राजनीति

सरकारमा गएपछि कांग्रेसभित्र विवादै विवाद
११ साउन, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न एकमत भएको नेपाली कांग्रेसभित्र सरकारमा गएपछि विवाद बढेको छ । नेकपा एमालेसँग मिलेर संघीयदेखि प्रदेशसम्म सरकार सहभागी हुँदा सभापति शेरबहादुर देउवाले एकलौटी लादेको भन्दै इतर पक्षले भेला थालेपछि विवाद झांगिएको हो । संघमा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसले पाएको १० मध्ये ३ मन्त्रालय मात्रै पाएको इतर समूहले प्रदेश सरकार गठनको विषयमा आफूहरुसँग छलफल..

विमान दुर्घटनामा निधन भएकाको आफन्तले शव बुझ्न मानेनन्
११ साउन, काठमाण्डौँ । बुधबार काठमाडौं विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी निधन भएकाको आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने अडान कायमै राखेका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उचित क्षतिपूर्ति दिने र शक्तिशाली छानबिन समिति बनाएकोले शव बुझ्न आग्रह गरेका थिए । तर, मृत्तकका आफन्तहरुले एयरलाइन्सले क्षतिपूर्तिको टुंगो नलगाएसम्म शव नबुझ्ने अडान मन्त्री पाण्डेसामू दोहोर्याए । मन्त्री पाण्डेले एयरलाईन्सका व्यवस्थापक र..

कोशीमा माओवादी मन्त्रीहरूले राजीनामा दिदैँ
११ साउन, विराटनगर । कोशी प्रदेश सरकारमा रहेका माओवादीका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै कोशी प्रदेशबाट पनि माओवादीले बाहिरिने तयारी गरेको हो । कोशी प्रदेशमा एक जना राज्यमन्त्री सहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन बन तथा वातावरण मन्त्री रहेका छन् । यस्तै वन्दना झाँगड पर्यटन बन तथा..

काँकडभिट्टा नाकाबाट १५ अर्ब ३३ करोड १७ लाखको अलैची र चिया निर्यात
८ साउन, झापा । नेपालको पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०।८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ । आर्थिक वर्ष २०८०।८१ मा काँकडभिट्टाबाट छ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी..

तामाङ बाहुल्य बागमती प्रदेशले पहिलो पटक पायो तामाङ मुख्यमन्त्री
८ साउन, काठमाण्डौँ । तामाङ समुदायको बाहुल्यता रहेको बागमती प्रदेशले पहिलो पटक तामाङ मुख्यमन्त्री पाएको छ । नेपाली काङ्ग्रेसको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका बहादुर सिंह लामा तामाङ समुदाय र काङ्ग्रेसको तर्फबाट पहिलो मुख्यमन्त्री बनेका हुन् । २०२७ साल कात्तिक ८ गते नुवाकोटको किस्पाङ्ग गाउँपालिकामा जन्मिएका लामा यसअघि बागमती प्रदेशको आर्थिक मामिला मन्त्री भईसकेका छन् । प्रारम्भिक शिक्षा गाउँबाटै पूरा गरेर काठमाडौं छिरेका लामाले २०४३ सालमा काठमाडौको शंकरदेव क्याम्पसमा अध्यनको लागि..

पूर्वमुख्यमन्त्रीले कुटिपिट गरेर शौचालयमा थुन्ने धम्की दिएको सचिव भट्टराईको आरोप
८ साउन, विराटनगर । कोशीका पूर्वमुख्यमन्त्री तथा कांग्रेस सांसद केदार कार्कीमाथि कर्मचारीलाई धम्क्याएको आरोप लागेको छ । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफूलाई पूर्वमुख्यमन्त्री कार्कीले फोनमार्फत कुटिपिट गरेर शौचालयमा थुन्ने धम्की दिएको आरोप लगाएका छन् । सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टरलाई एक निवेदन दिंदै उनले जीउ धनको रक्षा र शान्ति सुरक्षाको माग गरेका छन् भने दोषीमाथि कारवाही गर्न आग्रह गरेका छन् । सोमबार अपरान्ह ४ः५३..

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत
६ साउन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आज भएको मतदानमा उनको पक्षमा दुईतिहाइ सांसदले भोट हाले । विश्वासको मतको मत विभाजनको बैठकमा २६३ सांसद उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा १८८ मत पर्यो विपक्षमा माओवादी, रास्वपा, राप्रपा र नेकपा एसका ७७ सांसदले मतदान गरे । दिन्न भन्नेमा १ मत पर्यो । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ । कांग्रेसको समर्थनमा..

कांग्रेसको जवाफ आएपछि कोशीमा एमाले–कांग्रेसको सरकार बन्छः मुख्यमन्त्री कार्की
४ साउन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रको समीकरणअनुसार नै प्रदेशमा सरकार बन्ने बताएका छन् । आज शुक्रबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्की केन्द्रको समीकरणभन्दा फरक रहने सोच नभएको भन्दै त्यहीअनुसार सरकार बन्ने बताए । सरकार पुनर्गठनका लागि कांग्रेससँग छलफल भइरहेको भन्दै ठोस जवाफ आइनसकेको कार्कीले सुनाए । उनले भने, ‘कांग्रेसको जवाफ पर्खिरहेका छौं । मुख्यमन्त्री कार्कीले माओवादीलाई पनि प्रदेशमा समीकरण परिवर्तन गर्ने तयारीका विषयमा जानकारी गराइसकिएको..

माओवादी, रास्वपा र एसले ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने
४ साउन, काठमाण्डौँ । तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त निर्णय गरेको हो । बैठक सकिएपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘हामीले आइतबार ओलीजीलाई विश्वासको मत नदिने निर्णय गरेका छौं । नयाँ सरकार ७६ (३) अनुसार गठन..

अमेरिकी दूतावासलाई लेखेको पत्र बाहिरिएपछि उपसभामुख दवावमा
४ साउन, काठमाण्डौँ । प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा मुछिएकी छिन् । काठमाडौँस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन सिफारिस गरेर लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख रानामगर विवादमा परेकी हुन् । उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्ल्यू ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वार्ताको मिति मिलाइदिन दूतावासलाई..