राजनीति
ओली भन्छन्- संसद्मा कांग्रेसले असभ्य व्यवहार देखायो
४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकबारे शुक्रबार अध्यक्ष ओलीले कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको ‘रो’मा आएको बताएका हुन् । उनले भने, ‘कांग्रेसहरूले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको ‘रो’भित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने गरे । यो खालको सभ्य व्यवहार भएन । म आफ्नो ठाउँमा बसेको थिएँ..
सुदूरपश्चिमका मुख्यमन्त्रीले लिए विश्वासको मत
३ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिएका छन् । प्रदेश सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको नाराबाजी र बहिष्कारका बीच विश्वासको मत लिने प्रस्ताव पेस भएको थियो । प्रदेश सभा बैठक सुरु भए लगत्तै उनीहरूले वेल घेराउ गरेर नाराबाजी गरे । कांग्रेस र नाउपा सांसदहरूको नाराबाजीका बीच सभामुखले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रस्ताव टेबल गर्न अनुमति दिए ।..
माधव नेपाल भन्छन्- पार्टी विभाजनको समाचारले हामी पनि आत्तियौँ
३ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसपा विभाजनसँगै आफ्नो पार्टी पनि फुट्ने समाचार बाहिर आएपछि आफूपनि आत्तिएको बताएका छन् । बिहीबार पार्टी कार्यालय आलोक नगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘हाम्रो पार्टी फुटबारे पनि तपाईँहरूले समाचार बाहिर ल्याएकाले हामी पनि आत्तियौ र संसदीय दलको बैठक बस्यौँ’, अध्यक्ष नेपालले भने, ‘हाम्रा सबै १८ जना सांसदको बिचमा छलफल पनि गर्यौ र एकताबद्ध भएर अघि बढ्नुपर्छ..
सभामुखलाई प्रधानमन्त्रीको फोन
३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको संसद बैठक बस्नु अघि सभामुख देवराज घिमिरेसँग टेलिफोनमा कुराकानी गरेका छन् । फोनमा प्रधानमन्त्री दाहालले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न सभामुख घिमिरेलाई आग्रह गरेका हुन् । प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिए। यसअघि आजको बैठक ११ बजे बोलाइएको थियो । प्रधानमन्त्रीको आग्रहपछि सभामुखले घिमिरेले बानेश्वरमा नै कानून मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख..
दाँतको परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा
२६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाँतको परीक्षण गराएका छन् । बुधबार दिउँसो वीर अस्पतालमा पुगेर परीक्षण गराएका हुन् । बिहानदेखि दाँत दुखेपछि प्रधानमन्त्री प्रचण्ड दन्त परीक्षणका लागि अस्पताल पुगेका हुन् । अहिले डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको काम गरिरहेको छ।
कोशीमा आजै नयाँ सरकार गठनको आव्हान गरिँदै
२६ बैशाख । कोशी प्रदेशमा आजै नयाँ सरकार गठनका लागि आव्हान हुने भएको छ । एमाले–माओवादीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएलगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गर्ने तयारी गरेका हुन् । कार्यालय समयभित्रै आह्वानको तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले बतायो । नयाँ सरकार गठनको आव्हानलगत्तै आजै ५ बजेसम्ममा बहुमत सहित दाबी गर्ने आफूहरूको तयारी रहेको एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए..
बिनानिष्कर्ष सकियो राप्रपाको बैठक
२६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको बैठक बिनानिष्कर्ष सकिएको छ । बैठक आज मध्याह्न १२ बजेका लागि दलको कार्यालय सिंहदरबारमा बोलाइएको थियो । बैठकमा विषयवस्तुमाथि सामान्य छलफल मात्र भएको प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए । अर्काे बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको उनले बताए । यता, संसदीय दलका उपनेता बुद्धिमान तामाङका अनुसार बैठक संसद्को आसन्न बजेट अधिवेशन केन्द्रित भएको छ । सहकारीको बचत अपचलनमा गृहमन्त्री समेत..
कोशी प्रदेशका एमाले र माओवादी नेताहरू प्रदेश प्रमुखको कार्यालयमा
२६ बैशाख । कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान गर्न दबाब दिँदै एमाले र माओवादी नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । संकल्प प्रस्ताव मार्फत विश्वासको मत लिन मुख्यमन्त्री केदार कार्कीलाई दिएको निर्देशनको समय सीमा सकिएपछि गठबन्धनका नेताहरू प्रदेश प्रमुखसमक्ष पुगेका हुन् । विराटनगरस्थित होटल बिगमा आन्तरिक छलफलपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, नेताहरू राम राना, रेवतीरमण भण्डारी, लीलाबल्लभ अधिकारी र माओवादी नेताहरू इन्द्रबहादुर आङ्बो, जीवन आचार्यसहितको टोली आवश्यक..
पार्टी विभाजन भए पनि सरकारको समर्थन कायमै छ- उपेन्द्र यादव
२६ बैशाख । जनता समाजवादी पार्टी, नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारको समर्थन कायमै रहने बताएका छन् । बुधबार पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन भए पनि समर्थन कायमै रहने बताए । “अहिलेको सरकारलाई यति हुँदाहुँदै पनि जसपाको समर्थन छ,” उनले भने, “समर्थन फिर्ता लिने कार्य गरेका छैनौँ । समर्थन कायमै रहन्छ ।” उनले आफू अमेरिका गएको बेलामा मौका छोपेर पार्टी विभाजन गरिएको बताए..
सुहाङले गरे शपथ ग्रहण
२६ वैशाख । नेकपा (एमाले)का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार सिंहदरबारस्थित कृषि समितिको सभाहलमा सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिह्न प्रदान गरेका थिए । सो अवसरमा सचिवालयका कर्मचारीहरूले सांसद नेम्वाङलाई नेपालको संविधानरऐनरनियमका सामग्री प्रदान गरेका थिए । कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७