पहाडी जिल्ला इलामको गाउँ–बस्तिमा सिंचाईको लागि कुलो–नहर बन्दै

१७ साउन, इलाम । माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन । वर्षाैँदेखि अकासे खेतीमा निर्भर उहाँ यस वर्षदेखि सिँचाइ सुविधा पाएर दङ्ग हुनुहुन्छ । गजुरमुखीमा साना सिँचाइ कार्यक्रमअन्तर्गत व्यवस्थित सिँचाइ कुलो निर्माणपछि योङहाङसहित सयौँ किसान यतिबेला खुसी भएका हुन् । उहाँको टोलमा रु ३९ लाख २१ हजारको लागतमा फुङखोलाबाट घुमाउरो पाक्रुम्बा कुलो निर्माण भएको हो । माईजोगमाई गाउँपालिका–२ लप्सीबोटेका किसान कुमार राई पनि..

मेचिनगरमा २३ सय घरधुरी लावान्वीत हुने ओभर हेड टेंकीको शिलान्यास

१७ साउन, झापा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खानेपानी विस्तार अभियानलाई तीब्रता दिएको छ । संस्थाले काँकरभिट्टा सहलगानी अन्तरर्गत आज मेचीनगर–६ स्थित रमाइलो गाउँमा २२५ घन लिटर क्षमताको ओभर हेड टेंकी शिलान्यास गरेको छ । ओभर हेड टेंकीको शिलान्यास मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । शिलान्यासपछि बोल्दै कार्यक्रमकका प्रमुख अतिथि बुढाथोकीले खानेपानीको अभावको पीडा काँकरभिट्टा बासीले लामो समय भोग्नुपरेको स्मरणा गर्दै सर्वसुलभ खानेपानी वितरणमा खानेपानी समितिले खेलेको..

झापामा १३० मा डेंगु संक्रमण, सतर्कता अपनाउन आग्रह

१७ साउन, झापा । नेपालका ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । ती जिल्लाहरुमा २ हजार ६१ जना डेंगु संक्रमित फेला परेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झापामा १३०, चितवनमा १०५, तनहुँमा ८७, मकवानपुरमा ७८, कास्कीमा ७४, भोजपुरमा ६२, काभ्रेमा ६०, ओखलढुंगामा ५९ र धनकुटामा ५८ जनामा डेंगु पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका डेङ्गु रोगका फोकल पर्सन युवनाथ बरालका अनुसार पानी सङ्कलन गरेर राख्ने..

एमाले सचिवालय बैठक आज बस्दै

१७ साउन, काठमाण्डौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक काठमाडौंको सिंहदरबार अगाडिको हनुमानस्थानस्थित होटेल बसेरामा बिहान ११ बजे बस्ने छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा बाढी पसेकाले होटेलमा बैठक बस्न लागेको एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले स्वास्थ्यले साथ दिएसम्म प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका बैठक नराख्ने उल्लेख गरेका छन् । सचिवालय बैठकमा नेताहरुको कार्यविभाजन, समसामयिक राजनीतिक अवस्था र..

झापामा १ हजार १ सय नयाँ साना तथा घरेलु उद्योग दर्ता

१७ साउन, झापा । गएको आर्थिक वर्ष झापामा एक हजार एक सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक बर्ष २०८०–०८१ का अवधिमा घरेलु तथा साना उद्योग कार्यालय झापामा उद्योगतर्फ ६ सय २९ र वाणिज्यतर्फ चार सय ८१ फर्म नियमानुसार दर्ता भएका हुन् । कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुुसार दुई सय ८८ उद्योग खारेज हुँदा एक हजार सात सय आठ उद्योगले नवीकरण गरेका छन् ।..

राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा अब सिन्दूर र टीका लगाउन पाईने

१७ साउन, काठमाण्डौँ । राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा सिन्दूर र टीका समेत लगाउन नपाउने नियम हटेको छ । अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । यसअघि सिन्दूर, टिका हटाएर फोटो खिच्न लगाइन्थ्यो । तर जनस्तरबाट आलोचना भएपछि विभागले यस्तो निर्णय गरेको हो । गृहमन्त्रालय अन्तरगत रहेको विभागले एक परिपत्र जारी गर्दै फोटो खिच्दा स्पष्ट मुखाकृति र..

कुलमानलाई जिम्मेवारीबाट हटाउने ओलीको तयारी

१७ साउन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई जिम्मेवारीबाट हटाउनेगरि तयारी थालेका छन् । पछिल्लो समय आफूले दिएको निर्देशनको एकपछि अर्काे गरेर अवज्ञा गरेको भन्दै प्रधानमन्त्री ओली कुलमानसँग् आक्रोशित छन् । उनले विभागीय मन्त्री उर्जामन्त्री दीपक खड्कालाई बोलाएर कुलमानको जिम्मेवारी खोस्नेगरि तयारी थाल्न निर्देशन दिएको उच्च स्रोतको दाबी छ । उद्योगी तथा व्यवसायीहरुले ठूलो मात्रामा विद्युतको बक्यौता तिर्न बाँकी रहेकोले कुलमानले बक्यौता तिर्न..

सरकारले मिडियालाई कमजोर हुन दिँदैनः उपप्रधानमन्त्री पौडेल

१७ साउन, काठमाण्डौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले मिडियालाई कमजोर हुन नदिने प्रतिवद्धता जनाएका छन् । मुलधारका मिडियाका सञ्चालक, व्यवस्थापकसँगको भेटमा बुधवार उपप्रधानमन्त्री पौडेलले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले मिडियाले उठाएका मुद्दालाई सरकारले गम्भीर रुपमा लिने पनि बताए । उनले सरकार र मिडियाबीचको सम्बन्ध, राजनीतिक दल र सम्बन्ध बीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाएर लैजाने बताए । उनले सरकारकाप्रति आलोचनाको हकलाई कमजोर हुन नदिने बताए ।..

झापामा प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु

१६ साउन, झापा । झापामा प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । तीन दिनअघि लागू औषधसहित पक्राउ परेका मेचीनगर नगरपालिका–७ निवासी २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतभित्र रहेका खड्का बिरामी परेपछि धुलाबारीको आम्दा अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा सोही अस्पतालमा आज बिहान १ः५५ बजे मृत्यु भएको हो । साउन १३..

मेची प्रादेशिक अस्पतालको कर्मचारी मृत भेटिए

१६ साउन, झापा । झापा भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको प्रशासनिक भवनभित्र एक कर्मचारी मृत भेटिएका छन् । अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट अन्दाजी २४ वर्षीय सुरज शर्मा झुन्डिएको अवस्थामा आज बुधवार बिहान ८ः५० बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर नगरपालिका–१० केन्द्रमोड निवासी शर्मा प्रशासनिक भवनको तेस्रो तल्लाको बीमा कोठाभित्रै नाइलनको डोरीले झुन्डिएको अवस्थामा भेटिएका थिए । सिसी टिभी फुटेज हेर्दा..