प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परिसकेकाले दीर्घकालीन महत्वको निर्णय नगर्न एमालेको आग्रह

२० असार, काठमाण्डौँ । नेकपा एमालेले अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । महासचिव शंकर पोखरेलले आज बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेको बताएका छन् । कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था पनि नरहेको एमालेले उल्लेख गरेको छ । ‘‘अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने..

कोशी प्रदेश मन्त्रिपरिषद्को बैठक सम्पन्न, तीनवटा समिति गठन

२० असार, विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले तीन मन्त्रीहरूको संयोजकत्वमा तीनवटा समिति गठन गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको उक्त बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासन समिति गठन गरेको मन्त्रिपरिषद्का प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीले जानकारी दिए । यसैगरी आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति र स्वास्थ्यमन्त्री..

एकीकृत समाजवादीको पदाधिकारीसहित केन्द्रीय सदस्य चयन गर्न सहमतीको प्रयास जारी

२० असार, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्व सर्वसहमतिबाट टुंग्याउने प्रयास चलिरहेको छ । सर्वसहमतिबाट नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । आज बिहान १० बजेबाटै निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यतालिका तय गरिएको थियो । तर नेतृत्वमा सर्वसहमतिको प्रयास गर्ने भनेर अहिलेसम्म निर्वाचन प्रक्रिया अगाडि बढाइएको छैन । नेताहरू लगातार छलफलमा जुटिरहेका छन् । ‘अहिलेसम्म नटुंगिए पनि हामी सर्वसहमतिबाट नेतृत्व चयन गर्छाै, त्यसैका लागि छलफल चलिरहेको छ,’..

इन्सेक इलामको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्मपन्न

२० असार, इलाम । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ का लागि इलाम जिल्लामा संकलित घटनाहरुको अर्धवार्षिक समीक्षा कार्यक्रम इलाममा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इलामको आयोजनामा सन् २०२४ जनवरीदेखि जुनसम्मका ६ महिनाका घटनाहरूका विषयमा सरोकारवालाहरुसँग समीक्षा कार्यक्रम गरिएको थियो । इन्सेकले संकलन गरेको घटनामाथि त्रुटि सच्चाउने र छुटेका घटना समावेश गर्ने उद्देश्यले अर्धवार्षिक समीक्षा कार्यक्रम गरेको बताएको छ । इलाम जिल्ला प्रतिनिधि मनोज अधिकारीले ६ महिनादेखिका..

विल विजक नभएका ११ करोड १० लाख बराबरको सामान सशस्त्र प्रहरीद्धारा बरामद

२० असार, झापा । सशस्त्र प्रहरी बल नेपालले झापामा भन्सार छली गरी भारतबाट भित्र्याइएको ११ करोड १० लाख ८४ हजार बढीको विल विजक नभएका सामान बरामद गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि यही असार १८ गतेसम्म सशस्त्र प्रहरी बल नेपाल २ नं गण तथा मातहतका युनिटबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो । उहाँका अनुसार एक करोड चार लाख..

एमालेबाट सरकारमा सहभागी ८ मन्त्रीहरुको राजीनामा स्वीकृत

२० असार, काठमाण्डौँ । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ । एमालेको बुधबार बसेको सचिवालय बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेका ८ जना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम राजीनामा आएको स्वीकृत गरी उनीहरुको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।..

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत

२० असार, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउन नेताहरू सहमत भएका छन् । काठमाडौँको कमलादीस्थित रोयल सिंगी होटलमा शीर्ष नेताहरूबिच भएको छलफलमा नेपालका नाममा सहमति जुटेको एक नेताले जानकारी दिए । ‘अध्यक्षमा माधव नेपाल सर्वसम्मत भइसक्नुभयो । अव अरू पदाधिकारीको हकमा सहमति खोज्ने प्रयास भइरहेको छ’, ती नेताले भने, ‘पदाधिकारीमा सहमति जुटाएर केन्द्रीय सदस्यमा समेत सहमति खोज्ने प्रयास भइरहेको छ ।’ यसअघि नेता घनश्याम भुसालले..

एमालेबाट मन्त्री बनेकाहरु राजिनामा पत्र बोकेर पार्टीको निर्देशन पर्खिदै

१९ असार, काठमाण्डौँ । नेकपा एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू पार्टी नेतृत्वको निर्देशन पर्खेर बसेका छन् । आजै साँझसम्म राजीनामा दिएर सरकारमाथिको समर्थन फिर्ता लिने अनौपचारिक खबर भए पनि पार्टीबाट थप निर्देशन नआएकाले तदर्थ अवस्थामा काम गरिएको मन्त्रीहरूले बताएका छन् । सरकारमा एमालेबाट उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसहित ८ जना छन् । आफूहरू अहिले अलमलको अवस्थामा रहेको र दूरगामी प्रभाव पार्ने निर्णय नगरी सामान्य काम मात्र गरिएको उनीहरूको..

इलामबाट सञ्चालन हुने गाडीमा सिसी क्यामेरा जोडिदै

१९ असार, इलाम । इलामका सञ्चालन हुने सार्वजनिक यातायातका साधनमा तोकिएको भाडादर कडाइका साथ कार्यान्वयन गरिने भएको छ । मङ्गलबार जिल्ला प्रशासन कार्यालय इलाममा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सो निर्ण गरेको हो । बैठकले तत्कालका लागि २०८० जेठमा निर्धारण गरिएको भाडादर कार्यन्वयन गर्ने, सार्वजनिक सवारी साधनमा सबैले देखिने गरी भाडादर टाँस गर्ने निर्णय गरेको छ । त्यस्तै भाडादर समायोजनका लागि यातायात व्यवस्था सेवा..

पीएचडी गर्ने दुई विद्यार्थीलाई गाउँपालिकाले दियो ५ लाख छात्रवृत्ती

१९ असार, इलाम । इलामको माङसेबुङ गाउँपालिकाले विद्यावारिधि (पीएचडी) अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गर्ने नीति अनुरुप माङसेबुङले दुई विद्यार्थीलाई रु पाँच लाख छात्रवृत्ति उपलब्ध गराएको हो । माङसेबुङ गाउँपालिकाले आज ‘विद्यार्थी प्रोत्साहन तथा सम्मान कार्यक्रम’ आयोजना गरी पीएचडी अध्ययनरत माङसेबुङ–२ का मनोजकुमार लिम्बू र गोविन्दप्रसाद लिम्बूलाई छात्रवृत्ति स्वरुप जनही रु दुई लाख ५० हजारका दरले उपलब्ध गराएको हो ।..