झापाका स्थानिय तहहरुमा फोहर व्यवस्थापनको समस्या बढ्दै, समाधान खोज्दै जनप्रतिनिधीहरु

झापाका स्थानिय तहहरुमा फोहर व्यवस्थापनको समस्या बढ्दै, समाधान खोज्दै जनप्रतिनिधीहरु


१ भाद्र, झापा । झापाका अधिकाश स्थानीय सरकारसँग फोहरसँगै व्यवस्थापन सकस चुलिँदै गएको छ । जनप्रतिनिधिविहीन भएका बेला कर्मचारीले फोहर तह लगाउन विभिन्न योजना अघि सारे पनि फोहर तह लगाउने दिर्घकालिन समाधान अहिलेसम्म टुङ्गो लागेको छैन् ।
यसको दिर्घकालिन समाधान खोज्न अहिले झापाका स्थानीय पालिका प्रमुख उपप्रमुख एक ठाउँमा उभिन थालेका छन् । मंगलबार यसैको विषयमा मेचीनगर, विर्तामोड, अर्जुनधारा कन्काई नगरपालिकाका प्रमुख र उपप्रमुखहरुबीच निक्कै लामो छलफल भएको छ । फोहोर व्यवस्थापन सबैको टाउको दुखाइको विषय बनिरहेको समयमा स्थानइ सरकार प्रमुख उपप्रमुखहरुले बजारबाट संकलने फोहोरबाट मोहोर बनाउँन सकिने सामूहिक निष्कर्श निकाले छन् ।

झापाको कन्काई नगरपालिका–२ मा अवस्थित कन्काई विर्ता अर्जुन नविकरणिय बैकल्पिक उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीको सभाकक्षमा भएको छलफलमा गल्ने फोहोरबाट ग्यास उत्पादन गर्न सकिने र देशका विभिन्न भागमा गल्ने फोहोरबाट ग्यास उत्पादन गर्ने काम धमाधम भइरहेको समेत उदारहण प्रस्तुत गरेका थिए ।

छलफलमा झापाको कन्काई नगरपालिका–२ मा अवस्थित कन्काई विर्ता अर्जुन नविकरणिय बैकल्पिक उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीको निर्माण कार्य अन्तिम चरणमा पुगेको र अब केहि महिनाभित्र सञ्चालनमा आउने कन्काई नगरपालिका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले जानकारी गराउनुभयो ।

उहाँले छिमेकी पालिकाहरूसँग मिलेर संयुक्त फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने योजना अघि सारिएको भन्दैं मेचीनगर र भद्रपुर नगरपालिकालाई समेत यो आयोजनामा लगानी गर्न प्रस्ताव गर्नुभयो । अहिले झापाका अधिकाँश पालिकाहरुले राजमार्ग तथा खोला नदीका छेउमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गर्ने गरेको भन्दैं यसको स्थायी समाधानका लागि आफुहरु लागि परेको कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले बताएका छन् ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर