राजनीति

च्यासलमा एमाले नेताहरु होली मनाउदैँ (फोटो फिचर)
११ चैत, काठमाण्डौँ । नेकपा एमालेका नेताहरूले होली मनाएका छन् । पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठक बस्नुअघि नेताहरूले एकअर्कामा रङ दलेर खुशी साटासाट गरे । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल, उपाध्यक्ष, अष्टलक्ष्मी शाक्य र सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शंकर पोखरेललगायतका पार्टी पदाधिकारीले एकअर्कामा रङ दलेका हुन् ।

बझाङ प्रदेशसभा १ बाट दमन भण्डारीलाई उम्मेदवार बनाउने एमालेको निर्णय
११ चैत, काठमाण्डौँ । नेकपा एमालेले बझाङको उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यस्तै इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । इलाम २ को उपचुनावमा सुहाङ र बझाङ प्रदेशसभा १ को उपचुनावमा भण्डारीलाई अघि सार्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

इलाम २ को उपचुनावमा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय
११ चैत, इलाम । नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले रिक्त प्रतिनिधिसभाको वैशाख १५ गते हुने उपचुनावमा सुहाङलाई अघि सार्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र खाली थियो । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् । पेशाले अधिवक्ता सुहाङले पछिल्लो..

‘होलीपर्व’ले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान पुर्याउँछः राष्ट्रपति
११ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन्। होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख बताएका छन्। उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरे। ‘होलीपर्व असत्यमाथि..

जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा शिवसताक्षीको धार्मिक क्षेत्र चिल्लागढ परिसरमा सरसफाई
११ चैत, झापा । झापाको शिवसताक्षी नगरपालिकामा नेकपा एमालेको प्रभात फेरी कार्यक्रम अन्तर्गत नगरका सबै वडामा विभिन्न कार्यक्रम सञ्चालन भएको छ । आसन्न नेकपा एमालेको झापा जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा जिल्ला कमिटीको निर्णय अनुसार शिवसताक्षीमा विभिन्न कार्यक्रम सञ्चालन भएको हो । शिवसताक्षी वडा ९ को वडा कमिटीले नगरको धार्मिक क्षेत्र चिल्लागढ परिसरमा झरीका बीच पनि सरसफाई गरेको नेकपा एमाले नगर अध्यक्ष मेगाहाङ्ग थोप्रा (रोषन) ले जानकारी दिनुभयो । त्यस्तै वडा..

उपप्रधानमन्त्री श्रेष्ठ आज चीन जाँदै
११ चैत । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन जाँदैछ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका हुन् । श्रेष्ठ आज राति ११ बजे चीनको भ्रमणका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै उनले बेइजिङ र अन्य प्रान्तहरूमा..

आज एमाले सचिवालय बैठक
११ चैत, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ । राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ एमालेले जनाएको छ ।

खेलकुद मन्त्री श्रेष्ठले भने, ‘अहिले ट्रेलर मात्रै हो, फिल्म ८४ मा आउँछ’
१० चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मिसन ८४ को अभ्यासका लागि पार्टी सरकारमा गएको बताएका छन् । शनिबार पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले २०८४ सालमा रास्वपाका धेरै जना मन्त्री बन्ने र अहिले ट्रेलरका रूपमा केही मात्र मन्त्री बनेको बताए । अहिले ट्रेलर मात्र रहेको र फिल्म आउन बाँकी नै रहेको श्रेष्ठले दाबी गरे । अहिले आम नेपालीलाई ‘सर्भिस..

एमाले झापाको ११औं जिल्ला अधिवेशन चैत १५ गते
१० चैत, बिर्तामोड । नेकपा (एमाले) झापाको ११औं जिल्ला अधिवेशन यही चैत १५ गतेदेखि हुने भएको छ । सो अधिवेशनको उद्घाटनका लागि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम रहेको छ । जिल्ला अधिवेशन सम्पन्न गर्नको लागि जिल्ला कमिटीको नवौं पूर्ण बैठकले गठन गरेका ११ वटा उपसमितिले आ–आफ्ना जिम्मेवारीहरु क्रमशः पूरा गर्दै गएको उपसमितिका संयोजकहरुले सचिवालय बैठकमा जानकारी गराएका छन् । बिर्तामोडको अग्रसेन भवनमा गरिने अधिवेशनका लागि..

नैतिकताको आधारमा गृहमन्त्रीेलाई एक मिनेट पनि पदमा बस्ने छुट छैन्ः शेखर कोइराला
१० चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । ‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दाेष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो,’ कोइरालाले भने । सडकदेखि संसदसम्म चौतर्फी विरोध भैरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको त छैन भन्ने प्रश्न उठेको समेत कोइराला बताए ।..