तिहारपछि १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गर्ने मन्त्री किरातीको भनाई

तिहारपछि १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गर्ने मन्त्री किरातीको भनाई

२३ कार्तिक, काठमाण्डौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तिहारपछि थप १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गरिने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले तिहारपछि ठूला–साना गरी थप १० वटा जहाज खरिद प्रक्रिया अघि बढाइने जानकारी दिए ।

‘अहिले साना ३ वटा जहाज खरिदका लागि टेन्डर भइसकेको छ । वायुसेवा निगमसँग भएको ३ वटा र नयाँ ३ जहाजले २२ वटा आन्तरिक विमानस्थलमा उडान गरिनेछ’ मन्त्री किरातीको भनाइ छ ।

भूकम्पलगायतका घटनाले नेपालमा थप राष्ट्रिय जहाजहरूको आवश्यकता पुष्टि भएको किरातीले बताए । मन्त्री किरातीले पर्यटक भित्राउन जहाजको आवश्यकता रहेकाले नीति योजना र इच्छाशक्ति भए जहाज ल्याउने अनेक उपाय रहेको जिकिर गरे ।

पर्यटन क्षेत्रको विकासका लागि आवश्यकता अनुसार होटल सञ्चालनमा निजी व्यवसायलाई राज्यले सहयोग गर्ने उनले आश्वस्त पारे ।

प्रतिक्रिया:

सम्बन्धित खवर