहित थप छलफल गर्नको संसदीय दलको बैठक बोलाएको सहमहामन्त्री बद्री पाण्डेले बताए । उनले भने– ‘आज समग्र विषयमा पदाधिकारी बैठकमा छलफल भयो । त्यसबारे थप..

गण्डकीको मुख्यमन्त्री नियुक्तिविरूद्ध नेपाली कांग्रेस सर्वाेच्च अदालत जाने

२६ चैत । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरूद्ध नेपाली कांग्रेस सर्वाेच्च अदालत जाने भएको छ । सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले सरकार गठन प्रक्रियाविरूद्ध अदालत जाने निर्णय गरेको एक नेताले जानकारी दिए । सत्ता गठबन्धनले असंवैधानिक तवरबाट बहुमत पुर्‍याएर सरकारको दाबी पेस गरेको कांग्रेसको ठहर छ । गण्डकीमा सभामुखको हस्ताक्षरसहित नेकपा (एमाले)बाट खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् । त्यहाँ सरकार बनाउने बहुमत पुर्‍याउन ३१..

कांग्रेसले संसदीय दलको बैठक बोलायो

२६ चैत, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो । शीर्ष तहका नेताको बैठकमा संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको छ । ‘संसदका समसायिक विषयमा छलफल गर्न संसदीय समितिको बैठक भोलि बिहान बस्छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘बजेट अधिवेशनको तयारी, संसद्‌मा आएका विधेयक, संसद्को अहिलेको अवस्थाबारे छलफल गर्न संसदीय दलको बैठक बस्छ ।’ मंगलबार प्रतिनिधि..

मुख्यमन्त्री नपाएपछि मन्त्री बन्दै चुमान

२५ चैत । गण्डकी प्रदेशको नेतृत्व आफूहरुले पाउनुपर्ने माग राखेका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान आफैं मन्त्री बनेर खगराज अधिकारी नेतृत्वको सरकारमा जाने भएका छन् । एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्ति भएपछि माओवादी संसदीय दलको बैठकले चुमानकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको प्रमुख सचेतक कुशुम बुढामगरले जानकारी दिइन् । चुमानले यसपटक गण्डकीमा जसरी पनि माओवादीले नेतृत्व पाउनुपर्ने भन्दै केन्द्रसम्मै दबाब दिए पनि असफल भएका थिए । यसअघि पनि पटक..

स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड

२५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तानी व्यवस्थालाई सरल बनाउन सुझाव दिनुभएको छ । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । “अनलाइन सदस्यता दर्ताको व्यवस्था, सही समयमा दाबी गर्ने प्रणाली, प्रविधिमैत्री बीमा प्रणाली जस्ता व्यवस्था र प्रावधानहरू चुनौतीलक्षित सुधारका योजनाहरू हुन्,” प्रधानमन्त्री प्रचण्डले..

राप्रपाद्वरा झापाको विर्तामोडमा राँके जुलुस प्रदर्शन

२५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापाको विर्तामोडमा राँके जुलुस प्रदर्शन गरेको छ । राजतन्त्र पुर्नस्थापना, हिन्दु राज्य कायम गर्नुपर्ने र भ्रष्टचार अन्त्यको माग गर्दै राँके जुलुस निकालिएको विर्तामोड वडा नम्बर १ का राप्रपा अध्यक्ष जनक खड्काले जानकारी दिनुभयो । राप्रपाले विर्तामोडको मुक्ती चौक आसपासको स्थानमा राँके जुलुस प्रदर्शन गरेको हो । चैत्र २७ गते काठमाडौंमा हुने कार्यक्रमको तयारी सन्देश स्वरुप केन्द्रको निर्देशनमा विभिन्न जिल्लामा एकै साथ राके जुलुस..

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस

२५ चैत । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन् । यसमा सभामुखको समेत संख्या गनिएको छ । कोशीमा सभामुखसहित संख्या गनेर दावी पेश गर्दा पछि अदालतले उक्त सरकार उल्ट्याइदिएको थियो । त्यही घटना गण्डकीमा पनि दोहोरिने देखिएको छ । एमालेका २२, माओवादीका सभामुख सहित ८ र मनाङे..

उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ बाट २० जनाको उम्मेदवारी दर्ता

२५ चैत । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ बाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । शनिवार बिहान १० बजेदेखि ५ बजेसम्म राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र व्यक्तिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन । मनोनयन दर्ताका लागि ५ बजेभित्र पुगेका उम्मेदवारहरूको ६ बजेसम्म उम्मेदवारी दर्ता गरिएको छ । इलाम–२ मा नेकपा एमालेबाट..