विप्लव समुहलाई थर फेर्न कानुनी समस्या

१ वैशाख, काठमाण्डौँ । कम्युनिष्टलाई ‘क।’, अर्थात् कमरेड भनेर चिनिने पुरानै प्रचलन भयो । तर, नेपालमा विप्लवका कार्यकर्ताहरुले आफूलाई ‘सी’ लेखेर चिनाउन खोज्दा झण्झट आइलागेको छ । कामीले विश्वकर्मा, दमैले नेपाली लेख्न पाउँदा लोकतन्त्रमा आफ्नो रोजाईको नाम, थर राख्न किन नपाउने ?  कानुन संशोधन गरिदिनु पर्‍यो भन्ने उक्त समूहको पटकपटकको माग कम्युनिष्ट नेताहरु प्रचण्ड र केपी ओलीबाट सुनुवाई नभएको विप्लव नेकपाको गुनासो छ । जातिवादको विकास सामन्तवादी युगको उदयसँगै आएको..

८० को दशकलाई कम्युनिस्ट आन्दोलन पुनर्गठनको अवधि बनाउन पूर्व प्रधानमन्त्री खनालको आह्वान

१ वैशाख, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले ८० को दशकलाई कम्युनिस्ट आन्दोलनको एकता र पुनर्गठनको अवधि बनाउन आह्वान गरेका छन् । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सन्देश दिदै नेता खनालले ‘म ठूलो, म बलियो र मैले सबै कुरा पाउनुपर्छ’ भन्ने दम्भ र घमण्डबाट मुक्त हुन समेत कम्युनिस्ट पार्टीका नेताहरुलाई आह्वान गरेका छन् । पूर्व प्रधानमन्त्री खनालको वक्तव्यमा भनिएको छ– वर्षको ११ औँ महिनामा..

२०८० फर्केर हेर्दाः कोशीमा पहिचानको मुद्धाले बजार पायो

१ वैशाख, झापा । आम नेपाली २०८० साललाई बिदाइ गर्दै नयाँ वर्ष २०८१ को स्वागत गरिरहेका छन् । नयाँ वर्षको स्वागत गर्दैगर्दा कोशी प्रदेशको सत्ता राजनीतिले पनि नयाँ मुख्यमन्त्री माग गरिरहेको छ । नयाँ मुख्यमन्त्री माग गर्ने प्रदेशको सत्ता राजनीतिले २०८० भित्रै ५ मुख्यमन्त्री पायो । नयाँ निर्वाचनमार्फत आएको प्रदेश सभा अहिलेसम्म सरकार बनाउने र भत्काउनेमै सीमित भएको छ । तर, जनताको आशा, अपेक्षा र चाहना भने अर्कै छ ।..

कांग्रेसले सदन चल्न दिएन, अधिवेशन अन्त्य हुन्छः ओली

३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा सदन अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको छ । एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसले चल्न नदिएर सदन अधिवेशन अन्त्य हुन लागेको जानकारी दिए । “अधिवेशन अन्त्य हुन्छ । फेरि अर्को सुरु हुन्छ । यस्तै हुन्छ,” उनले सञ्चारकर्मीसँग भने, “कांग्रेसले चल्न नदिएर ।” संसद्मा सहकारी प्रकरणमा..

पार्टीबाट निलम्बित भए नाउपाका सांसद घनश्याम चौधरी

३० चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी दिएकी हुन् । अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक–पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टिकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको उल्लेख छ ।..

कांग्रेस महामन्त्री गगन थापा इलाम २ का गाउँ गाउँ घुम्दै

२९ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापा इलाम २ का गाउँ घुम्दैछन् । महामन्त्री थापा झापा हुँदै चुनावी अभियानको माहोल बनाउन इलाम पुगेका हुन् । आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसका तर्फबाट चुनावी मैदानमा रहेका डम्बर खड्कालाई भोट माग्न थापा इलाम घुमिरहेका छन् । गगनले बिहीबार इलाम क्षेत्र नम्बर २ अन्तर्गत सिकारी भन्ज्याङमा आयोजित पार्टीको कोण सभालाई सम्बोधन गरे । त्यसक्रममा उनले अहिलेको परिस्थितिमा उचाल्नेभन्दा पनि सम्हालेर लानेको..

गण्डकीमा भागबण्डा मिलाउन मन्त्रालय फुटाएर १२ पुर्याइदै

२९ चैत । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालय फुटाएर १२ पुर्याउने तयारी गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अहिले गण्डकीमा सात मन्त्रालय रहेकोमा दलहरुबीच भागबण्डा पुर्याउन १२ मन्त्रालय बनाउने तयारी गरिएको हो । सरकारका प्रवक्ता हरिबहादुर चुमानका अनुसार मंगलबार बसेको मन्त्रपरिषद्को बैठकले मन्त्रालय थप्ने निर्णय गरेको र सो निर्णय संघमा सिफारिस गरिएको छ । मुख्यमन्त्री अधिकारी माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा चैत २५ मा मुख्यमन्त्री नियुक्त..

सुदूरपश्चिममा नाउपाबाट मुख्यमन्त्री बन्दै

२९ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । केन्द्रमा सत्ता समीकरणमा रहेका दलहरुबीच भएको सहमति अनुसार नाउपाले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने भएको हो । नाउपाका तर्फबाट सरकारको नेतृत्व अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले गर्ने बताइएको छ । सुदूरपश्चिममा हाल नाउपाका ६ सांसद रहेका छन् । यस अघि ७ सांसद रहेकोमा अध्यक्ष रञ्जिताले आफ्नो निर्देशन नमानेको भन्दै इन्दिरा गिरीलाई फिर्ता बोलाएकी..

इलाम २ उपचुनाव : एकजनाको उम्मेद्वारी फिर्ता

  २९ चैत । इलाम २ को उपचुनावमा पहिचावादी पक्षधरको सर्मथन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले मुढा चुनाव चिह्न पाएका छन् । यस्तै अन्य स्वतन्त्र उम्मेद्वार अर्जुनबहादुर शाहीले डोजर, डाकप्रसाद गौतमले महिला, दिपेश बोहोराले सिरिन्ज, मनोज निरौलाले माछा, योगेन्द्र गुरुङले कैंची र राज बस्यालले जुँगा सहितको अनुहार चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगका अनुसार २० जना उम्मेद्वार मध्ये स्वतन्त्र उम्मेद्वार केशवकुमार चापागाईले उम्मेद्वारी फिर्ता गरेपछि १९ जना उम्मेदवार छन्। ..

आगामी बजेट उत्पादनमुखी र रोजगारी सिर्जना गर्ने गरी ल्याइने

२९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् । नेकपा (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट ल्याउने बताए । सरकारले जनताका पक्षमा महत्त्वपूर्ण पहल लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम एवं बजेट उत्पादनमुखी एवं रोजगारी..