समाचार
चिनियाँ नागरिक भेटिए मृत l
चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका एक चिनियाँ नागरिक मृत भेटिएका छन्। भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित वर्षना होटलमा ५६ वर्षीय पियान छ्याङसिन मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए। उनी असार १० गते देखि क्यान्सरको उपचार गराइरहेका थिए। आइतबार बिहान ९ बजेतिर उनी कोठासँगै जोडिएको वाथरुममा घोप्टो परेको अवस्थामा मृत भेटिएको रिजालले बताए। ‘विदेशी नागरिक भएकाले अहिले हामीले सम्बन्धित दूतावाससँग समन्वय..
अत्यधिक फोन चलाउँदा हुने अन्धोपन के हो ?
स्मार्टफोन अत्यधिक प्रयोग गर्दा हुने अस्थायी अन्धोपनलाई सेल फोन अन्धोपन (ऋभिि उजयलभ दष्लिमलभकक) भनेर बुझ्ने गरिन्छ । अर्को भाषामा ‘टेम्पोररी मोनोकुलर भिजुअल इम्पेयरमेन्ट’ पनि भनिन्छ । सामान्यतः रातको समयमा एउटा आँखाले मात्र (जस्तैस् कोल्टे सुतेर अथवा अप्ठ्यारो मुद्रामा बसेर चलाउँदा ) स्मार्टफोन प्रयोग गर्नेलाई यो समस्या हुन सक्छ । किनकि एउटा आँखामा फोनको स्क्रिनबाट निस्कने चम्किलो प्रकाश र अर्कोमा चिम्लेकाले अँध्यारो प्रकाश पर्छ । जब दुवै आँखामा एउटै खालको प्रकाश..
वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अब अनलाइन बाट l
असार १५ — आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार साँझ विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिँदै सोहीअनुरुप गर्न निर्देशन दिए । वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट नयाँ व्यवस्थाअनुसार रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजाने नियोगसमक्ष पेस गरेका कागजात साउन १ गतेदेखि अनलाइनबाटै प्रमाणीकरण हुने भएकाले सेवाप्रवाह प्रभावकारी हुने छ ।..
दक्षिण अफ्रिका पहिलो पटक आईसीसी टी–२० विश्वकपको फाइनलमा
१३ असार, काठमाण्डौँ । अफगानिस्तानविरुद्ध कीर्तिमानी जित हासिल गर्दै दक्षिण अफ्रिका पहिलोपटक आईसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ । बिहीबार बिहान भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका तेस्रो प्रयासमा फाइनलमा पुग्न सफल भएको हो । जारी विश्वकपमा कीर्तिमानी प्रदर्शन गरिरहेको दक्षिण अफ्रिका लगातार ८ खेल जित्ने एक्लो टोली हो । यसअघि सन् २००९ र २०१४ मा सेमिफाइनल खेलेको दक्षिण अफ्रिका १० वर्षपछि अहिले सेमिफाइनलमा पुगेको थियो ।..
एसईईको मौका परिक्षा साउन १८ र १९ गते हुने
१३ असार, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सँगै मौका परीक्षाको मिति पनि आजै तय गरिएको छ । दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । बोर्डका अधिकारीका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक..
माङसेबुङ गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माण कार्य सुरु गरिने
१३ असार, इलाम । माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१।८२ बाट १५ शैय्याको अस्पताल निर्माण कार्य सुरु गर्ने भएको छ । गाउँपालिकामा अध्यक्ष हेमन्त राईले १५ औँ गाउँसभामा पेश गरेको आ.व. २०८१।८२ को वार्षिक नीति कार्यक्रममा अस्पताल सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन तयार भएको र माङसेबुङ ३ को मनिपुरमा जग्गासमेत प्राप्त भइसेकेकोले अस्पताल निर्माण कार्य अघि बढ्ने बताएका हुन् । नीति तथा कार्यक्रममा भनिएको छ–‘सबैलाई सुलभ स्वास्थ्य सेवा’ भन्ने मूल लक्ष्यका..
एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण (रिजल्ट हेर्ने तरीका सहित)
१३ असार, काठमाण्डौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार एसईईको नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिएको बताए । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख..
पर्यटन प्रवद्र्धनका लागि इलाममा रैथाने खाद्य परिकार प्रदर्शनी
१२ असार, इलाम । इलाममा रैथाने खाद्य परिकार प्रदर्शनी गरिएको छ । खानाका माध्यमबाट इलाममा पर्यटक आकर्षित गर्न इलाम बजारको होटल रेडरोजमा सम्पन्न प्रर्दशनीमा विभिन्न जातजातिका मौलिक र रैथाने खानाका १४ स्टल रहको मेची पहाडी पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले जानकारी दिए । होटल एसोसिएन इलाम र नगर पर्यटन विकास समितिको आयोजना तथा उद्योग वाणिज्य संघ, महिला उद्यमी लगायत संघसंस्थाको सहआयोजना रहेको कार्यक्रमलाई पर्यटन कार्यालय झापा , इलाम..
गोर्खा मिडियाका नाममा रकम प्रवाह भएका सहकारीको कागजात झिकाउने छानबिन समितीको निर्णय
१२ असार, काठमाण्डौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम प्रवाह भएका सहकारीको कागजात झिकाउने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले कार्यविधिको अनुसूची २ मा रहेका ९ वटा सहकारी संस्थाहरूको कागजात माग गर्ने निर्णय गरेको हो । समितिका सभापति सूर्यबहादुर थापाले अनुसूची २ मा रहेका आइडियल यमुना बहुउद्देश्यीय संस्था, ईमेज बचत तथा ऋण सहकारी संस्था लि., सहारा बचत तथा..
एकीकृत समाजवादीको नयाँ नेतृत्वमा झलनाथ ब्याक, घनश्यामलाई अगाडि बढाउने
१२ असार, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भूसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहमत भएका छन् । यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए । तर बुधबार बिहान आफ्नै निवास डल्लु आएका भूसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले सहमति दिएका हुन् । ‘एकीकृत समाजवादीको नयाँ नेतृत्वमा अब घनश्याम भूसाल अगाडि बढ्नुहुन्छ । उहाँलाई नै झलनाथ खनालको साथ हुने भएको छ’,..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७