प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत

२० भदौ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको हो । ओली न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जानका लागेका हुन् । ओली असोज ५ गते अमेरिकातर्फ प्रस्थान गर्ने तय भएको छ । उनी असोज १५ गते स्वदेश फर्किने छन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्री पत्नी राधिका शाक्य,..

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र पूर्वमुख्यमन्त्री केदार कार्कीबिच शीतयुद्ध

२० भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र पूर्वमुख्यमन्त्री केदार कार्कीबिच शीतयुद्ध चर्किएको छ । एकले अर्को पक्षलाई आरोप लगाउने र खण्डन गर्ने कुरामा दुई नेताको सचिवालय केही दिनदेखि सक्रिय छ । पूर्वमुख्यमन्त्री केदार कार्कीले आफ्नो पालामा आएको बजेटमा उल्लेख भएको निःशुल्क बालबालिकाको उपचार अहिले बन्द गरेको, स्वयंसेविकाहरूलाई दिइँदै आएको प्रोत्साहन रकम काटेको, विराटनगरमा उद्घाटन गरिएको शैलजा आचार्य हृदयरोग अस्पतालमा बजेट नदिएको, कडा रोग लागेकाहरूको सहुलियत रकम भुक्तानी..

बिहीबारको मौसम : तीन प्रदेशका केही स्थानमा भारी वर्षा

२० भदौ, काठमाण्डौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा..

विष्णु माझीको गीत ‘आइनँ आमा यो तीजमा’ सार्वजनिक भएको ९ दिनमा करोड क्लवमा

१९ भदौ, काठमाण्डौँ ।  विष्णु माझीको स्वरमा रहेको तीज गीत ‘आइनँ आमा यो तीजमा’ सार्वजनिक भएको ९ दिनमा करोड क्लवमा पुगेको छ । यो समाचार तयार पार्दासम्म उक्त गीत युट्युबमा एक करोड १० लाखभन्दा बढी पटक हेरिएको छ । श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको यो गीतले युट्युबमा २४ घण्टामा सबैभन्दा धेरै पटक हेरिने नेपाली गीतको कीर्तिमान राखेको छ । १० दिनअघि सपना म्युजिक इन्डस्ट्रिज युट्युबबाट सार्वजनिक भएको उक्त..

पेरिस ओलम्पिकका कास्य पदक विजेता पलेशाको भव्य स्वागत

१९ भदौ, काठमाण्डौँ । पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । केही बेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी गोवर्धनलाई स्वागत गर्न हजारौँ समर्थकहरू विमानस्थल पुगेका थिए । अहिले पलेशसहितको नेपाली टीमलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्‍याइनेछ । पलेसाले गत शुक्रवार राति कास्य जितेकी थिइन् । कुनै पनि..

रवि लामिछानेविरुद्ध मुद्दा चलाउने तयारी

१८ भदौ, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की प्रहरीले मुद्दा चलाउने तयारीमा जुटेको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा नाम जोडिएका लामिछानेलाई पनि अभियुक्त बनाउँदै मुद्दा चलाउने तयारी भएको हो । सहकारी ठगी प्रकरणमा संलग्न अन्य सञ्चालक–पूर्वसञ्चालकविरुद्ध मुद्दा चलिसकेको छ ।  तर, लामिछाने तत्कालीन गृहमन्त्री भएका कारण उनीविरुद्ध लामो समयसम्म प्रहरीले अनुसन्धान गर्न सकेको थिएन । उनी गृहमन्त्रीबाट बाहिरिएपछि प्रहरीले अनुसन्धान थालेको हो ।..

प्रतिनिधि सभाको बैठकमा गायिका विष्णु माझीको गीतको चर्चा

१८ भदौ, काठमाण्डौँ । प्रतिनिधि सभाको बैठकमा गायिका विष्णु माझीको गीतको चर्चा भएको छ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले माझीको ‘आइन आमा यो तिजैमा’ भन्ने गीतले सबैको मन छोएको बताए । उनले भने, ‘यो गीतले हरेकको मन छोएको छ, आज जनताले भनिरहेका छन्, मैले विष्णु माझीको अधिकारमाथि हनन् गर्न खोजेको होइन । यस्तो राम्रो गीत गाउनेलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीहरुको हरेकको मनले भनेको छ।’ उनले कुनै उपाय छ..

याक्थुङ चुम्लुङ इलामद्धारा चार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

१८ भदौ, इलाम ।  किरात याक्थुङ चुम्लुङ इलामले चार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । चुम्लुङको ३६ औं स्थापना दिवसको अवसरमा सोमबार इलाम सदरमुकाममा कार्यक्रम आयोजना गरी विभिन्न तीन क्षेत्रको छात्रवृत्ति वितरण गरेको हो । चुम्लुङले स्व. देवीबहादुर आङबुहाङ लिम्बू स्मृति छात्रवृत्ति कोषबाट कक्षा ११ र १२ अध्ययन गर्न दिने रु १० हजार राशीको गरिब तथा जेहेन्दार छात्रवृत्ति इलाम नगरपालिका-५ स्थित अमर माध्यमिक विद्यालय कक्षा-११ का सेसेहाङ लिम्बू जवेगूलाई..

सञ्चारमन्त्री गुरुङको अभिव्यक्तिप्रति कांग्रेस सांसद खतिवडाको आपत्ति

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू सत्तापक्षकै भए पनि मन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक रहेको बताए । उनले मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाउन पनि आग्रह गरे । एमालेका उपमहासचिवसमेत रहेका गुरुङले शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका छन् । सांसद खतिवडाले..

काँकरभिट्टा नाकाबाट १४ करोड ९३ लाखको खुदो बङ्गलादेश निर्यात

१७ भदौ, झापा । पूर्वीनाका काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८०।८१ मा रु १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा नौ हजार सात सय ४१ दशमलव ६५ मेट्रिक टन खुदो बङ्गलादेश निर्यात भएको हो । चालु आव २०८१।८२ को भदौ दोस्रो सातासम्म तीन हजार पाँच सय ५५ दशमलव..