समाचार
राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरूको साझा प्रयासबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्छः ओली
१९ असार, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरूबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताएका छन् । राससँगको कुराकानीमा उनले भने, ‘हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पार्धाका आधारमा चल्नुपर्छ भन्नेमा छौँ । हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो । मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ ।’ ओलीले संविधान जारी हुने समयमा कांग्रेससँग सहयात्राका लागि..
प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न कांग्रेको आग्रह
१९ असार, काठमाण्डौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले दुई ठूला दल मिलेर सरकार बनाउने सहमति गरेपछि मार्ग प्रशस्त गर्न आग्रह गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
मुकुल ढकालको समीक्षा प्रतिवेदन बैठकमा पेस गर्न रोविले रोके
१९ असार, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकाललाई केन्द्रीय समिति बैठकमा समीक्षा प्रतिवेदन पेस गर्न रोक्न लगाएका छन् । बुधबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा महामन्त्री ढकालले लिखित प्रस्ताव पेस गर्न खोजेका थिए । ‘समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेस गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेस गर्ने अनुमति सभापतिले दिनु भएन,’ महामन्त्री ढकालले भने..
फुङलिङ नगरपालिकाका इञ्जिनियर एक लाख रुपैयाँ घुससहित पक्राउ l
१७ असार, फुङलिङ नगरपालिकाका सवइञ्जिनियर (छैटौं तह) को अख्तर हुसैन एक लाख घुस रकमसहित सोमबार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट आएको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस (रिसवत) मागिरहेको भन्ने सूचनाका आधारमा इटहरीबाट टोली खटिएको र घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ । इन्जिनियर हुसैनले फुङलिङ नगरपालिका-२ तारेबुङ क्षेत्रमा..
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग ९ बुँदे सहमति भएपछि कर्णाली प्रदेशसभाको अवरोध हटेको छ ।
१७ असार, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग ९ बुँदे सहमति भएपछि कर्णाली प्रदेशसभाको अवरोध हटेको छ । सभामुख नन्दा गुरुङको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय बैठकमा आगामी आर्थिक वर्षमा १५ लाख रुपैयाँ भन्दा कम रकम विनियोजन भएका योजना कार्यान्वयन नगर्ने सहमति भएपछि कांग्रेस प्रदेशसभाको अवरोध खोल्न तयार भएको हो । कृषि, सशर्त अनुदान, क्रमागत र मर्मततर्फ बाहेक अन्य निर्माणको हकमा १५ लाख र भवन तथा सडक निर्माणमा ३० लाख भन्दा मुनिका..
हानिकारक रसायन हालिएको आँप बरामत, ५७ क्विन्टल नष्ट गरियो
कञ्चनपुरको महेन्द्रनगर बजारमा प्रतिबन्धित रसायन हालेर पकाएका आँप छ्यापछ्याप्ती बिक्री(वितरण भइरहेका छन्। भारतीय बजारबाट ल्याइएका हानिकारक रसायन हालेर पकाएका आँप ठेलागाढादेखि पसल(पसलमा बिक्री भइरहेको छ। खुलमखुल्ला प्रतिबन्धित रसायन हालेर पकाइएका आँप बिक्री(वितरण बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले बजार अनुगमन गरेको छ। कार्यालयका खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहरा नेतृत्वको टोलीले महेन्द्रनगर बजारबाट ठूलो परिमाणका हानिकारक रसायन प्रयोग भएको आँप बरामद गरेको छ। महेन्द्रनगरमा पंकजकुमार गुप्ताले सञ्चालन गरेको बालाजी..
सुन प्रकरणः दोस्रो चरणमा २० जना पक्राउ, २ खर्ब बढी बिगो माग्दै सिआइबीले बुझायो प्रतिवेदन २६ जना अझै फरार
असार १७, ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ। सिआइबीले आइतबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यलयमा दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ। ६० किलो सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानबाट सिआइबीले २० जनालाई पक्राउ गरेको छ। प्रहरीको उच्च स्रोतका अनुसार २६ जना अझै फरार छन्। सिआइबीले पक्राउ परेका २० र फरार रहेका २६ गरी ४६ जनालाई..
सत्ता ‘उथलपुथल’ को कसरत विभिन्न दल सम्मिलित वर्तमान गठबन्धनको विकल्प खोज्न कांग्रेस र एमालेको शीर्ष नेतृत्व शृंखलाबद्ध बैठकमा
17 असार , संसद्का दुई ठूला दल कांग्रेस र एमाले सरकार परिवर्तनदेखि संविधान संशोधनसम्मका मुद्दामा सहमति खोज्ने कसरतमा लागेका छन् । स–साना दलहरू मिलाएर सरकार चलाउँदा अस्थिरता बढेको र जनमानसमा प्रणालीप्रति वितृष्णा बढेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली शृंखलाबद्ध भेटवार्तामा छन् । दुई नेताको बैठकले वर्तमान सत्ता गठबन्धनका माओवादी र रास्वपालाई दबाबमा पारेको छ । सत्ता ‘उथलपुथल’ को कसरत फागुन २१ मा माओवादीले कांग्रेससँगको सहकार्य तोडेर..
असई थमन विक हत्या अभियोगमा जन्मकैद सजाय पाएका पूर्वसांसद यादव पक्राउ l
काठमाडौं । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा दोषी ठहर पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । यादवलाई शनिबार हिजो महोत्तरीको साम्सी गाउँपालिकाबाट पक्राउ गरिएको मधेस प्रदेश प्रहरीका प्रमुख एवं डीआईजी यज्ञविनोलद पोखरेलले जानकारी दिए । असई विकको हत्या अभियोगमा महोत्तरी जिल्ला अदालतले गएको मंसिरमा यादव, लोसपाका मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सातजनालाई जन्मकैदको सजाय सुनाएको थियो । यादव ०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट..
सुदूरपश्चिममा भागबन्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्याइयो l
धनगढी — सुदूरपश्चिममा एकीकृत समाजवादीको नेतृत्वमा रहेको एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी सम्मिलित संयुक्त सरकारले भागबन्डा तथा बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिनका लागि मन्त्रालय विभाजन गरेको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार यसअघि बिनाविभागीय रहेका पाँच जना मन्त्रीलाई जिम्मेवारी दिन चार वटा मन्त्रालय विभाजन गरेका हुन् । सुदूरपश्चिममा भागबन्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्याइयो ।मुख्यमन्त्री सोडारीले यसअघि कायम रहेका भौतिक पूर्वाधार विकास ।मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७