राजनीति

प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरियाको भ्रमण गर्ने
२४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरियाको भ्रमण गर्ने बताएका छन् । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरणसहित बिदाइ गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रसंघको अधिवेशनको समयमा कोरियाका राष्ट्रपति योन सुक योलसँगको भेटमा दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने र सहयोगको क्षेत्रलाई अझ बिस्तार गर्नेकुरामा छलफल भएको पनि बताए । सोही समयमा दक्षिण..

पहिचानवादी थेगिमले उम्मेदवारी दर्ता गराए
२४ चैत, इलाम । १५ वैशाखमा इलाममा हुने उपनिर्वाचनका लागि हालसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु थेगिमले पनि मनोनयन दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा उनले पाचौं नम्बरमा मनोनयन दर्ता गराएका हुन् । उनको मनोनयन दर्ताका क्रममा ठूलो समूह बाजा गाजा, ढोल झ्याम्टा बजाउँदै र आआफ्नो साँस्कृतिक पहिरचसहित आएका थिए ।..

एमालेद्वरा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान
२४ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए । उनका अनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ । बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन् । परिषद् बैठकको तयारी गर्न शनिबार केन्द्रीय कार्यालयमा बैठक..

उपनिर्वाचनका लागि उम्मेदवारहरुकोे मनोनयन पत्र दर्ता आज
२४ चैत । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ । आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ । यस्तै उम्मेदवारको विरोधमा उजुरी दिनका लागि भोलि बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ..

माओवादी र एमालेद्वरा संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सुहाङलाई मतदान गर्न अपिल
२४ चैत । इलाम–२ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने औपचारिक निर्णय गरेको छ । माओवादीका जिल्ला संयोजक विजय खम्बु र एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सुहाङलाई मतदान गर्न अपिल गरेका छन् । इलामका सन्दर्भमा प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच केन्द्रमै सुहाङलाई सघाउने समझदारी भएको विज्ञप्तिमा उल्लेख..

नेपाल समाजवादी पार्टीले इलाम–२ मा डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने
२३ चैत । नेपाल समाजवादी पार्टी (नेसपा)ले इलाम–२ मा डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले उपनिर्वाचनमा थेगिमलाई समर्थन गर्ने जनाएको छ । पार्टी प्रवक्ता कृष्ण शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै थेगिमलाई विजयी गराउन आह्वान गरेका छन् । थेगिम पहिचानवादी स्वतन्त्र उमेदवार हुन् । त्यस क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त
२३ चैत । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार माओवादी संसदीय दलका नेता महरालाई संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालका अनुसार उनलाई ४८ सांसदले समर्थन गरेका थिए । यसअघिका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार राजीनामा बुझाएका थिए । सात सदस्यीय प्रदेशसभाको बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । महरालाई मुख्यमन्त्री बनाउन चार सदस्यले..

उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहने
२३ चैत । उपनिर्वाचनका लागि प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्तिमार्फत मतदानस्थल र केन्द्र स्वीकृत गरिएको जानकारी दिए । त्यस्तै, प्रदेशसभातर्फ बझाङ–१ ‘क’ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहने गरी आयोगले स्वीकृति दिएको छ । देशभर कुल १० हजार ८९२ मतदानस्थल स्वीकृत गरिएको शर्माले जानकारी दिए । आगामी वैशाख १५..

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महराको दाबी
२३ चैत । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)को संसदीय दलका नेता जोखबहादुर महराले दाबी प्रस्तुत गरेका छन् । सत्ता साझेदार दलहरूको बैठकले बिहीबार नै महरालाई मुख्यमन्त्रीमा दाबी पेसका लागि अघि बढाउने निर्णय गरेको थियो । शुक्रबार ४४ सांसदको हस्ताक्षरसहित महराले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन् । मुख्यमन्त्री नियुक्तिको लागि महराले एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा र स्वतन्त्रसहित ४४ सांसदको समर्थन पेस गरेका हुन् । लुम्बिनीमा चार..

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
२२ चैत, काठमाण्डौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजिनामा बुझाएका हुन् । बदलिएको राजनैतिक परिस्थितिले राजीनामा दिएको उनले बताए ।