राजनीति

गगन थापाद्वरा एमाले समक्ष निर्वाचन सम्बन्धी कानुन संशोधनको प्रस्ताव
२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग निर्वाचन सम्बन्धी कानुन संशोधनको प्रस्ताव राखेका छन् । थापाले निर्वाचनमा कम सिट प्राप्त गर्ने तर ठूला दललाई तर्साउने शक्तिको अन्त्यका लागि संविधान वा राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्नुपर्ने विकल्प रहेको बताएका हुन् । संवाद यात्राको तेस्रो चरणमा आइतबार बाँकेको खजुरामा बोल्ने क्रममा थापाले कांग्रेस र एमाले मिलेको अवस्थामा कानुन संशोधन गर्न सकिने बताए । ‘सानोसानो पसल खोलेर धन्दा..

कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको छः ओली
२ बैशाख । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभाको चालु अधिवेशन आइतबार रातिदेखि अन्त्य हुनु स्वाभाविक भएको बताएका हुन् । उनले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बिचमा कम्तीमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरूप हिउँदे अधिवेशनको अन्त्य गर्नुपरेको बताए । अध्यक्ष ओलीले हिउँदे अधिवेशन अन्त्यको सन्दर्भमा..

देश लुटतन्त्र व्याप्त भएकाले नागरिकहरू निराश छन्ः कांग्रेस सांसद केसी
२ बैशाख । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशमा लुटतन्त्र व्याप्त भएकाले नागरिकहरू निराश रहेको बताएका छन् । आइतबार काठमाडौँमा स्व.सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान शासन, सत्ताका वरपर लुटतन्त्र हाबी भएको बताए । उनले देश असन्तोष, अराजकता र विद्रोहतिर उन्मुख भएको बताए । उनले अहिलेको परिस्थितिलाई सम्हाल्न सबै राजनीतिक दलहरू एक हुनुपर्ने आवश्यकता रहेको बताए । सिंहले देशको राष्ट्रिय..

एमालेको सचिवालय बैठक बस्दै
२ वैशाख, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए डा. अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औं स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा..

इलाम २ उपनिर्वाचनः अंकगणितमा सुहाङ सेफ जोनमा
१ वैशाख, काठमाण्डौँ । इलाम क्षेत्र नं। २ मा वैशाख १५ गते हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका कारण यतिखेर देशभरिको ध्यान इलामले खिचेको छ । ठूला दलदेखि स्वतन्त्रसम्मले आफ्नो बलियो उपस्थिति देखाएर आगामी निर्वाचनमा शक्ति या बढ्दो जनमत देखाउने अवसरको रूपमा यो निर्वाचनलाई लिइरहेका छन् । वैशाख २४ गते १२ दलका र ८ जना स्वतन्त्रसहित २० जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । चुनावी मैदानमा २० जना रहे पनि मुख्य प्रतिस्पर्धा..

विप्लव समुहलाई थर फेर्न कानुनी समस्या
१ वैशाख, काठमाण्डौँ । कम्युनिष्टलाई ‘क।’, अर्थात् कमरेड भनेर चिनिने पुरानै प्रचलन भयो । तर, नेपालमा विप्लवका कार्यकर्ताहरुले आफूलाई ‘सी’ लेखेर चिनाउन खोज्दा झण्झट आइलागेको छ । कामीले विश्वकर्मा, दमैले नेपाली लेख्न पाउँदा लोकतन्त्रमा आफ्नो रोजाईको नाम, थर राख्न किन नपाउने ? कानुन संशोधन गरिदिनु पर्यो भन्ने उक्त समूहको पटकपटकको माग कम्युनिष्ट नेताहरु प्रचण्ड र केपी ओलीबाट सुनुवाई नभएको विप्लव नेकपाको गुनासो छ । जातिवादको विकास सामन्तवादी युगको उदयसँगै आएको..

८० को दशकलाई कम्युनिस्ट आन्दोलन पुनर्गठनको अवधि बनाउन पूर्व प्रधानमन्त्री खनालको आह्वान
१ वैशाख, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले ८० को दशकलाई कम्युनिस्ट आन्दोलनको एकता र पुनर्गठनको अवधि बनाउन आह्वान गरेका छन् । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सन्देश दिदै नेता खनालले ‘म ठूलो, म बलियो र मैले सबै कुरा पाउनुपर्छ’ भन्ने दम्भ र घमण्डबाट मुक्त हुन समेत कम्युनिस्ट पार्टीका नेताहरुलाई आह्वान गरेका छन् । पूर्व प्रधानमन्त्री खनालको वक्तव्यमा भनिएको छ– वर्षको ११ औँ महिनामा..

२०८० फर्केर हेर्दाः कोशीमा पहिचानको मुद्धाले बजार पायो
१ वैशाख, झापा । आम नेपाली २०८० साललाई बिदाइ गर्दै नयाँ वर्ष २०८१ को स्वागत गरिरहेका छन् । नयाँ वर्षको स्वागत गर्दैगर्दा कोशी प्रदेशको सत्ता राजनीतिले पनि नयाँ मुख्यमन्त्री माग गरिरहेको छ । नयाँ मुख्यमन्त्री माग गर्ने प्रदेशको सत्ता राजनीतिले २०८० भित्रै ५ मुख्यमन्त्री पायो । नयाँ निर्वाचनमार्फत आएको प्रदेश सभा अहिलेसम्म सरकार बनाउने र भत्काउनेमै सीमित भएको छ । तर, जनताको आशा, अपेक्षा र चाहना भने अर्कै छ ।..

कांग्रेसले सदन चल्न दिएन, अधिवेशन अन्त्य हुन्छः ओली
३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा सदन अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको छ । एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसले चल्न नदिएर सदन अधिवेशन अन्त्य हुन लागेको जानकारी दिए । “अधिवेशन अन्त्य हुन्छ । फेरि अर्को सुरु हुन्छ । यस्तै हुन्छ,” उनले सञ्चारकर्मीसँग भने, “कांग्रेसले चल्न नदिएर ।” संसद्मा सहकारी प्रकरणमा..

पार्टीबाट निलम्बित भए नाउपाका सांसद घनश्याम चौधरी
३० चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी दिएकी हुन् । अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक–पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टिकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको उल्लेख छ ।..