आइएमईको संयुक्त चार शाखाको ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन

आइएमईको संयुक्त चार शाखाको ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन

 


मङसिर २१, दमक । आइएमई लाइफ इन्स्योरेन्स कम्पनिको दमक शाखा सहित पथरी, गौरदह र उर्लाबारी शाखाको संयुक्त आयोजनामा ब्रान्सस्टार अवार्ड कार्यक्रम सम्पन्न भएको छ ।

बुधवार दमक-८ स्थित केबिआर होटलको सभाहलमा आयोजित अवार्ड कार्यक्रम आइएमई लाइफ इन्स्योरेन्स कम्पनिका दमक शाखा प्रमुख ङिमा शेर्पाको अध्यक्षतामा तथा आइएमई लाइफ इन्स्योरेन्स कम्पनिका प्रदेश प्रमुख मिलन दाहालक‍ो प्रमुख आतिथ्यता सहित प्रदेश उप-प्रमुख ओम प्रकाश राई र कम्पनिको तालिम विभाग प्रमुख सुनिल कुमार आचार्यको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट हुन सफल एजेन्सिहरुलाई अवार्ड प्रदान गरिएको थियो । अवार्ड प्राप्त गर्नेहरुमा दमक शाखाबाट टिम व्यवसायमा पहिलो हुन सफल मनु साङपाङ, दोस्रो रुपा सेलिङ, तेस्रो सजन राई र सेल्फकोडमा पहिलो हुन सफल विधा राई, दोस्रो झरना लक्सम, तेस्रो मनु साङपाङ रहेका छन ।

पथरी शाखाबाट उत्कृष्ट व्यावसाय गरी अवार्ड पाउन सफल टिम व्यवसायमा पहिलो अवतार राई, दोस्रो सरस्वती कुमारी चौधरी, तेस्रो चन्द्र प्रसाद लिम्बू छन् भने सेल्फ कोडमा पहिलो हुन सफल अवतार राई, दोस्रो यशोदा देवी खत्री, तेस्रो मोहन गुरुङ रहेका छन् ।

त्यस्तै उर्लाबारि शाखाबाट टिम व्यावसायमा पहिलो हेमकला न्यौपाने, दोस्रो भावना नेपाल र तेस्रो डम्वर कुमारी ढकालले अवार्ड पाएका छन् भने सेल्फकोबाट क्रमशः भावना नेपाल, डम्वर कुमारी ढकाल र याम कुमारी श्रेष्ठले पाए ।

त्यसै गरी गौरदह शाखाबाट टिम व्यवसायमा पहिलो हुन सफल रोजिना चापागाई, दोस्रो अम्बिका देवी अधिकारी र तेस्रो बिनु कार्की सहित सेल्फ कोडमा पहिलो स्थान ओगट्न सफल रोजिना चापागाई, दोस्रो शुसिला चापागाई र तेस्रो अम्बिका देवी अधिकारीले अवार्ड प्राप्त गरेका थिए ।

कार्यक्रममा अन्य विभिन्न अवार्डहरु पनि प्रदान गरिएको थियो भने इन्डिभिजुअल अवार्डमा दमक शाखाकी चिफ एजेन्सी मेनेजर मनु साङपाङको करोडपति क्लबमा पुगेको अवसरमा केक काटेर सेलिब्रेसन गरेका थिए ।

सम्मान पछि बोल्दै साङपाङ भन्छिन् ” आइएमई लाइफ इन्स्योरेन्स कम्पनिमा स्थापना कालदेखि नै काम गर्दै आएको साथै धेरै अवार्ड र सम्मान पनि पाइसेकेको छु तर आज विशेष दिनमा यो सम्मान पाउदा धेरै खुशि लागेको र अझ काम गर्ने हौसला बढेको साथै जिम्मेवारी थपिएको अनुभुती भइरहेको छ ।”

कार्यक्रमको सञ्चालन उर्लाबारि शाखा प्रमुख विष्णु दवाडिले गरेका थिए भने कम्पनिको पथरी शाखा प्रमुख चन्द्र राईले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर