बसको ठक्करबाट विर्तामोडमा एक महिलाको मृत्यु

१५ भदौ, झापा । पूर्वपश्चिम राजमार्गस्थित झापा जिल्लाको बिर्तामोडमा बसको ठक्करबाट आज शनिबार साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माई नगरपालिका– ४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्र १–०२–००२ ख ००३५ नम्बरको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी उनी घाइते भएपछि विर्तामोडमा रहेको बीएन्डसी अस्पतालमा उपचारका लागि पठाइएको थियो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालक कन्काई नगरपालिका–३ बस्ने २९ वर्षीय हिमाल विश्वकर्मा र मोटरसाइकल चालक माई नगरपालिका–४ कै ठिरप्रसाद सुवेदीसमेतलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270