राजनीति

माधव नेपाल भन्छन्- नेकपा एसलाई कमजोर ठाने देशमा अर्काे उथलपुथल हुन्छ
८ बैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति नभएको बताएका छन् । गृहजिल्ला रौतहटमा रहेका नेपालले आफूहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरि अर्काे उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिए । आफू देशका ठूला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी..

गण्डकीमा हरि चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधारकै जिम्मेवारी
८ बैशाख । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र शनिबार बिहान प्रदेश प्रमुखको निवासमा पुगेको छ । यी दुवै सांसदले गत २५ चैतमा सरकार बन्दा मन्त्रीको शपथ लिएका थिए । गण्डकी प्रदेश सरकारमा नौवटा मन्त्रालय..

उपनिर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गराउन आयोगद्वारा सहयोगको आग्रह
७ वैशाख । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न गराउन नेपाल सरकारलाई सहयोगको आग्रह गरेको छ । उपनिर्वाचन हुने जिल्लामा विद्युत्, खानेपानी, यातायात, सञ्चार, स्वास्थ्य, दमकल जस्ता सेवा तन्दुरुस्त राख्न र निर्वाचन क्षेत्रमा खटाइएका सुरक्षाकर्मी, कर्मचारीलाई सुरक्षित कार्य सम्पादन गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा सम्बद्ध निकायबाट कार्यान्वयन गर्ने..

हसिना खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ
७ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् । शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथ गराएका हुन् । सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । शर्माको चैत ४ गते निधन भएको थियो । जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन..

गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय
७ वैशाख । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतबाट मुद्दा किनारा नलाग्दासम्म बैठक बहिष्कार गर्ने निर्णय गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । कांग्रेस संसदीय दलले बैठक बहिष्कार गर्ने जानकारी सभामुखलाई गराएको छ । जसमा कांग्रेसले सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानूनको बेवास्ता गरिएको भन्दै असंवैधानिक क्रियाकलापहरुप्रति असहमति रहेको उल्लेख गरेको छ । सर्वोच्चले..

भारतमा वृद्धवृद्धा र अपांगतालाई घरबाटै मतदानको व्यवस्था
७ वैशाख । भारतले पहिलोपटक वृद्धवृद्धा र अपांगता भएकालाई घरबाटै मतदानमा सहभागी हुन सक्ने व्यवस्था गरेको छ। निर्वाचन आयोगका अधिकारी वृद्धवृद्धा र अपांगता भएकाको घरमा आफैँ गएर ब्यालेट पेपर जम्मा गर्न जुटेका छन् । भारतमा ८५ देखि ९९ वर्ष उमेर समूहका ८२ लाख मतदाता रहेका छन् । भारतमा १८औँ लोकसभा निर्वाचनअन्तर्गत पहिलो चरणमा २१ प्रान्तका १०२ सिटको लागि मतदान भइरहेको छ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी पेश
६ बैशाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् । एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले आज सम्मको लागी दलहरूलाई दाबी पेश गर्ने समय दिएका थिए ।

नेकपा (एकीकृत समाजवादी) को १०औं महाधिवेशन असार दोस्रो हप्ता हुने
६ वैशाख । नेकपा (एकीकृत समाजवादी) को जेठ ३ गतेदेखि काठमाण्डौंमा गर्ने भनिएको पार्टीको १०औं महाधिवेशनको मिति सरेको छ । बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टी प्रवक्ता खातिवडाले आन्तरिक तयारी र व्यवस्थापनका विषयमा कतिपय काम बाँकी रहेकाले १०औं महाधिवेशन मिति सारिएको स्पष्ट पारे । यसअघि एकीकृत समाजवादीले महाधिवेशन जेठ ३ गतेदेखि ७ गतेसम्म काठमाण्डौंमा..

मधेशमा माओवादीबाट २ र एकीकृत समाजवादीबाट एकजना मन्त्री बन्दै
६ वैशाख । मधेश सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीबाट एक गरी ३ मन्त्री नियुक्त गर्न लागेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले बताए । आजै सपथ ग्रहणको तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एसबाट बेची लुंगेलीलाई मन्त्री बनाउन लागिएको हो । ११ मन्त्रालय रहेको मधेश सरकारमा मुख्यमन्त्रीसहित जसपाको..

कोशीमा संकल्प प्रस्तावको पक्षमा मतदान गर्ने एमालेको निर्णय
६ वैशाख । प्रदेश सभामा संकल्प प्रस्तावको पक्षमा मतदान गर्न नेकपा एमाले कोशी प्रदेश संसदीय दलले निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले सबै सांसदलाई अनिवार्य उपस्थित भएर पक्षमा मतदान गर्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । नेकपा एमाले र माओवादी केन्द्रले आजको कोशी प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गर्ने भएका छन् । आज दर्ता भएको प्रस्तावमाथि भोलि, शुक्रबारदेखि छलफल सुरू हुनेछ । २७..