मोरङको लोहन्द्रा खोलामा भेटियो अर्काे नयाँ प्रजातिको माछा

१४ साउन, मोरङ । मोरङको लोहन्द्रा खोलामा अर्काे नयाँ प्रजातिको माछा फेला परेको छ । बुदुना जातको ‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एशियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल र रामचन्द्र अधिकारीले उक्त प्रजाति नेपालका लागि नयाँ भएको भन्दै भारतबाट प्रकाशित हुने प्रसिद्ध जर्नल ‘थ्रिटेन्ड टेक्सा’ को सन् २०२४ को जुन अङ्कमा लेख लेखेका छन् । लिम्बूलगायतको टोलीले दुई महिनाअघि..

निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानको नाम अस्वीकृत

१४ साउन, काठमाण्डौँ । संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो । बैठकका निर्णय जानकारी गराउँदै समिति सभापति (ज्येष्ठ सदस्य) पशुपति समशेर जबराले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० का नियम २६ उपनियम ५ बमोजिम उक्त पदमा नियुक्तिका लागि निजको नाम सर्वसम्मतिबाट अस्वीकृत गर्ने निर्णय भएको बताए ।..

झापाको मेचीनगरले उठायो १३ करोड ५२ लाख आन्तरिक राजस्व

१४ साउन, झापा । झापाको मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०।८१ मा रु १३ करोड ५२ लाख पाँच हजार आठ सय ९७ रुपैँया आन्तरिक राजस्वसङ्कलन गरेको छ । आव २०७९।८० तुलनामा रु एक करोड ९० लाख ८४ हजार दुई सयबढी राजस्व सङ्कलन भएको हो । नगरका राजस्व परामर्श समितिका संयोजक एवं नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले आव २०७९।८० मा आन्तरिक राजस्व रु ११ करोड ६१ लाख २१ हजार छ सय..

बाढी र पहिरोमा ११ वर्षमा ६५४ बेपत्ताः न सास ! न लास !

१४ साउन, काठमाण्डौँ । असार ३१ गते बिहान चितवनको सिमलतालमा माथिबाट पहिरो झरेर त्रिशूली नदीमा खसेका दुइटा लामो दुरीका यात्रुबाहक बस अझै भेटिएका छैनन् । दुइटा बसमा रहेका ६५ जना बेपत्ता भएकामा २५ जनाको शव भेटिएको छ । आफन्तले बाँकीको शव पाउने आशा भने मारेका छैनन् । घटनास्थलभन्दा करिब १०८ किलोमिटरको दुरीमा पर्ने त्रिवेणीमा १३ जनाको शव भेटिएको थियो । १६० किलोमिटर दुरीमा पर्ने भारतीय क्षेत्रमा २ वटा शव भेटिएका..

कोशीमा कांग्रेसलाई मन्त्रीको नाम टुङ्याउन सकस, तीन समूहमा आकांक्षीको लर्को

१४ साउन, विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेसलाई मन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको छ । कोशीमा कांग्रेसले ४ मन्त्रालय पाएको छ । आकांक्षी धेरै हुँदा मन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको हो । कांग्रेस स्रोतका अनुसार अनुसार ४ मध्ये दुई मन्त्री सभापति शेरबहादुर देउवा समूहबाट हुनेछन् । कृष्णप्रसाद सिटौला र डाक्टर शेखर कोइराला समूहबाट एकरएक जना मन्त्री हुनेछन् । २९ सांसद रहेको कांग्रेसकोे तीनवटा समूहमा..

प्रदेशसभा बैठकमा सहभागी भएको भन्दै मन्त्रीलाई कारवाही

१३ साउन, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन् । आजको प्रदेशसभा बैठकमा मन्त्री थापा सहभागी भएकी थिइन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार सरकारले बैठकका सहभागी नहुने नीति लिएका बेला सहभागी भएपछि उनलाई पदबाट हटाइएको हो । यस अघिको बैठकमा पनि उनी सहभागी भएकी थिइन् । आजको बैठकमा पनि मुख्यमन्त्री सोडारीले उनलाई सहभागी नहुन भनेका थिए । सरकारको तर्फबाट..

पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ महिना कैद र ६९ लाख जरिवाना

१३ साउन, काठमाण्डौँ । सर्वाेच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार अदालतले पूर्वमन्त्री जोशीलाई दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको छ । यसअघि विशेष अदालतले जोशीलाई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै..

नेपाली चियाको अन्तर्राष्ट्रिय बजार सुध्रिँदै, तेस्रो मुलुकमा माग उच्च

१३ साउन, इलाम । कोरोना महामारीको संक्रमणपछि थलिएको नेपाली तयारी चियाको अन्तर्राष्ट्रिय बजार सुध्रिँदैछ । यो वर्ष तेस्रो मुलुकमा तयारी चियाको माग उच्च रहेको व्यवसायीले बताएका छन् । लामो समययता अर्गानिक चिया उत्पादन गरेर विदेशमा बेचिरहेका जस्बिरेका व्यवसायी सरद सुब्बा यो वर्ष तयारी चियाको माग राम्रो आएको बताउँछन् । ‘यो साल विदेशी व्यापारीले पहिल्यै पैसा पठाएर चिया बुकिङ गरेका छन् । सुइरोबाट बन्ने चिया त मागअनुसार दिनै मुस्किल छ,’ सुब्बाले..

झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्रे, इलाममा चार दशमवल दुई सय किलोमिटर ग्राभेल

१३ साउन, झापा । झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्रे भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८०।८१ मा ४७ किलोमिटर किलोमिटर सडक कालोपत्र भएको हो । समीक्षा अवधिमा १४ किलोमिटर सडक मर्मत भएको छ भने २३ दशमवल तीन दुई किलोमिटर ग्राभेल गरिएको छ । चारवटा मोटरेबल पुल पनि निर्माण भएका छन् । झापा र इलाम जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले इलाममा तीन दशमवल पाँच किलोमिटर सडक मर्मत,..

झापामा काटियो महसुल नबुझाउने ११ सय ग्राहकको लाइन

१३ साउन, झापा । नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०।८१ मा महसुल नबुझाउने एक हजार एक सय ७० ग्राहकको लाइन काटेको छ । केन्द्रका प्रमुख सञ्जीवकुमार साहले वर्षभरिमा लाइन काटिएकामध्ये एक हजार एक सय ३६ ग्राहकले बक्यौता महसुल र जरिवाना तिरेपछि पुनःविद्युत जडान गरिएको बताउनुभयो । उहाँका अनुसार योसँगै ३४ जना ग्राहकले मात्र बक्यौता तिर्न बाँकी छ । “विद्युत काटिएका ग्राहकले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता महसुल र..