समाचार
अखिल क्रान्तिकारी इलामको अध्यक्षमा राई निर्वाचित
४ भदौ, इलाम । इलामस्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को १४औं जिल्ला सम्मेलनबाट रोशन राईको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ । निर्वाचित कमिटीको उपाध्यक्षमा समीर राई, राजेन्द्र लोहार र रेविका राई छन् । सचिवमा शिखर पौडेल, सहसचिवमा शम्भु राई, पुष्कर बोहोरा, निसान देवान र सुशील साउदेन निर्वाचित भए । कोषाध्यक्षमा रेविका तोलाङ्गी चयन भएकी छिन् । सदस्यहरूमा सुदीप श्रेष्ठ, रोशन लिम्बू, निशा पौडेल, अनुज भट्टराई,..
टिस्युकल्चर प्रविधिबाट अलैँचीको बिरुवा उत्पादन सुरु
४ भदौ, इलाम । खोल्साको सुनको उपमा पाएको अलैँचीको नेपालमा टिस्युकल्चर प्रविधिबाट बिरुवा उत्पादन गरि बिक्रि शुरु भएको छ । अलैँचीका बगानमा पलाएका नयाँ बिरुवा फोरेर र बिऊबाट बिरुवा उत्पादन गर्दै आएको अलैँची विकास केन्द्रले टिस्युकल्चर प्रविधिबाट बिरुवा उत्पादन गरि बिक्रि थालेको हो । नेपालमा टिस्युकल्चर प्रविधिबाट अलैँचीको बिरुवा उत्पादन गरि व्यवसायीक बिक्रि शुरु भएको छ । बिऊबाट बिरुवा उत्पादन गर्दै आएको अलैँची विकास केन्द्रले टिस्युकल्चर प्रविधिबाट अलैचीका बिरुवा उत्पादन..
टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी
४ भदौ, काठमाण्डौँ । लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने सरकारले तयारी गरेको छ । टिकटकले नेपालको नीति-नियम सबै पालना गर्ने प्रतिवद्धतासहित पत्राचार गरेपछि सरकार लचिलो बनेको हो । चार दिनअगाडि मात्रै इमेलमार्फत टिकटकको प्रतिवद्धता पत्र प्राप्त भएको मन्त्रालय स्रोतले नेपाल प्रेसलाई जानकारी दियो । टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसले पत्रमा हस्ताक्षर गरेका छन् । ‘नेपाल सरकारको सबै ऐनकानून पालना गर्न हामी कमिटेड छौं..
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
३ भदौ, काठमाण्डौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् । भारतको औपचारिक भ्रमणमा रहेकी राणाले मोदीसँगको सोमबार बेलुकी भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेकी हुन् । उक्त भेटवार्तामा रहेका एक परराष्ट्रका अधिकारीले राणाले निमन्त्रणा हस्तान्तरण गरेको कान्तिपुरलाई जानकारी दिए । भेटमा प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री राणाबीच करिब आधा घण्टा कुराकानी भएको थियो । उक्त शिष्टाचार भेटमा..
परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
३ भदौ, काठमाडौँ । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्तामा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको बताइएको छ । मोदीसँगको भेटवार्ताबारे जानकारी दिँदै मन्त्री राणाले भनेकी छिन्-“भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग आज साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको छु । यस भेटवार्ताका क्रममा नेपाल-भारत सम्बन्ध र यसको बहुआयामिक..
अस्ट्रेलियाका लागि राजदूत सिफारिस रिजालको नियुक्ति प्रक्रिया रद्द
३ भदौ, काठमाण्डौँ । सरकारले अस्ट्रेलियाका लागि राजदूत सिफारिस कान्ता रिजालको राजदूत नियुक्ति प्रक्रिया रद्द गरेको छ । इजरायलका लागि पूर्वराजदूत रिजाललाई अस्ट्रेलियाका लागि नयाँ राजदूतमा सिफारिस गरेको थियो । तर उनले इजरायलमा राजदूत हुँदा लगेका दुई सहयोगीहरु भागेर त्यही बसेको विषयमा इजरायल सरकारले नेपाल सरकारसँग आपत्ति जनाएपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले राजदूत सिफारिस भइसकेकी रिजालको नियुक्ति प्रक्रिया रद्द गरेको हो । ‘परराष्ट्र मन्त्रालयबाट राजदूत सिफारिसको सूचीमा पठाउँदा रिजालको नाम थियो ।..
नेपाल प्रिमियर लिग आउँदो मंसिर १५ गतेदेखि हुने
३ भदौ, काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपीएल) आउँदो मंसिर १५ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने उक्त प्रतियोगिता आउँदो मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने तय भएको हो । क्यानले प्रतियोगिताको लोगो समेत सार्वजनिक गरेको छ । सोल्टी होटलमा एक कार्यक्रम गर्दै क्यानले प्रतियोगिताको लोगो सार्वजनिक गरेको हो ।
महावीर पुनले विक्री गरे १ लाख २५ हजारको किताब
३ भदौ, हेटौंडा । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख रहेका डाक्टर महाविर पुनले विरगन्जमा रहेको कृषि औजार कारखाना संचालनको लागि सुरु गरेको आफ्नै आत्मकथा विक्री अभियानले आज दुईसय दिन पूरा गरेको छ । दुईसय दिनको अभियानमा पुनले २ हजार ८ सय ४० किलोमीटरको यात्रा पूरा गर्दै १ लाख २५ हजार वटा किताब बिक्री गरेका छ्न । कारखाना संचालनको लागि सरकारबाट पर्याप्त सहयोग नमिलेको भन्दै पुनले आफ्नो आत्मकथा विक्रीबाट उठेको रकम कारखानाको..
पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु
३ भदौ, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर-२ माझगाउँमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । गएराति गएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार पहिरोमा परी ४२ वर्षीय लालबहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोराको मृत्यु भएको छ । वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर खत्रीका अनुसार..
आज रक्षाबन्धन, जनैपूर्णिमा: रक्षासूत्र बाँधेर मनाईदैँ
३ भदौ, काठमाण्डौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँएको छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७