आज भाद्र कृष्ण औंशी

१७ भदौ, काठमाण्डौँ । आज भाद्र कृष्ण औंशी । यस दिनलाई पिता दिवस अर्थात् बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । यही दिनलाई गोकर्ण औंशी पनि भनिन्छ र आजकै दिन युवा कवि मोतीराम भट्टको जन्मजयन्ती पनि हो । वैदिक सनातन हिन्दू परम्परा अनुसार आजको दिन घर–घरमा कुश भित्र्याउनु पर्दछ । कुश पवित्रताको प्रतीक हो, जसको प्रयोग नगरी कुनै धार्मिक अनुष्ठानहरु प्रारम्भ नै गरिँदैन । वर्षभर विभिन्न अनुष्ठान, सांस्कृतिक तथा परम्परागत..

सुरेन्द्रलाई जोगाएका मनाङे र फणिन्द्र जोगिए

१७ भदौ, कास्की । नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) को मन्त्री पद कायमै रहने भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धनपछि बनेको सरकारमा पनि उनीहरूले निरन्तरता पाउने भएका छन् । एमालेले गण्डकीमा सरकारमा जाँदा फणीन्द्र र मनाङेलाई हटाउनुपर्ने अडान राखेको थियो । तर, कांग्रेसले हटाउन नचाहेपछि उनीहरूको पद जोगिएको हो । ती दुईले जेठ २८ गते विश्वासको मत दिँदा सुरेन्द्रराज पाण्डे..

कहाँ होलिन जेरुसा राई ?

१६ भदौ, काठमाण्डौँ । दुई वर्षअघि ६ असोज २०७९ को साँझ गायिका जेरुसा राई आमा इस्का घिमिरे राईसँगै खाना खाएर आफ्नो कोठातिर गएकी थिइन् । इस्कालाई बेलुकी टेलिभिजनमा समाचार हेर्ने बानी थियो, जेरुसा प्रायः आफ्नै कोठामा छिरेर ल्यापटपमा काम गरिरहन्थिन् । अरु बेला झैं त्यो दिन पनि सानेपास्थित घरमा आमा छोरी मात्रै थिए । इस्का सम्झन्छिन्, ‘सधैँ जस्तै आमाछोरी खाना खाएर आ–आफ्नो कोठातिर लागेका थियौं ।’ उनलाई लाग्यो – छोरी..

गगन थापाको चुनाव अगाडि गठबन्धन गर्न नहुने प्रस्ताव पारित

१६ भदौ, काठमाण्डौँ । नेपाली कांग्रेसले महामन्त्री गगन थापाको चुनाव अगाडि गठबन्धन गर्न नहुने प्रस्ताव पारित गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले ८४ को निर्वाचनमा कार्यकर्ताले रुखमा भोट हाल्न पाउने अवस्थाको सिर्जना हुने निर्णय गरेको हो । ‘हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं’, बैठककाे निर्णयमा भनिएकाे छ..

पलेशाले जितिन पेरिस ओलम्पिकमा कांस्य: नेपाली खेलकुद इतिहासकै ठूलो पदक

१६ भदौ, काठमाण्डौँ । नेपाली खेलकुद इतिहासकै ठूलो नाम बनेकी छन् पलेशा गोवर्धन । पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेपछि पारा तेक्वान्दो खेलाडी पलेशा यसको हकदार बनिन् । यो नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा जितेको ऐतिहासिक र पहिलो ठूलो पदक हो । ओलम्पिक संरचनामा नेपाली खेलाडीले पदक जित्नु धेरै टाढाको विषय थियो । त्यसमाथि पारा खेलाडीको हैसियतमा त झन् कठिनभन्दा कठिन । तर, ती सबै दायरा तोड्दै पलेशाले दोस्रो ओलम्पिक सहभागितामै देशलाई पदक दिलाएकी छन् । पेरिसस्थित ग्रान्ड..

मालपोत कार्यालय इलामले कित्ता–काट बाहेकका काम गर्ने

१६ भदौ, इलाम । मालपोत कार्यालय इलामले जिल्लाका आठ पालिकाको जग्गा कित्ताकाट रोकिएपनि ससिम (कित्ता नकाटी) गर्न सकिने काम चाहिँ गर्ने भएको छ । सरकारले ल्याएको भू–उपयोग नियमावली २०७९ ले व्यवस्था गरेअनुसार स्थानीय तहले काम नगर्दा भदौ १३ देखि मालपोतले जग्गाको कित्ताकाटदेखि सबैखाले काम रोकेको थियो । मालपोतको सूचनाअनुसार इलाम, माई नगरपालिका, सन्दकपुर, माइजोगमाई, रोङ, चुलाचुली, माङसेबुङ र फाकफोकथुम गाउँपालिकाको जग्गाको कित्ता काट सँगै, दृष्टि बन्धक, अंशबन्डा पास, धितो बन्धकलगायत..

प्रस्तावित राजदूतहरुको सुनुवाइ आजबाट सुरु

१६ भदौ, काठमाडौं । १७ देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ आजबाट सुरु भएको छ । अहिले चीनका लागि प्रस्तावित प्रा.डा. कृष्णप्रसाद ओलीको सुनुवाइ भइरहेको छ । आज पहिलो दिन भारतका लागि शंकरप्रसाद शर्मा, जर्मनीका लागि डा. शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित सुम्निमा तुलाधरलाई पनि संसदीय सुनुवाइ समितिको बैठकमा बोलाइएको छ । त्यसपछि क्रमशः इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित, मलेसियाका लागि प्रस्तावित नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि प्रस्तावित रीता धिताल,..

मोरङको सुन्दरहरैँचामा दुई नाबालिग मृत भेटिए, आमा बेपत्ता

१६ भदौ, मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा दुई नाबालिग मृत भेटिएका छन् । उनीहरूकी आमा पनि बेपत्ता छिन् । घरमा श्रीमानसँग सामान्य झगडापछि २९ वर्षीया अस्मिता न्यौपाने छोरी लिएर हिँडेको बताइएको छ । धनकुटा घर भएका अर्जुन कार्कीको परिवार सुन्दरहरैँमा बस्दै आएको थियो । बन्दै गरेको घरमा पानी नहालेको विषयमा उनीहरूबीच विवाद भएको प्रहरीले बताएको छ । छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की हिजो दिउँसो एकैठाउँमा..

कोशीमा तेस्रो पटक माओवादी केन्द्र प्रतिपक्षमा

१५ भदौ, विराटनगर । कोशीमा प्रदेश सरकार बनेको सात वर्षमा तेस्रो पटक नेकपा माओवादी केन्द्र प्रतिपक्षमा पुगेको छ । प्रदेश सरकार बनेको सात वर्ष बित्दा माओवादी अधिकांश समय सत्ताको वरिपरि रहँदै आएको छ । एमाले नेता भीम आचार्यको नेतृत्वमा प्रदेश सरकार बन्दा पहिलो पटक माओवादी सत्ता भन्दा बाहिर परेको थियो । मुख्यमन्त्रीको रूपमा आचार्यले ६८ दिन प्रदेश सरकारको नेतृत्व गरे । आचार्य २०७८ साल भदौ २ गते मुख्यमन्त्री नियुक्ति भएका..

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१५ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् नै छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल..