बिनानिष्कर्ष सकियो राप्रपाको बैठक

बिनानिष्कर्ष सकियो राप्रपाको बैठक

२६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको बैठक बिनानिष्कर्ष सकिएको छ । बैठक आज मध्याह्न १२ बजेका लागि दलको कार्यालय सिंहदरबारमा बोलाइएको थियो ।

बैठकमा विषयवस्तुमाथि सामान्य छलफल मात्र भएको प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए । अर्काे बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको उनले बताए ।

यता, संसदीय दलका उपनेता बुद्धिमान तामाङका अनुसार बैठक संसद्को आसन्न बजेट अधिवेशन केन्द्रित भएको छ । सहकारीको बचत अपचलनमा गृहमन्त्री समेत रहेका रास्वपा सभापति मुछिएको आरोप दलहरूले लगाउँदै आएका छन् । यो प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागमा कांग्रेससँगै राप्रपा पनि छ ।

यी विषयहरूमा के गर्ने भन्ने सामान्य छलफल भएको तामाङले बताए । “पशुपतिजी पनि आउनु भएन । सामान्य छलफल गरेर पर्सीलाई बैठक बस्ने कुरा भयो र हामी उठ्यौँ,” उनले भने ।

प्रतिक्रिया:

सम्बन्धित खवर