प्रधानमन्त्री प्रचण्ड भन्छन्- युवालाई देशमै रोजगारी दिन सरकार क्रियाशील छ

१९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिको पलायन रोक्नका लागि स्वदेशमै रोजगारीको पर्याप्त अवसर दिन सरकार क्रियाशील रहेको बताएका छन् । १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले स्वदेशमै रोजगारीको पर्याप्त अवसर नभएसम्म वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेसमेत बताएका छन् । ‘नेपाल सरकारले श्रमिकहरूको हितरक्षालाई केन्द्रमा राख्दै विदेशमा रहेका नेपालीहरू, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकहरूका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन..

रास्वपाले बोलायो केन्द्रीय समिति र सचिवालय बैठक

१९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्यांकन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ महामन्त्री मुकुल ढकालले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ बैशाखमा संसदीय दलको बैठक बोलाइएको छ । इलाम–२ मा भएको उपनिर्वाचनमा रास्वपाले..

ओलीले भने- कोशी साझा नाम हो, भुलभुलैयामा नपर्नुस्

१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी साझा नाम भएको बताएका छन् । इलाम २ मा आयोजित विजय सभालाई मंगलबार सम्बोधन गर्दै ओलीले कोशी सबैको साझा नाम भएकाले कोही पनि भुलभुलैयामा नपर्न आग्रह गरेका हुन् । ‘हामी कयौं जात, कयौं धर्म, वर्ण, मिलेर बसेका छौं । यसरी नै समाज र देश बनेको छ,’ ओलीले भने, ‘त्यसैले हामी सबैको पहिलो पहिचान नेपाल हो, नेपाली हो ।’ ओलीले कोशी..

सुहाङ नेम्बाङ भन्छन्- ०८४ मा भोट माग्नै नपर्ने गरी काम गर्नेछु

१८ वैशाख । इलाम २ बाट निर्वाचित एमाले उम्मेदवार सुहाङ नेम्बाङले २०८४ मा हुने आम निर्वाचनमा भोट माग्नै नपर्ने गरी काम गर्ने बताएका छन् । निर्वाचनको नतिजापछि नेकपा एमालेले इलाम २ मा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्बाङले इमान्दार भएर जनताको पक्षमा काम गर्ने बताएका हुन् । ‘म कसैलाई गाली गर्नेछैन । कसैलाई गलत भन्ने छैन । अरुलाई नराम्रो नदेखाइ आफूले राम्रो काम गर्नेछु,’ उनले भने, ‘०८४ को चुनावमा भोट..

कर्णालीमा माओवादीबाट तीन जना मन्त्री नियुक्त

१८ बैशाख । कर्णालीमा नेकपा (माओवादी केन्द्र)बाट तीन जना मन्त्री नियुक्त भएका छन् । मन्त्री हुनेमा कालिकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका वीरबहादुर शाही रहेका छन् । तीन जनाको नाम माओवादी संसदीय दलका नेता राजकुमार शर्माले आइतबार नै मुख्यमन्त्री कहाँ पठाइसकेका थिए । कुन व्यक्तिलाई को मन्त्रालय दिने भन्ने विषय भने बाहिर आएको छैन । नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो २ः३० बजे रहेको छ । यस्तै माओवादीबाट..

इलाम–२ को परिणामले झस्कियो रास्वपा, आगामी बैठकमा गहन समीक्षा गर्दै

१८ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को निर्वाचन परिणामले पार्टीलाई सचेत बनाएको बताएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै रास्वपाले निर्वाचन परिणामले पार्टीका प्रयासहरूमा कमीकमजोरी रहेको र त्यसलाई सच्याउँदै अघि बढ्ने उल्लेख गरेको हो । ‘सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ । नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।..

इलामको विजय सभालाई ओलीले सम्बोधन गर्ने

१८ वैशाख। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि नेकपा एमालेले आज विजय सभा आयोजना गर्दै छ । विजय सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्माले सम्बोधन गर्ने छन् । विजय सभा दिउँसो १ बजे आयोजना हुने र पार्टी अध्यक्ष ओलीले सभालाई सम्बोधन गर्ने नेकपा एमाले इलामका सचिव उमेश गुरुङले बताए । गत वैशाख १५ गते भएको उपनिर्वाचनको मत गणना मंगलबार बिहानपख सकिएको थियो ।..

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

१८ वैशाख । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो..

माधव नेपाल भन्छन्- म प्रधानमन्त्री बनिहाल्छु कि भनेर कतिपयलाई पोल्न थाल्या छ

१७ बैशाख । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्न थालेको टिप्पणी गरेका छन्। पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जसले जे भने पनि आफूहरुले समाज बदल्न भूमिका खेल्दै आएको जिकिर गरे । ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या..

बझाङमा एमालेका दमन भण्डारी निर्वाचित

१७ बैशाख । बझाङ प्रदेश सभा (१)मा सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेका दमन भण्डारी निर्वाचित भएका छन् । उनी एमालेका जिल्ला अध्यक्ष हुन् । ११ हजार ६ सय १२ मत पाएका भण्डारी दुई सय ६६ मतअन्तरले निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी अभिषेक सिंहले ११ हजार ३ सय ४६ मत पाएका छन् । अभिषेक गत बर्ष दुर्घटनामा मृत्यु भएका पृथ्वीबहादुर सिंहका छोरा हुन् । यस्तै नेकपा (माओवादी केन्द्र) का जनकबहादुर..