केपी ओली र प्रचण्ड दुवै मिलेर चुनावमा जानुहुन्छः घुवीर महासेठ

केपी ओली र प्रचण्ड दुवै मिलेर चुनावमा जानुहुन्छः घुवीर महासेठ


२० माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले वैशाख १७ र वैशाख २७ गते तोकिएकै मितिमा निर्वाचन हुने साथै केपी ओली र पुष्पकमल दाहाल दुवै मिलेर चुनावमा जाने पनि उहाँले दाबी गर्नुभएको छ ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले अध्यक्षद्धय ओली र प्रचण्ड मिलेर नै चुनावमा जाने दाबी गर्नुभयो । उहाँले भन्नुभयो–‘उहाँहरु मिलेर नै चुनावमा जानुहुन्छ, नमिली सुखै छैन् । पार्टी फुट्दैन् । वामदेव गौतमको एकता प्रस्तावपनि सकारात्मक छ, तर यो प्रस्तावले पार्टी एकता हुने सम्भावना छैन् । उहाँले पनि प्रधानमन्त्री ओलीलाई साथ दिनुहुन्छ । साथ दिनुको विकल्प छैन् ।’

साक्षात्कारमा बोल्दै महासेठले अघि भन्नुभयो–‘यदि यसपाली हामी सचेत भएनौं भने, हामी फुटेर चुनावमा गयौं भने त्यसको परीणाम के हुन्छ ? उहाँहरुको हितमा के हुन्छ ? त्यो उहाँहरुलाई थाहा छ । हण्डर नखाईकन एकता हुन सक्दैन् । त्यसकारणले आज हामी कदमकदाचित फुटेपनि भोलि हामी फेरि एक हुन्छौं । त्यसकारणले व्यक्तिगत रुपमा जुन भाषा गालीगलौचको भाषा हामी प्रयोग गरिरहेका छौं, त्यो गर्नुहुन्न । र, हामीले यसपालिको चुनावमा पूनः म दोस्रो अध्यक्ष कामरेड प्रचण्डजीसँग पनि अनुरोध गर्न चाहन्छु तपाईको मिडियाहरुमार्फत कि हामी मिलेर जाऔं । उपाय छैन् । जति हामी सम्मान प्रधानमन्त्रीलाई गर्छाैं, त्यो भन्दा कम सम्मान हामी प्रचण्डजीलाई गर्दैनौं । हामी बराबर सम्मान गर्छाैं ।’

प्रतिक्रिया:

सम्बन्धित खवर