धरहरा छिटो सञ्चालनमा ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन

१५ साउन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न सबै मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज जारी बैठकमा प्रधानमन्त्री ओलीले विद्यमान ऐन कानुनको अधिनमा रही आफूलाई तोकिएको जिम्मेवारी समयमा पूरा गर्न निर्देशन दिएका हुन् । उनले सबै मन्त्री, सचिव तथा आयोजना प्रमुखलाई कार्यसम्पादन सम्झौता गर्ने र अधिकारको प्रत्यायोजन गरेर अघि बढ्न पनि..

एकै पटक ९१ न्यायाधीशको सरुवा

१५ साउन, काठमाण्डौँ । न्याय परिषद्ले एकै पटक ९१ न्यायाधीशको सरुवा गरेको छ । आज मंगलबार बसेको न्याय परिषद्को बैठकले ९१ जना न्यायाधीशको सरुवा गरेको हो । प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना न्यायाधीशको सरुवा गरेको न्याय परिषद्ले जनाएको छ ।    

गर्भवती महिलाका लागि निशुल्क भिडियो एक्सरे सेवा

१५ साउन, झापा । झापाको कमल गाउँपालिकाले गर्भवती महिलाका लागि निशुल्क भिडियो एक्सरे सेवा उपलव्ध गराउने भएको छ । चालु आर्थिक बर्ष २०८१–०८२ को स्वास्थ्य सेवा तर्फको स्वीकृत कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरु लक्षित निशुल्क भिडियो एक्सरे सेवा उपलव्ध गराउने कार्य शुरुवात गरिएको पालिकाले जनाएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालका अनुसार कमलका ७ वटै वडामा हरेक महिना आठ दिनसम्म गर्भवती महिला लक्षित भिडियो एक्सरे सेवा उपलव्ध गराईने छ..

इलामको सुकिलुम्बा विमानस्थल दुई महिना देखी बन्द

१५ साउन, इलाम । मौषम खराबीको कारण इलामको सुकिलुम्बा विमानस्थल दुई महिना देखी बन्द भएको छ । गत जेठ १३ गते नेपाल एयरलाईन्सको जहाजले अन्तिम पटक उडान भरेको थियो । गत जेठ १७ गते काठमाण्डौँबाट इलामका लागि नेपाल एयरलाईन्सको जहाज मौषम प्रतिकुलताका कारण अवतरण गर्न नसकेर काठमाण्डौँ फर्काईएको थियो । त्यसयता विमानस्थलबाट उडान हुँन नसकेको विमानस्थल इलाम स्टेसन ईन्चार्ज दिनेस सुन्दासले बताउनुभयो । उहाँका अनुसार मौषमा सुधार नआउन्जेलसम्म उडान सुचारु..

पेरिस ओलम्पिकमा आज नेपालका एलेक्स शाहले पौडीमा प्रतिस्पर्धा गर्ने

१५ साउन, काठमाण्डौँ । पेरिस ओलम्पिक २०२४ मा नेपाली पौडीबाज एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् । २२ वर्षीय एलेक्सले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । पेरिस डा डिफेन्स एरेनामा हुने इभेन्टमा एलेक्स हिट ३ मा प्रतिस्पर्धा गर्नेछन् । यस हिटमा एलेक्ससहित ८ प्रतिस्पर्धी छन् भने कूल ८९ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । १०० मिटर फ्रिस्टाइलमा एलेक्सकै नाममा राष्ट्रिय कीर्तिमान छ । उनले गत फेब्रुअरीमा कतारको दोहामा भएको वल्र्ड च्याम्पियनसिपमा ५२.१७..

नेपालमा आत्महत्या गर्ने सबैभन्दा बढी विपन्न र मध्यम वर्गका

१५ साउन, काठमाण्डौँ । नेपालमा हुने आत्महत्याका घटनाबाट सबैभन्दा बढी प्रभावित हुनेमा विपन्न र मध्यम वर्ग रहेको नेपाल प्रहरीले गरेको अध्ययनले देखाएको छ । नेपाल प्रहरी अस्पतालका चिकित्सक सम्मिलित टोलीले एक वर्ष लगाएर गरेको अध्ययनपछि तयार ‘आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ मा आत्महत्याबाट प्रभावितमध्ये ८५ प्रतिशत विपन्न र मध्यम वर्गीय परिवारको रहेको उल्लेख छ । अध्ययनमा संलग्न नेपाल प्रहरी अस्पतालका वरिष्ठ मनोचिकित्सक आशिष दत्तका अनुसार, प्रत्येक प्रदेशका..

आज साउन १५ खिर खाने दिन

 १५ साउन, काठमाण्डौँ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने..

कोशी प्रदेशमा मन्त्री पठाउन कांग्रेसले मापदण्ड बनाउँदै

१५ साउन, काठमाण्डौँ । नेपाली कांग्रेस कोशी प्रदेश समितिले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको मापदण्ड बनाउँदै मापदण्ड केन्द्रमा पठाएको छ । विराटनगरमा बसेको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्न नसकेपछि जातीयता, लैङ्गिकता, भौगोलिकता र कार्यक्षमताका आधारमा मन्त्री छान्न केन्द्रलाई सिफारिस गरेको हो । प्रदेशसभामा रहेका २९ मध्ये अधिकांश प्रदेश सभा सदस्यहरू मन्त्री बन्ने दौडमा लागेपछि प्रदेश समितिले मन्त्री बनाउनेको मापदण्ड बनाएको हो । नेपाली कांग्रेस..

एमालेमा मन्त्री बन्ने धेरैको नाम चर्चामा आयो तर किन बनेनन् ?

१४ साउन, काठमाण्डौँ । एमालेमा मन्त्री बन्ने धेरैको नाम चर्चामा आयो । तर, मन्त्री हुन सकेनन् । कतिपयको नाम त अन्तिममा आएर चटक्कै काटियो । को, किन मन्त्री हुन सकेनन् रोचक तथ्य अहिले चुहिन थालेको छ । निकै चर्चामा आएकाहरूमा योगेश भट्टराई र पदम गिरी हुन् । चर्चामा आउनेमध्ये छविलाल विश्वकर्मा, ज्वाला साह, जुली महतो, गोकुल बाँस्कोटा, दीपा शर्मा, तारा लामा तामाङ, दयालबहादुर शाही पनि थिए । भट्टराई र विष्टलाई..

बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त

१४ साउन, काठमाण्डौँ । सरकारले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेशका प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको एक मन्त्रीले गृहखबरलाई जानकारी दिए । उनका अनुसार बागमती प्रदेश सरकारको प्रमुखमा दिपकप्रकाश देवकोटा, लुम्बिनी प्रदेश सरकारको प्रमुखमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश सरकारको प्रमुखमा यज्ञराज जोशी नियुक्त भएका हुन् । यसअघि बागमती प्रदेश सरकारको प्रमुखमा यादव शर्मा, लुम्बिनी प्रदेश..