राजनीति
गठबन्धन तोड्न कांग्रेसले लामिछानेमाथि प्रश्न उठाएको प्रधानमन्त्री प्रचण्डको आरोप
२९ चैत । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले वर्तमान गठबन्धन तोड्न सकिन्छ कि भनेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको आरोप लगाएका छन्। आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले रविमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग नै राजनीतिक पूर्वाग्रहपूर्ण रहेको अथ्र्याए । उनले भने रविमाथि प्रश्न कांग्रेस सरकारमै हुँदादेखि नै उठेको थियो । त्यति बेला कांग्रेसलाई कुनै समिति गठन गर्नु परेन..
कोशी प्रदेशसभाको अधिवेशन वैशाख ६ गतेका लागि आह्वान
२८ चैत, विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले वैशाख ६ गते प्रदेशसभा अधिवेशन आह्वान गरेका छन् । कोशी प्रदेश सभाको सम्पूर्ण सदस्यको एक चौथाई भन्दा बढी प्रदेशसभा सदस्यहरुको चैत १६ गतेको लिखित अनुरोधमा प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गरिएको हो ।
कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ
२८ चैत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् । एमाले संसदीय दलका नेता कँडेलले बुधवार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थनले समर्थन गरेको छ ।
कांग्रेसको नियतमाथि छानबिन गर्न समिति बनाउन एमालेको माग
२८ चैत । नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्ताैलाले नेपाली कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणको छानबिन अगाडि नबढाएको विषयमा कांग्रेसमाथि नै छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्ताैलाले कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणमा प्रश्न उठेका व्यक्तिको किन छानबिन भएन भनेर प्रश्न गरेका हुन् । उनले सरकारमा हुँदा किन अनुसन्धान गरिएन भन्दै कांग्रेसको नियतमाथि अनुसन्धान गर्न समिति बनाउनुपर्ने बताए । उनले कांग्रेसले सरकारबाट बाहिरिने बित्तिकै..
राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित
२८ चैत । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबार राष्ट्रियसभा बैठकमा उपाध्यक्षको निर्वाचनमा भएको मत विभाजनमा घिमिरे नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका छन् । उपाध्यक्षकी अर्की प्रतिस्पर्धी कांग्रेसकी पुडासैनीले १६ मतमात्र पाइन् ।..
इलाम–२ उपनिर्वाचनमा परिवार दलले सुहाङ नेम्वाङलाई समर्थन गर्ने
२८ चैत । आगामी वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनमा नेपाल परिवार दलले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने भएको छ। दलको वरिष्ठ उपाध्यक्ष एवम् दलको कोशी प्रदेश समितिका संयोजक विनोद डाँगीले प्रेस विज्ञप्ति जारी गर्दै दलको इलाम नेतृत्व सदस्य, शुभेच्छुक, समर्थक तथा सम्पूर्ण मतदातालाई सूर्य चिन्हमा मतदान गर्न आह्वान गरेका हुन्। परिवार दलले २०७४ को निर्वाचनबाटै नेकपा एमालेलाई समर्थन गर्दै आएको थियो। दलले एमालेको निर्वाचन चिन्हबाट उम्मेदवारी दिँदै..
वैशाख २ गते बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित
२८ चैत । विपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठकमा अवरोध गरेपछि आगामी वैशाख २ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकको सुरुमा कांग्रेसले अवरोध गरेपछि सभामुखले दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूलाई बोल्न समयको व्यवस्था गरेका थिए । विशेष समयमा सांसदहरूले बोलिसकेपछि सभामुखले शून्य समयको कार्यक्रम अगाडि बढाए । त्यसपछि कांग्रेस र राप्रपाका सांसदहरूले बैठक अवरोध गरेका हुन् । विपक्षी दलको अवरोधपछि..
पूर्व मन्त्री, प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न कांग्रेस महामन्त्री थापाको माग
२८ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलका अध्यक्ष, पूर्व प्रधानमन्त्री, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् । भ्रष्टचारविरुद्ध संसदमा चलिरहेको बहसले ठीक ठाउँमा लाने अपेक्षा गरेका महामन्त्री थापाले कांग्रेस, एमाले, माओवादी सबै दलका अध्यक्ष र प्रधानमन्त्री भएका सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताएका हुन् । ‘कांग्रेसका सभापति, एमाले अध्यक्ष, माओवादीका अध्यक्ष, अहिलेका प्रधानमन्त्रीको, भूतपूर्व प्रधानमन्त्रीको, हामी जस्तो मन्त्री भएकाहरूको सबैको सम्पत्ति छानबिन गरौं,’ काठमाडौंमा आयोजित..
गृहमन्त्री लामिछानेले सहकारी प्रकरणमा छानबिनका लागि बाटो खोल्नुपर्छः लिङदेन
२८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा छानबिनका लागि बाटो खोल्नुपर्ने बताएका छन्। राप्रपाले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनपछिको कोण सभामा बोल्दै लिङ्देनले सहकारी प्रकरणमा लामिछानेमाथि प्रश्न उठेकोले छानबिनका लागि बाटो खोल्नुपर्ने बताए। ‘सुशासनको कुरा अरूलाई मात्र लागू हुने तपाईंलाई लागू नहुने भन्ने कुरा हुन्न गृहमन्त्रीजी, सहकारीको विषयमा देशले प्रश्न उठाइराखेको छ, तपाईंले सफाइ दिनु पर्दैन र,’ लिङ्देनले भने, ‘तपाईंले छानबिनका..
गृहमन्त्री लामिछानेलाई राजीनामा दिन कांग्रेस नेता सिंहको सुझाव
२८ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सहकारीको रकम अपचलनको विषयमा प्रश्न उठेकाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने बताएका छन् । बुधबार बिहान बुद्धनगरमा आयोजित एक कार्यक्रममा उनले राजीनामा दिएपछि संसदीय छानबिन समितिले निकाल्ने निष्कर्षका आधारमा अघि बढ्नुपर्ने बताए । बजेट निर्माणको क्रममा विवादमा मुछिएका पूर्वअर्थमन्त्री जनार्दन शर्माले पनि पदबाट राजीनामा दिएको र संसदीय छानबिन समितिले सफाइ पाएपछि पदमा फर्किएको भन्दै उनले रविलाई पनि राजीनामा दिएर छानबिनमा..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७