राजनीति

मुख्यमन्त्री नपाएपछि मन्त्री बन्दै चुमान
२५ चैत । गण्डकी प्रदेशको नेतृत्व आफूहरुले पाउनुपर्ने माग राखेका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान आफैं मन्त्री बनेर खगराज अधिकारी नेतृत्वको सरकारमा जाने भएका छन् । एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्ति भएपछि माओवादी संसदीय दलको बैठकले चुमानकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको प्रमुख सचेतक कुशुम बुढामगरले जानकारी दिइन् । चुमानले यसपटक गण्डकीमा जसरी पनि माओवादीले नेतृत्व पाउनुपर्ने भन्दै केन्द्रसम्मै दबाब दिए पनि असफल भएका थिए । यसअघि पनि पटक..

स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड
२५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तानी व्यवस्थालाई सरल बनाउन सुझाव दिनुभएको छ । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । “अनलाइन सदस्यता दर्ताको व्यवस्था, सही समयमा दाबी गर्ने प्रणाली, प्रविधिमैत्री बीमा प्रणाली जस्ता व्यवस्था र प्रावधानहरू चुनौतीलक्षित सुधारका योजनाहरू हुन्,” प्रधानमन्त्री प्रचण्डले..

राप्रपाद्वरा झापाको विर्तामोडमा राँके जुलुस प्रदर्शन
२५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापाको विर्तामोडमा राँके जुलुस प्रदर्शन गरेको छ । राजतन्त्र पुर्नस्थापना, हिन्दु राज्य कायम गर्नुपर्ने र भ्रष्टचार अन्त्यको माग गर्दै राँके जुलुस निकालिएको विर्तामोड वडा नम्बर १ का राप्रपा अध्यक्ष जनक खड्काले जानकारी दिनुभयो । राप्रपाले विर्तामोडको मुक्ती चौक आसपासको स्थानमा राँके जुलुस प्रदर्शन गरेको हो । चैत्र २७ गते काठमाडौंमा हुने कार्यक्रमको तयारी सन्देश स्वरुप केन्द्रको निर्देशनमा विभिन्न जिल्लामा एकै साथ राके जुलुस..

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस
२५ चैत । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन् । यसमा सभामुखको समेत संख्या गनिएको छ । कोशीमा सभामुखसहित संख्या गनेर दावी पेश गर्दा पछि अदालतले उक्त सरकार उल्ट्याइदिएको थियो । त्यही घटना गण्डकीमा पनि दोहोरिने देखिएको छ । एमालेका २२, माओवादीका सभामुख सहित ८ र मनाङे..

उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ बाट २० जनाको उम्मेदवारी दर्ता
२५ चैत । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ बाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । शनिवार बिहान १० बजेदेखि ५ बजेसम्म राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र व्यक्तिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन । मनोनयन दर्ताका लागि ५ बजेभित्र पुगेका उम्मेदवारहरूको ६ बजेसम्म उम्मेदवारी दर्ता गरिएको छ । इलाम–२ मा नेकपा एमालेबाट..

उम्मेदवारी दर्ता गराएकाहरुमाथि आज उजुरी दिन पाइने
२५ चैत । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेश सभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर १ (१) मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुमाथि आज उजुरी दिन पाइने भएको छ । कुनै उजुरी वा गुनासो भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा कार्यालय समयभित्र उजुरी दिन सकिने छ । २६ गते मनोनययन पत्र र उजुरीमाथि जाँचबुझ हुने छ । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ ।..

बहुमत ल्याउन कम्मर कसेर लाग्न पार्टीका नेता, कार्यकर्तालाई देउवाको निर्देशन
२४ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । सभापति देउवाले मुलुकमा विद्यमान राजनीतिक अस्थिरताबारे संकेत गर्दै कांग्रेस एक्लैलाई आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्य भएको बताए । ‘अहिलेको राजनीतिक अवस्थाको बारेमा मैले धेरै भन्नु छैन, तपाईंहरुलाई थाहा नै छ । तर अहिले यही कुरालाई मध्यनजर गरेर एक्लै..

उपनिर्वाचनका लागि कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराए
२४ चैत, इलाम । आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । पार्टी केन्द्रीय सहमहामन्त्रीद्वय भिष्मराज आङदेम्बे र बद्री पाण्डे, प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, कांग्रेस इलामका पूर्वपार्टी सभापति हिमालय कर्माचार्यलगायतको उपस्थितिमा खड्काले मनोनयन दर्ता गराएका हुन् । खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा आठौं क्रममा मनोनयन दर्ता गराएका हुन् । पञ्चेबाजा सहितको मनोनयन गर्न आएको नेपाली कांग्रेसका नेता तथा..

उपनिर्वाचनका लागि बझाङ क्षेत्र नम्बर १ मा ६ जनाको उम्मेदवारी दर्ता
२४ चैत । आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । दिउँसो ३ बजेसम्म नेपाली कांग्रेसका तर्फबाट अभिषेक बहादुर सिंहको उम्मेदवारी दर्ता भएको हो । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट दिल सिंह र जसपा नेपालबाट रामबहादुर दर्जीको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापाको उम्मेदवारी दर्ता भएको छ । यस्तै नेपाल..

एमाले उम्मेदवार सुहाङ नेम्वाङले मनोनयन दर्ता गराए
२४ चैत, इलाम । इलाम २ मा नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । एमालेका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका हुन् । १५ वैशाखमा हुने उपनिर्वाचनका लागि इलाम २ मा सुहाङसहित ७ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । एमालेले उपनिर्वाचनका लागि चुनावी कमाण्डर बनाएकी पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया तुम्वाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज..