समाचार
अमेरिकी दूतावासलाई लेखेको पत्र बाहिरिएपछि उपसभामुख दवावमा
४ साउन, काठमाण्डौँ । प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा मुछिएकी छिन् । काठमाडौँस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन सिफारिस गरेर लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख रानामगर विवादमा परेकी हुन् । उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्ल्यू ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वार्ताको मिति मिलाइदिन दूतावासलाई..
झापामा सवारीसाधन कारबाहीबाट ३ करोड ८६ लाख राजस्व सङ्कलन
४ साउन, झापा । झापामा गत आर्थिक बर्ष २०८०।८१ मा ५७ हजार चार सय ५६ सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक गौतमका अनुसार गत आर्थिक वर्ष सवारीसाधन कारबाहीबाट रु तीन करोड ८६ लाख ८२ हजार छ सय ४१ राजस्व सङ्कलन भएको छ । सङ्घीय सरकारले निर्धारण गरे अनुसार पहिलो पटक कारबाहीमा पर्नेलाई रु पाँच सय, दोस्रो पटक रु एक हजार र तेस्रो पटक रु एक..
झापामा एक वर्षको अवधीमा सवारी दुर्घटनामा ८७ जनाको मृत्यु
४ साउन, झापा । झापामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षको साउनदेखि गत असारसम्म पाँच सय ९३ सवारी दुर्घटना परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको हो । सवारी दुर्घटनामा मृत्यु हुनेमा ७० पुरुष, १० महिला र सात बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिनुभयो । सडक दुर्घटनामा परी एक सय ६४ गम्भीर र आठ सय तीन..
बंगलादेशमा झन् भड्कियो आन्दोलन, मृत्यु हुनेको संख्या २५ पुग्यो
४ साउन, बीबीसी । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । आन्दोलनमा सयौं घाइते भएका छन् । प्रधानमन्त्री शेख हसिनाले बुधबार राष्ट्रको नाममा सम्बोधन गरेपछि हिंसा झन् भड्किएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीहरुले राजधानी ढाकासहित कयौं स्थानहरुमा आगजनी र तोडफोड गरेका छन् । ठाउँ–ठाउँमा प्रहरीसँग झडप भएको छ । हिंसा बढ्दै गएपछि इन्टरनेट सेवासमेत बन्द गरिएको छ । स्कुल कलेजहरु..
नेपाल, भारत र बंगलादेशबीच विद्युत व्यापारका लागि त्रिपक्षीय सम्झौता
३ साउन, काठमाण्डौँ । नेपाल, भारत र बंगलादेशका मन्त्रीबीच विद्युत व्यापारका लागि त्रिपक्षीय सम्झौता हुने भएको छ । तीन देशका मन्त्रीको उपस्थितिमा सम्झौता साउन १३ गते (जुलाई २८) मा विद्युत व्यापार सम्झौता गर्न हुन लागेको ऊर्जा मन्त्रालयका प्रवक्ता नविनराज सिंहले बताए । नेपालबाट उत्पादित ४० मेगावाट विद्युत निर्यात हुने छ । नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, बंगलादेशका ऊर्जा मन्त्री नस्रुल हमिद र भारतका पावर मिनिस्टर मनोहरलाल खट्टर बीच..
प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल
३ साउन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । नेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नै थिए । त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । उनी २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री थिए ।..
कोशीमा लागुऔषध कारोबारीको संख्या बढ्दो
२ साउन, विराटनगर । सोमबार दिउँसो विराटनगर प्रवेश नाकाबाट प्रहरीले ४ जनालाई पक्राउ गर्याे । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट २.१५ ग्राम ब्राउन सुगर बरामद र्गयो । सोमबार नै प्रहरीले भद्रपुरस्थित मेची पुलबाट २७० मिलीग्राम ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको थियो । प्रदेश प्रहरी कार्यालय कोशीका अनुसार असार २० गते देखि ३० गते सम्म हरेक दिन ब्राउन सुगरसहित समातिएका छन् । असार २० गते विभिन्न जिल्लाबाट..
यातायात कार्यालय इलामले संकलन गर्यो १० करोड ९८ लाख राजस्व
२ साउन, इलाम । यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८०।०८१ मा दश करोड ९८ लाख ७४ हजार तिन सय ७३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सवारी साधन कर तर्फ आठ करोड ४४ लाख बत्तिस हजार छ सय ७८ र व्यवसाय दर्ता दस्तुरबाट १३ हजार रुपैयाँ सङ्कलन भएको छ । यस्तै चालक अनुमतिपत्र सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट एक करोड ९५ लाख ८५ हजार पन्द्र रुपैया र यातायात..
गुन्डा र लागु औषध तस्करका इनकाउन्टर स्पेसलिष्ट सई सन्जेलले फेरि पाए विशेष बढुवा
२ साउन, काठमाण्डौँ । नेपाल प्रहरीका महानिरिक्षक(आईजीपी) बसन्तबहादुर कुँवरले नायब निरिक्षक(सई) बालकृष्ण सन्जेललाई विशेष बढुवा दिएका छन् । प्रहरी नियमावलीअनुसार आईजीपी कुँवरले सन्जेलसहित १० जनालाई विशेष बढुवा दिएका हुन् । सई सन्जेल बरिष्ठ सईमा बढुवा भएका छन् । प्रहरी नियमावलीअनुसार हरेक वर्ष आईजीपीले सईसम्मका दर्जामा बढीमा १० जनालाई बढुवा गर्ने व्यवस्था रहेको छ । सन्जेल लागु औषध कारोबारी र गुन्डाहरुलाई गोली हानेर चर्चामा आइरहने प्रहरी हुन् । सन्जेल यसअघि पनि..
आफ्नै छोराबुहारीले जङ्गलमा छाडेको वृद्धको उद्धार
२ साउन, मोरङ । मोरङको बेलबारी –७ का ७० वर्षीय जामुनलाल झाँगडलाई आफ्नै छोराबुहारीले जङ्गलमा छोडेको पाइएको छ । चार दिन अगाडि छोराबुहारीले मोटरसाइकलमा हालेर बेलबारी चिसाङ साझेदारी जङ्गलको बिचमा छोडेको उनले बताएका हुन् । उनले चारदिन जङ्गलमै रात कटाएका थिए । बेलबारी चिसाङ साझेदारीको गस्ती टोलीले मंगलबार बिहान वृद्धलाई भेटेर उद्धार गरेको हो । उनलाई सब डिभिजन वन कार्यालय सलकपुरका गणेश कार्की, राजेन्द्र घिमिरे, बेलबारी चिसाङ साझेदारीको कमान्डर मुरारी..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७