एमाले सचिवालय बैठक आज बस्दै

१७ साउन, काठमाण्डौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक काठमाडौंको सिंहदरबार अगाडिको हनुमानस्थानस्थित होटेल बसेरामा बिहान ११ बजे बस्ने छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा बाढी पसेकाले होटेलमा बैठक बस्न लागेको एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले स्वास्थ्यले साथ दिएसम्म प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका बैठक नराख्ने उल्लेख गरेका छन् । सचिवालय बैठकमा नेताहरुको कार्यविभाजन, समसामयिक राजनीतिक अवस्था र..

झापामा १ हजार १ सय नयाँ साना तथा घरेलु उद्योग दर्ता

१७ साउन, झापा । गएको आर्थिक वर्ष झापामा एक हजार एक सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक बर्ष २०८०–०८१ का अवधिमा घरेलु तथा साना उद्योग कार्यालय झापामा उद्योगतर्फ ६ सय २९ र वाणिज्यतर्फ चार सय ८१ फर्म नियमानुसार दर्ता भएका हुन् । कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुुसार दुई सय ८८ उद्योग खारेज हुँदा एक हजार सात सय आठ उद्योगले नवीकरण गरेका छन् ।..

राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा अब सिन्दूर र टीका लगाउन पाईने

१७ साउन, काठमाण्डौँ । राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा सिन्दूर र टीका समेत लगाउन नपाउने नियम हटेको छ । अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । यसअघि सिन्दूर, टिका हटाएर फोटो खिच्न लगाइन्थ्यो । तर जनस्तरबाट आलोचना भएपछि विभागले यस्तो निर्णय गरेको हो । गृहमन्त्रालय अन्तरगत रहेको विभागले एक परिपत्र जारी गर्दै फोटो खिच्दा स्पष्ट मुखाकृति र..

कुलमानलाई जिम्मेवारीबाट हटाउने ओलीको तयारी

१७ साउन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई जिम्मेवारीबाट हटाउनेगरि तयारी थालेका छन् । पछिल्लो समय आफूले दिएको निर्देशनको एकपछि अर्काे गरेर अवज्ञा गरेको भन्दै प्रधानमन्त्री ओली कुलमानसँग् आक्रोशित छन् । उनले विभागीय मन्त्री उर्जामन्त्री दीपक खड्कालाई बोलाएर कुलमानको जिम्मेवारी खोस्नेगरि तयारी थाल्न निर्देशन दिएको उच्च स्रोतको दाबी छ । उद्योगी तथा व्यवसायीहरुले ठूलो मात्रामा विद्युतको बक्यौता तिर्न बाँकी रहेकोले कुलमानले बक्यौता तिर्न..

सरकारले मिडियालाई कमजोर हुन दिँदैनः उपप्रधानमन्त्री पौडेल

१७ साउन, काठमाण्डौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले मिडियालाई कमजोर हुन नदिने प्रतिवद्धता जनाएका छन् । मुलधारका मिडियाका सञ्चालक, व्यवस्थापकसँगको भेटमा बुधवार उपप्रधानमन्त्री पौडेलले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले मिडियाले उठाएका मुद्दालाई सरकारले गम्भीर रुपमा लिने पनि बताए । उनले सरकार र मिडियाबीचको सम्बन्ध, राजनीतिक दल र सम्बन्ध बीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाएर लैजाने बताए । उनले सरकारकाप्रति आलोचनाको हकलाई कमजोर हुन नदिने बताए ।..

झापामा प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु

१६ साउन, झापा । झापामा प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । तीन दिनअघि लागू औषधसहित पक्राउ परेका मेचीनगर नगरपालिका–७ निवासी २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतभित्र रहेका खड्का बिरामी परेपछि धुलाबारीको आम्दा अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा सोही अस्पतालमा आज बिहान १ः५५ बजे मृत्यु भएको हो । साउन १३..

मेची प्रादेशिक अस्पतालको कर्मचारी मृत भेटिए

१६ साउन, झापा । झापा भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको प्रशासनिक भवनभित्र एक कर्मचारी मृत भेटिएका छन् । अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट अन्दाजी २४ वर्षीय सुरज शर्मा झुन्डिएको अवस्थामा आज बुधवार बिहान ८ः५० बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर नगरपालिका–१० केन्द्रमोड निवासी शर्मा प्रशासनिक भवनको तेस्रो तल्लाको बीमा कोठाभित्रै नाइलनको डोरीले झुन्डिएको अवस्थामा भेटिएका थिए । सिसी टिभी फुटेज हेर्दा..

रविले गृहमन्त्री हुँदा सरुवा बढुवामा पैसा खाएको मुकुल ढकालको आरोप

१६ साउन, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा सरुवा बढुवामा पैसा खाएको आरोप लगाएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले तत्कालीन गृहमन्त्री लामिछानेले १ नम्बरको मान्छेलाई नभइ ५ नम्बरको मान्छेलाई बढुवा दिएर अमेरिकामा पैसाको लेनदेन गरेको आरोप लगाएका हुन् । उनले रास्वपाका दुई जना केन्द्रीय सदस्यहरु मोहनजंग थापा र..

बाढीले बगाएर बेपत्ता दुई मध्ये एक शव फेला

१६ साउन, भोजपुर । बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ । भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिए । इखुवा खोलाको बाढीले मङ्गलबार इखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो ।..

एलेक्सले सुधारे पेरिस ओलम्पिकमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान

१५ साउन, काठमाण्डौँ । नेपाली पौडीबाज एलेक्स शाहले पेरिस ओलम्पिकमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्न पाउदा खुशी लागेको बताएका छन् । पेरिस ला डिफेन्स एरिनामा पुरुष १०० मिटर फ्रिस्टाइलमा एलेक्सले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । उनले यसअघि कतारको दोहामा भएको वल्र्ड च्याम्पियनसिपमा आफैंले राखेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् । ‘कीर्तिमान सुधार गर्न पाउँदा खुशी छु । यो मेरो लागि..