पूर्वपश्चिम राजमार्ग काँकरभिट्टादेखि लौकहीसम्म चार लेनको बनाउन पौष देखी काम सुरु हुने

पूर्वपश्चिम राजमार्ग काँकरभिट्टादेखि लौकहीसम्म चार लेनको बनाउन पौष देखी काम सुरु हुने

२२ श्रावण, झापा। झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्म एकसय २० किलोमिटर पूर्वपश्चिम राजमार्गको स्तरोन्नतीका लागि आगामी पुस महिनादेखि निर्माण कार्य सुरु हुने भएको छ । आज मेचीनगर नगरपालिकाको सभाहलमा काँकरभिट्टादेखि लौकही सडक १२० किलोमिटर लम्बाई स्तरोन्नती आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन(ईआईए) प्रतिवेदन सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

सो आयोजनाका टोली प्रमुख राजन श्रेष्ठले काँकरभिट्टादेखि लौकही सडक १२० किलोमिटर लम्बाई स्तरोन्नतीको आयोजनाका विषयमा जानकारी गराउनुभएको थियो । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा सुरु गर्न लागेको सो आयोजनाको विस्तृत अध्ययान र चार लेनको सडक निर्माणको स्तरोन्नती एसियाली विकास बैँकले लगानी गर्ने भएको छ ।

यो आयोजना झापा, मोरङ र सुनसरी जिल्लामा हुनेछ । काँकरभिट्टाको मेची पुलबाट सुरु हुने सडक निर्माण लौकहीमा गएर समापन हुनेछ । झापामा ५४ दशमलव ९ किलोमिटर, मोरङमा २६ दशमलव २ किलोमिटर र सुनसरीमा २८ दशमलव ९ किलोमिटर सडकको स्तरोन्नती हुनेछ ।

पूर्वपश्चिम राजमार्गको केन्द्रबाट २५–२५ मिटरका सडकमा स्तरोन्नती हुनेछ । सडकलाई तीन भागमा विभाजित गरिएको छ । जसमा ग्रामिण तथा वन क्षेत्रमा २४ मिटर, अर्ध शहरी क्षेत्रमा ३३ मिटर र शहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाईको सडक क्षेत्र हुने गरिको निर्माण प्रस्ताव मन्त्रालयले गरेको छ ।

आयोजनाले झापाको काँकरभिट्टा, ईटाभट्टा, चारआली, बिर्तामोड, चारपाने, लक्ष्मीपुर, सुरुङ्गा, कोटीहोम, दुधे, झिलझिले, पाडाजुङ्गी, दमक, मोरङको उर्लाबारी, मंगलबारे, पथरी, कानेपोखरी, बेलबारी, लालभित्ती, विराटचोक, सलकपुर तथा सुनसरीको इटहरी, पकली, झुम्का, इनरुवा र लौकहीसम्म सडक विस्तार गर्नेछ ।

आयोजनाले सडक स्तरोन्नतीका लागि २८ अर्व १७ करोड ८९ लाख ७१ हजार १२७ रुपैयाँ लाग्ने जनाएको छ । पुसदेखि सुरु हुने सो आयोजना ३ वर्षमा सकिनेछ ।

सडकमा पर्ने वनजंगल, मन्दिर, घरटहरा, मलामी घाट लगायतका सरचना, वन्यजन्तुको वासस्थान, हिड्ने बाटो र निर्माणमा हुने वातावरणिय असर लगायतका विषयमा जनप्रतिनिधि र सरोकारवालाहरुसँग छलफल भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270