संघमा मन्त्री घटाऔं, प्रदेश नयाँ ढंगले चलाउन संविधान संशोधन गरौं- गगन थापा

संघमा मन्त्री घटाऔं, प्रदेश नयाँ ढंगले चलाउन संविधान संशोधन गरौं- गगन थापा

१ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय सरकारको मन्त्रालय घटाउनुपर्ने बताएका छन्। संघको मन्त्रालय घटाएर १०,१२ जना मात्रै मन्त्री बनाए पुग्ने उनको भनाइ छ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘संघ र प्रदेशको संसदको साइज घटाउनुपर्‍यो। संघको मन्त्रालय यत्रो राख्नै पर्दैन। संघमा १०,१२ जना मन्त्री बनाए हुन्छ। हामीले संविधानमा २५ लेखेका छौं। २५ नलेखेको भए अहिले प्रचण्ड नेतृत्वको सरकारमा ५० जना मन्त्री बन्ने रहेछन्। संघमा जस्तै प्रदेशमा पनि घटाउनुपर्याे। प्रदेश र संघलाई मिलाउनुपर्‍यो।’ उनले प्रदेशको निर्वाचन प्रणाली पनि बदल्नुपर्ने बताए।

उनले थपे, ‘प्रदेश अहिले अदालतले चलाएको छ। प्रदेशका सबै मुख्यमन्त्री अहिले अदालतमा भेटिन्छन्। सबै लगेर हामीले अदालतमा बुझाइदिएका छौं। हामीले सिक्यौं कसैलाई दोष दिएर हुँदैन। प्रदेशका सन्दर्भमा संविधानमा लेखेको कतिपय कुराहरु मिलेनछन्। त्यसैले संशोधन गरौं त्यसलाई लागि हामीले एमालेसँग सल्लाह गरौं।’

उनले संविधान संशोधन लगायतको विषयमा एमालेसँग छलफल गर्नुपर्ने भएपनि सरकार बदल्न कसैसँग छलफल नगरेको बताए। उनले कांग्रेस अहिले प्रतिपक्ष भएकाले प्रश्न र प्रतिवाद गरेर जिम्मेवार भूमिका निर्वाह गर्ने बताए।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270