नुवाकोटमा नेकपाका दुई समूहबीच झडप, पाँच जना घाइते

नुवाकोटमा नेकपाका दुई समूहबीच झडप, पाँच जना घाइते


१९ माघ, काठमाण्डौँ । नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।

झडपका क्रममा उपप्रधानमन्त्री इश्वर पोखरेलसँगै आएको एउटा गाडीमा पनि तोडफोड गरिएको छ । तोडफोडबाट गाडीको शिशा फुटेको छ ।

नेकपा ओली समूहले सदरमुकाम विदुरमा आयोजना गरेको कार्यक्रममा सहभागि हुन उपप्रधानमन्त्री ईश्वर पोखरेल जाँदै गर्दा नुवाकोटको बट्टारमा दुई समूहबीच झडप भएको हो ।

उपप्रधानमन्त्री पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझी कार्यक्रममा सहभागि हुन आउने थाहा पाएपछि दाहाल–नेपाल समूहका केही नेता कार्यकर्ताले कालोझण्डा देखाएका थिए ।

कालोझण्डा देखाउने र देखाउन नदिनेबीच झडप हुँदा उप्रधानमन्त्री पोखरेल केहिबेर सडकमै रोकिनु परेको थियो । भीड पन्छाएर मन्त्रीहरु चढेको गाडी पास गराउन प्रहरीलाई केहीबेर त हम्मेहम्मे नै परेको थियो ।

ओली समूहले नुवाकोटको बिदुरमा आज आफ्नो पक्षको सभा राखेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर