३ भदौ, हेटौंडा । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख रहेका डाक्टर महाविर पुनले विरगन्जमा रहेको कृषि औजार कारखाना संचालनको लागि सुरु गरेको आफ्नै आत्मकथा विक्री अभियानले आज दुईसय दिन पूरा गरेको छ ।
कारखाना संचालनको लागि सरकारबाट पर्याप्त सहयोग नमिलेको भन्दै पुनले आफ्नो आत्मकथा विक्रीबाट उठेको रकम कारखानाको निर्माणमा लगाउने सोचको साथ अभियान सुरु गरेका हुन् ।
कृषि प्रधान देशमा आफ्नै देशमा उत्पादन भएको कृषि औजार प्रयोग गर्न सके उत्पादनको लागत मुल्य घटने, औजारको रुपमा देशको पैसा बाहिर नजाने र देशमानै रोजगारी बढ्ने आफ्नो अपेक्षा रहेको पुनको भनाई छ । आफुहरुले ट्रायल गरेको सामग्रीले सोचे अनुसारनै काम गरेको वताउदै पुनले अब चाडै उत्पादनको काम अघि बढाउने योजना रहेको सुनाए ।
केन्द्र, प्रदेश र स्थानीय तहको सरकारल कृषि उत्पादनलाई जोड दिनको लागि पनि आधुनिक कृषि उत्पादनको लागि आवश्यक मेसिन उत्पादनलाई बढवा दिनुपर्ने उनको धारणा छ ।
हेटौंडामा किताब बेच्दै महावीर
यसैबीच राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुन आफ्नो आत्मकथा बिक्री गर्ने क्रममा बागमती प्रदेशको राजधानी हेटौंडा आईपुगेका छ्न ।
चितवन हुँदै शनिवार मकवानपुर छिरेका पुनले मकवानपुरको मनहरी गाउँपालिकाबाट आफ्नो आत्मकथाको विक्री सुरु गर्दै आईतवार हेटौंडा बजार क्षेत्र आईपुगेका हुन् । मनहरी क्षेत्रमा सयौं किताब बेचेका उनले हेटौंडामा मात्र आईतबार र सोमबार गरि १ हजार ४ सय किताब बिक्री भएको डाक्टर पुनले बताए ।
मकवानपुरको हेटौंडा आसपासको क्षेत्रमा अझै ३ दिन बढी रहने आफ्नो अभियान रहेको पुनको भनाइ छ ।