समाचार
बसको ठक्करबाट विर्तामोडमा एक महिलाको मृत्यु
१५ भदौ, झापा । पूर्वपश्चिम राजमार्गस्थित झापा जिल्लाको बिर्तामोडमा बसको ठक्करबाट आज शनिबार साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माई नगरपालिका– ४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्र १–०२–००२ ख ००३५ नम्बरको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी उनी घाइते भएपछि विर्तामोडमा रहेको..
झापामा मिटरब्याज सम्बन्धी ९८ उजुरी दर्ता
१५ भदौ, झापा । झापामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ९८ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएका उक्त उजुरीहरुमध्ये एउटामा सहमति र दुईवटा उजुरी फिर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले प्रथम पटक सूचना सार्वजनिक गरेको मिति २०८१–०२–११ गतेदेखि मिति २०८१–०४–०४ गतेसम्ममा उक्त उजुरी परेका हुन् । झापामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला..
बिर्तामोडमा व्यवसायीहरुको ढक तराजुको चेक जाँच शुरु
१५ भदौ, झापा । व्यवसायीको सहजताका लागि भन्दै गुणस्तर तथा नापतौल कार्यालय झापाको प्राविधिक सहयोगमा बिर्तामोडका व्यवसायीहरुका ढक तराजुको चेक जाँच तथा नवीकरण शुरु गरिएको छ । बिर्तामोड उद्याोग वाणिज्य संघले संघको कार्यालयमा शनिवारबाट तीन दिनसम्म ढक तराजुको चेकजाँच तथा नबीकरण कार्य शुरु गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो । गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख सुनिल कुमार यादवको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच ढक..
विश्वप्रकाशको दाबी- दुई पटक प्रधानमन्त्री र एक पटकमात्रै राष्ट्रपति बन्न पाउने प्रस्ताव पास हुन्छ
१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिबाट आफूले राखेको प्रस्ताव पारित हुने दाबी गरेका छन् । उनले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने र एकपटक राष्ट्रपति बन्ने प्रस्ताव भोलिको केन्द्रीय समिति बैठकबाट पारित हुने बताए । आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री जतिसुकै लोकप्रिय बने पनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने बताए । तर, सभापति शेरबहादुर देउवाले शर्माको..
दमक बजार अब देखी साता भर नै खुल्ला
१४ भदौ, झापा । नजिकिएको चाडपर्वलाई लक्षित गरि झापाको दमक बजार अब देखी साता भर नै खुल्ला रहने हुने भएको छ । नेपालीहरुको महान चाड दशै, तिहार, छैठ लगायतका सांस्कृतिक चाडपर्वमा उपभोक्ताहरुलाई सहजता उपलव्ध गराउन बजार खुला राख्ने निर्णय भएको दमक उद्योग वाणिज्य संघले जनाएको छ । संघले विहिबार सूचना निकालेर भोलिदेखि दशै, तिहार, छैठसम्मका चाडपर्व भरि दमक वजार खुला रहने उल्लेख गरेको छ । यसअघि भने दमकमा साताका एक..
पाँचथर विस्फोट : दुई बालिकाको मृत्यु , द्वन्द्वकै बेलाको हतियार भएको अनुमान
१४ भदौ, पाँचथर । पाँचथरको फलेलुंग गाउँपालिका वडा नम्बर ५ प्राङवुङको डाडागाउँका दिलीप साँवा वैदेशिक रोजगारीका लागि दुवइमा छन् । उनकी श्रीमती पूजा बिहीबार मेला गइन् । छोरो दिप्सन साँवा विद्यालय गए । विद्यालयमा परीक्षा भएका कारण उनी छिट्टै फर्किए । घरमा सानी अढाई वर्षकी बहिनी प्रिन्सा थिइन् । स्कुलबाट फर्किएपछि उनी बहिनीलाई लिएर साथी पवन राईको घर गए । पवनको घर र दिप्सनको घर भन्दा ४ मिनेटको दूरीमा पर्छ..
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त
१३ भदौ, काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि लागि तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस भएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार डिसीसँगै, दीपा पाण्डे र राजेश थापाको नाम पनि सिफारिस भएको थियो । बोर्डको अध्यक्षका लागि बोर्डको अध्यक्षका लागि अभिनेत्री करिश्मा मानन्धरले..
एनसेल लाइसेन्स नवीकरणको २० अर्ब चार किस्तामा बुझाउने, पहिलो किस्ता तिरेपछि नवीकरण हुने
१३ भदौ, काठमाडौं । सरकारले एनसेल मोबाइल लाइसेन्सको नवीकरणकाे शुल्क चार किस्तामा बुझाउने शर्तसहित नवीकरण गर्न दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले एनसेललाई नवीकरण दस्तुरबापतको २० अर्ब रुपैयाँ किस्ताबन्दीमा तिर्न दिने शर्तसहित मोबाइल नवीकरण गर्न दिने निर्णय गरेको हो । बैठकले एनसेलको नवीरकणबापतको दस्तुर २० अर्बको ब्याजसहित ४ किस्तामा बुझाउने शर्तमा एनसेलको मोबाइल लाइसेन्स नवीकरण गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा..
काँकडभिट्टा नाकाबाट ३२ करोडको सिमेन्ट निर्यात
१३भदौ, झापा । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु ३२ करोडभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आर्थिक वर्ष २०८०–८१ मा पूर्वी नाका हुँदै रु ३२ करोड ६६ लाख पाँच हजार मूल्य बराबरको ४९ हजार नौ सय ५९ मेट्रिकटन सिमेन्ट निर्यात भएको हो । देशका विभिन्न नाकाबाट विगत तीन वर्षअघिदेखि सिमेन्ट र क्लिङ्कर निर्यात हुँदै आए पनि यस नाकाबाट..
नेपाललाई डोहोर्याउने रामकुमारी एसमा किन हारिन् ?
१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष रामकुमारी झाँक्री पराजित भएपश्चात धेरैले तीन वर्ष अगाडिको दृष्य सम्झिए । नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी दर्ता गर्न जाँदा रामकुमारीले माधव नेपालको हात समातेर लगेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । नयाँ पार्टी निर्माणमा यसरी नेपाललाई बलियो हात दिएकी झाँक्री अहिले उनै नेपालको दरिलो साथ नपाउँदा उपाध्यक्ष बन्न वञ्चित भइन् । पार्टीबाहिर खासै परिचित नरहेकी जयन्ती राईले झाँक्रीलाई हराउँदै महिला..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७