काँकडभिट्टा नाकाबाट १५ अर्ब ३३ करोड १७ लाखको अलैची र चिया निर्यात

८ साउन, झापा । नेपालको पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०।८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ । आर्थिक वर्ष २०८०।८१ मा काँकडभिट्टाबाट छ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी..

तामाङ बाहुल्य बागमती प्रदेशले पहिलो पटक पायो तामाङ मुख्यमन्त्री

८ साउन, काठमाण्डौँ । तामाङ समुदायको बाहुल्यता रहेको बागमती प्रदेशले पहिलो पटक तामाङ मुख्यमन्त्री पाएको छ । नेपाली काङ्ग्रेसको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका बहादुर सिंह लामा तामाङ समुदाय र काङ्ग्रेसको तर्फबाट पहिलो मुख्यमन्त्री बनेका हुन् । २०२७ साल कात्तिक ८ गते नुवाकोटको किस्पाङ्ग गाउँपालिकामा जन्मिएका लामा यसअघि बागमती प्रदेशको आर्थिक मामिला मन्त्री भईसकेका छन् । प्रारम्भिक शिक्षा गाउँबाटै पूरा गरेर काठमाडौं छिरेका लामाले २०४३ सालमा काठमाडौको शंकरदेव क्याम्पसमा अध्यनको लागि..

पूर्वमुख्यमन्त्रीले कुटिपिट गरेर शौचालयमा थुन्ने धम्की दिएको सचिव भट्टराईको आरोप

८ साउन, विराटनगर । कोशीका पूर्वमुख्यमन्त्री तथा कांग्रेस सांसद केदार कार्कीमाथि कर्मचारीलाई धम्क्याएको आरोप लागेको छ । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफूलाई पूर्वमुख्यमन्त्री कार्कीले फोनमार्फत कुटिपिट गरेर शौचालयमा थुन्ने धम्की दिएको आरोप लगाएका छन् । सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टरलाई एक निवेदन दिंदै उनले जीउ धनको रक्षा र शान्ति सुरक्षाको माग गरेका छन् भने दोषीमाथि कारवाही गर्न आग्रह गरेका छन् । सोमबार अपरान्ह ४ः५३..

विद्युत काटिएका उद्योगमा लाइन जोड्ने प्राधिकरणको तयारी

८ साउन, काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणले काटिएका उद्योगमा लाइन जोड्ने तयारी गरेको छ । यद्यपि प्राधिकरण सञ्चालक समितिमा लाइन जोड्ने निर्णमा दुईजनाले फरक मत राखेका छन् । भने एक जनाले हस्ताक्षर गर्न बाँकी रहेको प्राधिकरण स्रोतले बतायो । प्राधिकरण स्रोतका अनुसार पैसा उठ्ने ग्यारेन्टी नभई लाइन जोड्न नहुने दुईजनाले अडान लिएका हुन् । नेपाल विद्युत प्राधिकरणले बक्यौता तिर्न बाँकी रहेको उद्योगबाट ३ महिनाभित्र विद्युत बक्यौता उठाउने गरी लाइन जोड्नको..

भारत र नेपालका गोताखोर टोलीले पनि भेट्न सकेन त्रिशूलीमा खसेको बस र यात्रु

७ साउन, चितवन । चन्द्रकिशोर राय यादव असार २८ देखि चितवनमा छन् । त्रिशूलीमा दुई बस खस्दा हराइरहेका सालो लक्ष्मीनारायण रायको खबर बुझ्न नारायणी नदी किनारमा कुरिबस्छन् । घरी भेटिएका शवमा सालो छ कि भनेर भरतपुर अस्पताल पनि धाउँछन् । भारतबाट समेत गोताखोरसहितको १२ जनाको टोली र नेपालको सशस्त्र प्रहरीको तालिम प्राप्त टोली, नेपाली सेना, नेपाल प्रहरी मिलेर खोजी गरिरहेका छन्, तर पछिल्लो तीन दिनयता खोजी टोलीले न बस न..

काँकडभिट्टाको ‘बिपी–पुष्पलाल वाटिका’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

७ साउन, झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको ‘बिपी–पुष्पलाल वाटिका’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । काँकडभिट्टा बजारमै जोडिएका कारण वाटिकामा दिनहुँ पर्यटक घुमफिर र फोटोसेसनका लागि आउने गरेका छन् । वाटिकामा फूलबारी, सेल्फी स्पट र पानीको फोहोरासहित नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्ष नेताद्वय बिपी कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक रहेको छ । २०४६ सालमा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको नेतृत्वमा भएको संयुक्त जनआन्दोलनको सफलताबाट बहुदलीय प्रजातन्त्रको बहाली भएपश्चात..

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

६ साउन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आज भएको मतदानमा उनको पक्षमा दुईतिहाइ सांसदले भोट हाले । विश्वासको मतको मत विभाजनको बैठकमा २६३ सांसद उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा १८८ मत पर्‍यो विपक्षमा माओवादी, रास्वपा, राप्रपा र नेकपा एसका ७७ सांसदले मतदान गरे । दिन्न भन्नेमा १ मत पर्‍यो । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ । कांग्रेसको समर्थनमा..

कांग्रेसको जवाफ आएपछि कोशीमा एमाले–कांग्रेसको सरकार बन्छः मुख्यमन्त्री कार्की

४ साउन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रको समीकरणअनुसार नै प्रदेशमा सरकार बन्ने बताएका छन् । आज शुक्रबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्की केन्द्रको समीकरणभन्दा फरक रहने सोच नभएको भन्दै त्यहीअनुसार सरकार बन्ने बताए । सरकार पुनर्गठनका लागि कांग्रेससँग छलफल भइरहेको भन्दै ठोस जवाफ आइनसकेको कार्कीले सुनाए । उनले भने, ‘कांग्रेसको जवाफ पर्खिरहेका छौं । मुख्यमन्त्री कार्कीले माओवादीलाई पनि प्रदेशमा समीकरण परिवर्तन गर्ने तयारीका विषयमा जानकारी गराइसकिएको..

माओवादी, रास्वपा र एसले ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने

४ साउन, काठमाण्डौँ । तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त निर्णय गरेको हो । बैठक सकिएपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘हामीले आइतबार ओलीजीलाई विश्वासको मत नदिने निर्णय गरेका छौं । नयाँ सरकार ७६ (३) अनुसार गठन..

झापामा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको संख्या धेरै

४ साउन, झापा । आर्थिक वर्ष २०८०–८१ मा झापामा नागरिकता बनाउनेको भन्दा राहदानी बनाउनेको संख्या धेरै रहेको पाईएको छ । जिल्ला प्रशासन कार्यालय झापाको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०–८१ मा १८ हजार चार सय ६५ जनाले नागरिकता बनाउँदा २५ हजार सात सय २७ जनाले राहदानी बनाएका छन् । झापामा गत आर्थिक वर्षको साउनदेखि असोजसम्म सबैभन्दा धेरैले राहदानी बनाएको देखिन्छ । तीन महिनामा झापामा छ हजार सात सय ७१ जनाले..