पूर्वसांसदले मागे सुविधा

११ साउन, काठमाण्डौँ । पूर्वसांसद मञ्चले राज्यसँग सुविधा माग गरेको छ । मञ्चका अध्यक्ष ओमकार श्रेष्ठको नेतृत्वमा आज शुक्रबार गृहमन्त्री रमेश लेखकलाई भेट्न सिंहदरबार पुगेको टोलीले राज्यसँग सुविधा माग गरेको हो । पूर्वसांसदहरूले निरन्तर जनताको काममा रहेको दाबी गर्दै राज्यको तर्फबाट न्यूनतम सुविधा उपलब्ध गराउनुपर्ने माग राखेका हुन् । मञ्चको माग सम्बोधनका लागि आफू सकारात्मक रहेको गृहमन्त्री लेखकले जवाफ दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पूर्वसांसद मञ्चलाई गृह..

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी

११ साउन, विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । आज (शुक्रबार) सरकारमा सहभागी चार जना मन्त्रीहरुले सामुहिक राजीनामा बुझाएसँगै माओवादी सरकारबाट बाहिरिएको हो । कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती, राजेन्द्र कार्की र नारायण बुर्जा मगर मन्त्री थिए । त्यस्तै, वन्दना झाँग राज्यमन्त्री थिईन् । उनीहरुले सामूहिक रुपमा मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । सरकारबाट बाहिरिएपनि माओवादीले समर्थन भने फिर्ता नलिने निर्णय गरेको छ । माओवादी..

यूएईमा मृत्युदण्डको सजाय सुनाइएका दुई नेपाली छुटे

११ साउन, काठमाण्डौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा मृत्युदण्डको सजाय सुनाइएका दुई जना नेपालीले सफाइ पाएका छन् । पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुंगाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापाले गएको बुधबार यूएईको अदालतबाट सफाइ पाएका हुन् । मृतकका परिवारलाई ब्लडमनीबापत १ करोड १३ लाख बुझाएपछि श्रेष्ठ र थापा गत बुधवार यूएईको जेलबाट रिहा भएका हुन् । श्रेष्ठ बिहीबार स्वदेश फर्केका छन् भने थापाको पासपोर्टको..

सरकारमा गएपछि कांग्रेसभित्र विवादै विवाद

११ साउन, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न एकमत भएको नेपाली कांग्रेसभित्र सरकारमा गएपछि विवाद बढेको छ । नेकपा एमालेसँग मिलेर संघीयदेखि प्रदेशसम्म सरकार सहभागी हुँदा सभापति शेरबहादुर देउवाले एकलौटी लादेको भन्दै इतर पक्षले भेला थालेपछि विवाद झांगिएको हो । संघमा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसले पाएको १० मध्ये ३ मन्त्रालय मात्रै पाएको इतर समूहले प्रदेश सरकार गठनको विषयमा आफूहरुसँग छलफल..

नयाँ मौद्रिक नीतिले निर्माण क्षेत्रलाई राहत

११ साउन, काठमाण्डौँ । नयाँ मौद्रिक नीतिले निर्माण क्षेत्रलाई राहत प्रदान गरेको छ । निर्माण व्यवसायीलाई अर्काे व्यवस्था नभएसम्मका लागि कालो सूचिमा नहालिने भएको छ । आर्थिक वर्ष २०८१।८२ का लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम हुने भएको छ । कुनै निर्माण व्यवसायी कालोसूचीमा परेमा जेभी भएर काम गरेको अर्काे निर्माण कम्पनी कालो सूचिमा नपर्ने भएको हो । नेपाल राष्ट्र बैंकले..

लोकगायक जोशीप्रति मुख्यमन्त्री कार्कीद्धारा श्रद्धाञ्जली व्यक्त

११ साउन, झापा । लोकगायक एलपी जोशीप्रति मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । झापा दमकका गायक जोशीको बिहीबार राति निधन भएको हो । रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’’, ‘ओल्लो खोलो, पल्लो खोलो–कमिलोको गोलो भनेर हो रानाज्यू’, ‘कान्छी मट्याङट्याङ्’लगायतका दर्जनबढी गीत चर्चित छन् । यस्तै अब्बल दर्जाका चित्रकार, कलाकार समेत रहेका जोशीको निधनमा नेपाली संगीत तथा कला क्षेत्रमा अपुरणीय क्षति भएको मुख्यमन्त्री कार्कीले सामाजिक संजालमा दुख..

झापाको बाह्रदशीमा जग्गाको विषयमा विवाद, ११ जना घाइते

११ साउन, झापा । झापाको बाह्रदशीमा ऐलानी जग्गाको विषयमा विवाद दुई पक्षबीच झडप भएको छ । झडपमा परी दुवै पक्षका ११ जना घाइते भएका छन् । बिहीबार बिहान साढे ११ बजेको समयमा बाह्रदशी गाउँपालिका– ३ स्थित राधानगरमा सोही ठाउँका पर्शुराम साह र रेखानन्द साहबीच जग्गाको विषयमा विवाद भएको थियो । विवादको क्रममा दुवै पक्ष बाँस, लाठी र घरेलु हतियारसहित झडपमा उत्रिएका थिए । रेखानन्द साहले खेती जोताउन ट्याक्टर ल्याएको र..

काँकडभिट्टा नाकाबाट ८ करोड १० लाख बराबरको जडीबुटी निर्यात

११ साउन, झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०।८१ मा रु आठ करोड १० लाख १४ हजार बराबरको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयर लगायत वनजन्य उत्पादन निर्यात भएको हो । उक्त आवमा रु चार करोड ८० लाख ६० हजार बराबरको एक सय ६० मेट्रिक टन चिराइतो निर्यात भएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथम, सङ्खुवासभा, धनकुटा र भोजपुरमा चिराइतोको..

लोकगायक एलपी जोशीको ८८ वर्षको उमेरमा निधन

११ साउन, झापा । लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । बिहीवार झापाको दमकस्थित घरमा उनको निधन भएको हो । बेलुकाको खाना खाएपछि उनी अकस्मात बेहोस भएका थिए । दमकस्थित घरबाट अस्पताल लैजानेक्रममा बाटोमै उनको निधन भएको परिवारले जनाएको छ । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए । वि.स. २०१३ सालमा रेडियो नेपालमा..

विमान दुर्घटनामा निधन भएकाको आफन्तले शव बुझ्न मानेनन्

११ साउन, काठमाण्डौँ । बुधबार काठमाडौं विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी निधन भएकाको आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने अडान कायमै राखेका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उचित क्षतिपूर्ति दिने र शक्तिशाली छानबिन समिति बनाएकोले शव बुझ्न आग्रह गरेका थिए । तर, मृत्तकका आफन्तहरुले एयरलाइन्सले क्षतिपूर्तिको टुंगो नलगाएसम्म शव नबुझ्ने अडान मन्त्री पाण्डेसामू दोहोर्याए । मन्त्री पाण्डेले एयरलाईन्सका व्यवस्थापक र..