कोशी प्रदेशः कांग्रेस–एमाले ४–४ वटा मन्त्रालय बाँडफाँड गर्ने सहमति

१२ साउन, काठमाण्डौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच कोशी सरकारको बराबर मन्त्रालय लिने सहमति भएको छ । आज शनिबार काठमाडौंमा दुई दलका नेताहरुबीच भएको बैठकले आठ मन्त्रालयमध्ये ४–४ वटा बाँडफाँड गर्ने सहमति गरेको हो । नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार कोशी मन्त्रिपरिषदमा एमालेका मुख्यमन्त्रीसहित ५ र कांग्रेसका ४ जना रहनेछन् । मन्त्रालय भागबन्डा टुङ्गो लागेपछि सोमबार सरकार विस्तार गर्ने सहमति पनि भएको उनले बताए । ‘मोटामोटी सबै..

कोशी प्रदेशः कांग्रेस र एमाले मन्त्रालय भागबन्डामा सहमति नजिक

१२ साउन, विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबन्डामा लगभग सहमति गरेका छन् । दुई दलका नेताहरुबीच भएको अनौपचारिक छलफलमा चाररचार वटा मन्त्रालय राख्न सहमति गरेका हुन् । औपचारिक छलफल भने शनिबार हुनेछ । नेकपा एमाले स्रोतका अनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार वटा मन्त्रालय पाउनेछ । चार वटा पाउने भए पनि कुन कुन भन्ने टुङ्गो लाग्न बाँकी छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की माओवादी केन्द्रले..

पेरिस ओलम्पिकको भव्य उद्घाटनः श्यान्टु र मनिताले बोके नेपालको झण्डा

१२ साउन, काठमाण्डौँ । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं समर ओलम्पिक (पेरिस ओलम्पिक २०२४) को भव्य उद्घाटन भएको छ । पहिलो पटक स्टेडियम बाहिर उद्घाटन समारोह आयोजना गर्दै पेरिसले कीर्तिमान बनाएको छ । एक शताब्दीपछि ओलम्पिक पेरिस फर्कँदा यस पटक अहिलेसम्म भएको भन्दा फरक शैलीमा उद्घाटन भयो । उद्घाटन समारोह पेरिस छेउको सेन नदिमा भएको थियो । जहाँ विश्वका २०६ राष्ट्रका खेलाडीहरु विभिन्न शैलीका डुङ्गाहरु चढेर मार्सपासमा सहभागि..

प्रधानमन्त्री ओलीको सचिवालयमा आधा हातले कम्प्युटर चलाउने गणेश राई पनि

११ साउन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पुनरागमन भएसँगै आधा हातले कम्प्युटर चलाउन सक्ने फरक क्षमता भएका गणेश राईले पनि सचिवालयमा पुनः अवसर पाएका छन् । पहिलोपटक प्रधानमन्त्री हुँदै ओलीले राईको क्षमता देखेपछि सचिवालयमा राख्न निर्देशन दिएका थिए । तर उनी प्रधानमन्त्रीबाट बहिर्गमन भएसँगै गणेशलाई पनि हटाइएको थियो । दोस्रोपटक प्रधानमन्त्री हुँदा पनि ओलीले पुनः गणेशलाई अवसर दिए । हाल पुनः ओली प्रधानमन्त्रीको कुर्सीमा आएपछि गणेशको खोजी गरेको एमाले..

पूर्वसांसदले मागे सुविधा

११ साउन, काठमाण्डौँ । पूर्वसांसद मञ्चले राज्यसँग सुविधा माग गरेको छ । मञ्चका अध्यक्ष ओमकार श्रेष्ठको नेतृत्वमा आज शुक्रबार गृहमन्त्री रमेश लेखकलाई भेट्न सिंहदरबार पुगेको टोलीले राज्यसँग सुविधा माग गरेको हो । पूर्वसांसदहरूले निरन्तर जनताको काममा रहेको दाबी गर्दै राज्यको तर्फबाट न्यूनतम सुविधा उपलब्ध गराउनुपर्ने माग राखेका हुन् । मञ्चको माग सम्बोधनका लागि आफू सकारात्मक रहेको गृहमन्त्री लेखकले जवाफ दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पूर्वसांसद मञ्चलाई गृह..

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी

११ साउन, विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । आज (शुक्रबार) सरकारमा सहभागी चार जना मन्त्रीहरुले सामुहिक राजीनामा बुझाएसँगै माओवादी सरकारबाट बाहिरिएको हो । कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती, राजेन्द्र कार्की र नारायण बुर्जा मगर मन्त्री थिए । त्यस्तै, वन्दना झाँग राज्यमन्त्री थिईन् । उनीहरुले सामूहिक रुपमा मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । सरकारबाट बाहिरिएपनि माओवादीले समर्थन भने फिर्ता नलिने निर्णय गरेको छ । माओवादी..

यूएईमा मृत्युदण्डको सजाय सुनाइएका दुई नेपाली छुटे

११ साउन, काठमाण्डौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा मृत्युदण्डको सजाय सुनाइएका दुई जना नेपालीले सफाइ पाएका छन् । पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुंगाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापाले गएको बुधबार यूएईको अदालतबाट सफाइ पाएका हुन् । मृतकका परिवारलाई ब्लडमनीबापत १ करोड १३ लाख बुझाएपछि श्रेष्ठ र थापा गत बुधवार यूएईको जेलबाट रिहा भएका हुन् । श्रेष्ठ बिहीबार स्वदेश फर्केका छन् भने थापाको पासपोर्टको..

सरकारमा गएपछि कांग्रेसभित्र विवादै विवाद

११ साउन, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न एकमत भएको नेपाली कांग्रेसभित्र सरकारमा गएपछि विवाद बढेको छ । नेकपा एमालेसँग मिलेर संघीयदेखि प्रदेशसम्म सरकार सहभागी हुँदा सभापति शेरबहादुर देउवाले एकलौटी लादेको भन्दै इतर पक्षले भेला थालेपछि विवाद झांगिएको हो । संघमा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसले पाएको १० मध्ये ३ मन्त्रालय मात्रै पाएको इतर समूहले प्रदेश सरकार गठनको विषयमा आफूहरुसँग छलफल..

नयाँ मौद्रिक नीतिले निर्माण क्षेत्रलाई राहत

११ साउन, काठमाण्डौँ । नयाँ मौद्रिक नीतिले निर्माण क्षेत्रलाई राहत प्रदान गरेको छ । निर्माण व्यवसायीलाई अर्काे व्यवस्था नभएसम्मका लागि कालो सूचिमा नहालिने भएको छ । आर्थिक वर्ष २०८१।८२ का लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम हुने भएको छ । कुनै निर्माण व्यवसायी कालोसूचीमा परेमा जेभी भएर काम गरेको अर्काे निर्माण कम्पनी कालो सूचिमा नपर्ने भएको हो । नेपाल राष्ट्र बैंकले..

लोकगायक जोशीप्रति मुख्यमन्त्री कार्कीद्धारा श्रद्धाञ्जली व्यक्त

११ साउन, झापा । लोकगायक एलपी जोशीप्रति मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । झापा दमकका गायक जोशीको बिहीबार राति निधन भएको हो । रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’’, ‘ओल्लो खोलो, पल्लो खोलो–कमिलोको गोलो भनेर हो रानाज्यू’, ‘कान्छी मट्याङट्याङ्’लगायतका दर्जनबढी गीत चर्चित छन् । यस्तै अब्बल दर्जाका चित्रकार, कलाकार समेत रहेका जोशीको निधनमा नेपाली संगीत तथा कला क्षेत्रमा अपुरणीय क्षति भएको मुख्यमन्त्री कार्कीले सामाजिक संजालमा दुख..