समाचार
पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान
२ असार । युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई नगदसहित सम्मान गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवमा टङ्कलाल घिसिङले उनीहरूलाई सम्मानित गरेका हुन् । सो अवसरमा एसियाली खेलकुदमा रजत पदक विजेता एरिका गुरुङलाई १९ लाख ५० हजार रुपैयाँसहित सम्मानित गरिएको छ । त्यस्तै, पारा एसियाली खेलकुदमा कांस्य पद जित्ने पलेसा गोवद्र्धनलाई १३ लाख रुपैयाँ प्रदान गरियो । यसैगरी एसियाली..
ताप्लेजुङमा बाढी पहिरोबाट दर्जनौँ परिवार विस्थापित
२ असार । निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् । गत बुधबार यता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् । गएराति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताए । प्रहरीका अनुसार शनिबार पहिरो जाँदा मिक्वाखोला–५ पापुङमा तीन परिवार विस्थापित भएका छन् ।..
प्रतिनिधि सभामा खर्च कटौतीको प्रस्ताव प्रस्तुत
२ असार । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन्। बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे । उनले नीतिगत असहमतिको ब्यहोरा प्रस्तुत गर्दै यस मन्त्रालयका पदाधिकारीहरूले पाउने विभिन्न शीर्षकको भत्ताको खर्च कटौती गर्नुपर्ने..
असार दोस्रो साताभित्र मन्त्रीमण्डल हेरफेर गर्ने तयारी
२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार दोस्रो साताभित्र मन्त्रीमण्डल हेरफेरसहित पुनर्गठन गर्ने भएका छन्। त्यसका लागि प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूसँग छलफल समेत गरिसकेका छन् । प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टी र जनमतलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका हुन् । ‘अहिले राष्ट्रपति स्वदेशमा हुनुहुन्न । उहाँ फर्केलगत्तै मन्त्रीमण्डल पुनर्गठन गर्ने सोचमा प्रधानमन्त्री हुनुहुन्छ’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘असार दोस्रो साता पुनर्गठन हुनसक्छ ।’ सरकारमा एमाले, माओवादी, एकीकृत समाजवादी र अशोक..
पूर्वी भू–भागमा मनसुनी प्रभाव शुरु
२ असार । झापासहित देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव शुरु भएको छ । बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश र बाग्मती प्रदेशका थोरै स्थानहरुमा..
एघार जिल्लामा एमालेको अधिवेशन गर्न बाँकी
२ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ। पार्टीले जेठ मसान्तभित्रमा सबै जिल्लामा अधिवेशन सक्न निर्देशन दिए पनि ती जिल्लामा अझै अधिवेशन सम्पन्न हुन सको छैन । एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले निर्धारित समयमा ६६ जिल्लाका अधिवेशन सम्पन्न भइसकेको जानकारी दिनुभयो । “जेठ महिनाभित्र जिल्ला अधिवेशन सकाउने निर्देशन दिएका थियौँ, अधिवेशन गर्न बाँकी जिल्लामा प्रदेश कमिटीको समन्वयमा चाँडै समय तोकिने छ ।”..
कोशी प्रदेशको बजेट ३५ अर्ब २७ करोड
२ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा आज उक्त बजेट प्रस्तुत गरेका हुन् । जसमा चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख र पूँजीगत तर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापनबाट २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ५८ करोड ५० लाख विनियोजन..
बजाज पल्सर एन १५० नेपाली बजारमा
२ असार । बजाज मोटरसाइकलका निम्ति नेपालको एक मात्र आधिकारिक विक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले पल्सर एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ। यो मोटरसाइकल भारतमा एक वर्षअघि नै लन्च गरिएको थियो । यो स्पोर्टी मोटरसाइकल दैनिक प्रयोग र पावर पफर्मेन्स दुवैका लागि उपयुक्त छ । यसले युवापुस्तालाई आकर्षित गर्ने कम्पनीले जनाएको छ । यसअघि नै बजाजले एन सिरिजमा एन २५० र १६० बजारमा लन्च गरिसकेको छ । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु..
दक्षिणी गाजा क्षेत्रमा ‘रणनीतिक विराम’ गर्ने इजरायली सेनाको घोषणा
२ असार । इजरायली सेनाले आइतबार दक्षिणी गाजापट्टीको भागमा दिनको समयमा दैनिक सैन्य गतिविधिको ‘रणनीतिक विराम’ लागु गर्ने घोषणा गरेको छ। “केरम सालोम सीमा पार गर्ने सालाह अल–दिन रोड र त्यसपछि उत्तरतर्फ जाने सडकमा अर्काे सुचना नआएसम्मका लागि मानवीय सहायता पहुँच उद्देश्यका लागि हरेक दिन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सैन्य गतिविधिको रणनीतिक विराम हुनेछ,” सेनाले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । संयुक्त राष्ट्र संघ र अन्य संस्थाहरूसँगको छलफलपछि..
चीनले अष्ट्रेलियालाई ‘पाण्डा’ उपहार दिँदै
२ असार । चीनले अष्ट्रेलियालाई एक जोडी पाण्डा उपहार स्वरुप पठाउने भएको छ। चीनका प्रधानमन्त्री ली क्वियाङले आइतबार दुई देशबीचको सम्बन्ध न्यानो भएको देखाउन ती पाण्डा पठाउन लागिएको जनाएका छन् । चारदिने अष्ट्रेलिया भ्रमणमा रहेका चिनियाँ प्रधानमन्त्रीले अदेलाइदे चिडियाखानामा गएको बेलामा सो घोषणा गरेका हुन् । चीनका प्रधानमन्त्रीको भ्रमण सात वर्षपछि पहिलोपटक अष्ट्रेलियामा भएको हो । चीन अष्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । चीनले पाण्डा कुटनीतिअन्तर्गत विभिन्न २० मुलुकलाई..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७