गृहमन्त्रीले लगाएका आरोप छानबिन गरी प्रमाणित गरियोस्- लेखक

७ जेठ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको पूर्वअडानमा दृढ रहेको बताएको छ । संसदीय दलको निर्णय सुनाउँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताको प्रष्ट तथ्य देखिएको दोहोर्‍याए । ‘समाचारमा प्रेषित होइन । प्रहरीमा उजुरी भएको प्रमाण छन् । रवि लामिछानेमाथि सहकारी ठगीमा छानबिन हुनुपर्ने पूर्ववर्ति निर्णयमा हामी दृढ छौं । हाम्रो बटमलाइन त्यहि हो’, उनले भने ।..

बाँसबारी मिलाएँ, बाल मन्दिर मिलाएँ अब टीकापुर मिलाउँछु- रवि

७ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले टीकापुर जग्गा प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई तान्नसक्ने घुमाउरो संकेत गरेका छन् । उनले आफूविरुद्धको मिडियाबाजीबाट पछि नहट्ने उद्घोष गरे । रविले भने, ‘मलाई साथीहरु भन्छन् मिडिया मिलाउनुस् । म भन्छु, म मिलाउँदिनँ मिडिया, म जनताका लागि विद्यालय, अस्पताल मिलाउन आएको हुँ । नमिलेका कानूनका धाराहरु मिलाउन आएको हुँ । अनुसन्धान हुँदाहुँदै रोकिएका फाइलहरु अघि बढाउने व्यवस्था मिलाउन आएको..

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था छ । वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता..

कांग्रेस संसदीय दलको बैठक सुरु

७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । सहकारी प्रकरणका विषयमा संसदीय छानबिन समिति बनाउने विषयमा गठित कार्यदलमा सहमति नभएपछि कांग्रेसले आजको सदनमा गर्ने कार्यबारे बैठकमा छलफल हुने बताइएको छ । संसदीय छानबिनमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडानमा कांग्रेस रहेको छ। आइतबारको संसद बैठकमा गृहमन्त्री लामिछानेले आफ्ना कुरा राखेपछि कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समिति गठन नगरिए सदन नचल्ने..

एकीकृत समाजवादीले प्रधानमन्त्री ‘प्रचण्ड’ लाई विश्वासको मत दिने

६ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनले यस विषयमा कसैलाई पनि आशङ्का नगर्न आग्रह गरेका हुन् । आइतबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने कुरा भएको छ । हामी पनि सरकारमा सहभागी छौँ । हामीले विश्वासको मत नदिने प्रश्नै उठ्दैन । मिडिया साथीहरू कसैले शङ्का–उपशङ्का नगरे हुन्छ,..

विदेशमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न सरकारसँग देउवाको आग्रह

५ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १२औं साधारणसभालाई सम्बोधन गर्दै उनले नेपालमा वैदेशिक रोजगारी थुप्रै समस्या रहेको बताए । विदेशमा रोजगार गर्न जाने र त्यहाँ श्रमीकले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै उनले श्रमीकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गरे । उनले वैदेशिक रोजगारीमा..

‘प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन सकरात्मक हुनुहुन्छ,’- रमेश लेखक

५ जेठ, काठमाडौं । बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ । छलफलमा प्रधानमन्त्री प्रचण्ड सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका छन् । ‘प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन सकरात्मक हुनुहुन्छ,’ बैठकमा सहभागी भएका कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘ उहाँले सत्तापक्षका दलसँग छलफल गर्नु पर्ने होला ।’ कांग्रेसको माग सम्बोधन गर्नेबारे आजै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलसँग..

प्रचण्ड र ओलीसँग छलफल गर्दै सभामुख

५ जेठ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे हुने छलफल अवरुद्ध सदन खुलाउने विषयमा केन्द्रित हुने सभामुखको सचिवालयले जनाएको छ । आजै समय व्यवस्थापन भए सभामुख घिमिरेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने तयारी गरेका छन् । कांग्रेसको अवरोधका कारण लगातार संसद् बैठक अवरुद्ध भएपछि सभामुख..

ठेकेदार कम्पनीलाई पोस्ने निणर्य गरिएको भन्दै माङसेबुङमा विरोध सुरु

५ जेठ । गाउँपालिकाले ठेकेदार कम्पनीलाई पोस्ने गरी निणर्य गरिएको भन्दै इलामको माङसेबुङ गाउँपालिकामा विरोध सुरु भएको छ । गाउँसभाबाटै ठेकेदार कम्पनीलाई पोस्ने खालको निणर्य भएको भन्दै एक वडाअध्यक्षले लिखित रुपमा असहमति जनाएपछि सो निणर्य सार्वजनिक भएको हो । ठेक्का सम्झौताभित्र पर्ने सामग्री ढुवानी भाडाका लागि गाउँसभाबाट रकम विनियोजन भएपछि ३ नं. वडा अध्यक्ष लक्षुमन राई जनमले असहमति जनाउनुभएको हो । माङसेबुङ गाउँपालिकासहित इलाम र पाँचथरमा पूर्ण विद्युतीकरणको ठेक्का पारेको..

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ

४ जेठ । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख ‎परशुराम खापुङ्गले शपथ खुवाएका हुन् । शुक्रबार मुख्यमन्त्री हिक्मत कार्कीले पाँच जना मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका थिए । आर्थिक मामिला तथा योजना मन्त्रीमा राम राना, सामाजिक विकास मन्त्रीमा पाँचकर्ण राई, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रीमा एकराज कार्की, आन्तरिक मामिला तथा योजना मन्त्रीमा लिलावलल्भ अधिकारी नियुक्त भएका छन् । यस्तै, भौतिक पूर्वाधार विकास..